आयल निगम ४७ अर्ब घाटामा
०९ जेष्ठ २०७९
•
३ मिनेट पाठ
आयल निगम ४७ अर्ब घाटामा
इन्धन कारोबारमा नेपाल आयल निगमले १० महिनाकै अवधिमा करिब ४७ अर्ब रूपैयाँ नोक्सान बेहोरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएपछि करिब आधा खर्ब रूपैयाँ घाटा भएको नेपाल आयल निगमले जनाएको छ।




साउनदेखि निरन्तर घाटामा इन्धन कारोबार गर्दा वैशाखसम्म ४७ अर्ब रूपैयाँ नोक्सान भएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए। ‘इन्धन खरिद लागतका आधारमा कम मूल्यमा बिक्री गर्दै आएका छौं,’ शाहले भने, ‘परल मूल्यमा इन्धन कारोबार नहुँदा ठुलो घाटा बेहोर्नुपर्‍यो।’ निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन किनेर बिक्री गर्दै आएको छ। निगमसँग भएका सबै सञ्चिति कोष रित्तिएपछि उसले आइओसीलाई भुक्तानी गर्नुपर्ने रकम पनि दिन सकेको छैन।

यसको असर आपूर्तिमा पर्छ। आइओसीबाट इन्धन खरिद गरेको २२ अर्ब रूपैयाँ भुक्तानी गर्न नसकेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए। ‘इन्धन किनेबापतको रकम आइओसीलाई तिर्न सकेका छैनौं,’ कार्यकारी निर्देशक थानीले भने, ‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले निगम आर्थिक संकटमा पर्‍यो।’ निगमसँग भएका सबै कोषको रकम सकिएकाले भुक्तानीमा कठिनाइ भएको हो। निगमले अप्रिल र मे महिनाको बक्यौता भुक्तानी गर्न सकेको छैन।

निगमले इन्धन आयातका आधारमा १५–१५ दिनमा आइओसीलाई भुक्तानी गर्छ। आइओसीबाट मासिक करिब २० अर्ब रूपैयाँको इन्धन खरिद हुन्छ। इन्धन बिक्रीमा घाटा भएकाले दैनिक कारोबारबाट संकलित रकमले भुक्तानी गर्न नपुगेको थानीले बताए।

पछिल्लो समय रुस र युक्रेनबीचको युद्धले कच्चा तेलको मूल्यवृद्धि हुँदा त्यसको असर नेपाली बजारमा पनि परेको छ। आइओसीबाट खरिद गरेको इन्धनमा सरकारले लगाउने उच्च करको कारण पनि पेट्रोलियम पदार्थको मूल्य महँगो भएको छ। आइओसीबाट प्राप्त पछिल्लो मूल्य विवरणअनुसार निगमलाई यो १५ दिनमा करिब ४ अर्ब ४८ करोड रूपैयाँ घाटा भएपछि फेरि मूल्य बढाउनुपरेको छ। 

पेट्रोलमा प्रतिलिटर २२ रूपैयाँ ९४ पैसा, डिजेलमा ३५ रूपैयाँ ३३ पैसा, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रूपैयाँ घाटा भएपछि निगमले भाउ बढाएको हो। निगमले यसै साता पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँ बढाएको थियो। आइओसीबाट फेरि मूल्य बढेर आएपछि निगमले मूल्य बढाएको छ।  सरकारले उच्च कर लगाएका कारण पनि इन्धन महँगो भएको हो। इन्धनको मूल्यवृद्धिले अन्य उपभोग्य वस्तुको मूल्य पनि बढेको छ।

निगमको घाटा घटाउन र उपभोक्तालाई राहत दिन सरकारले इन्धनमा लगाउँदै आएको कर घटाउनुपर्ने जानकार बताउँछन्। आपूर्ति सहज बनाउन र निगमलाई जोगाइराख्न सरकारले पनि जिम्मेवारी लिनुपर्ने निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताउँछन्। कोरोनाको समयमा सरकारले बढाएको पूर्वाधार र भन्सार शुल्कबापतको १५ रूपैयाँ घटाउनुपर्ने उनले बताए। ‘कोभिडको समयमा इन्धन सस्तोमा खरिद भएकाले निगमकै अनुरोधमा सरकारले १५ रूपैयाँ कर बढाएको थियो,’ पौडेलले भने, ‘अहिले खरिद महँगो भएकाले उक्त कर सरकारले घटाउँदा हुन्छ।’ लिटरमा १५ रूपैयाँ घटाउँदा निगम र उपभोक्ता दुवैलाई राहत पुग्ने उनले बताए।

निजी क्षेत्रले पनि सरकारले इन्धनमा लगाएको कर घटाउन माग गरेको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दा महँगी बढेकाले इन्धन कर घटाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। ‘महँगी बढेसँगै भारतमा केन्द्र सरकारले इन्धनमा लाग्ने अन्तः शुल्क घटाउने निर्णय गरेको छ,’ उनले भने, ‘नेपाल सरकारले पनि कर घटाउनुपर्छ। घाटा घटाउन मूल्य बढाउनुभन्दा कर घटाउने बेला आएको छ। मूल्य नबढाउने हो भने घाटा धान्न सकिँदैन। मूल्य धेरै बढाउँदा महँगी बढ्छ।’ भारत सरकारले अन्तःशुल्क घटाएपछि त्यहाँ पेट्रोल ९.५ भारु (१५.२ रूपैयाँ) र डिजेल ७ भारु (११.२ रूपैयाँ) प्रतिलिटर सस्तिएको छ।
अर्को समाचार
आयल निगम प्रतिमहिना १० अर्ब रुपैयाँले घाटामा
२५ फागुन २०७८
•
३ मिनेट पाठ
आयल निगम प्रतिमहिना १० अर्ब रुपैयाँले घाटामा
अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने नेपाल आयल निगमले बताएको छ।




रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य समेत अत्याधिक रुपमा बढ्दै गएकाले प्रेट्रोलियम पदार्थ मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब रुपैयाँसम्म घाटा हुने निगमले बताएको छ। निगमले अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ हुँदा निर्धारण गरेको मूल्य अहिले बढेर १५ दिनमा २ अर्ब रुपैयाँ नोक्सान र महिनाको ५ अर्ब घाटामा पुगेको अवस्था रहेको छ।

बुधबार सिंहदरवारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा निगमसँग गरेको छलफलमा बोल्दै नेपाल आयल निगमका निमित कार्यकारी निर्देशक ई.सुशील भट्टराईले अहिलेकै गतिमा प्रेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँले घाटामा जाने बताए। उनले अब निगम घाटामा जाने कुरा मात्रै नभएर आगामी दिन खरिद गरेको पैसा कसरी तिर्ने भन्ने चिन्ता बढ्दै गएको बताए।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म निगम करिव २८ अर्ब घाटामा गएको कार्यकारी निर्देशक भट्टराईले समितिलाई जानकारी दिए। उनले २८ अर्ब घाटा मध्ये १५ अर्ब खाना पकाउने एलपीजी ग्यासमा रहेको र प्रतिसिलिण्डर समेत ६६५ रुपैयाँ घाटा रहेको बताए। अहिले निगमसँग पेट्रोलिय पदार्थ ८० देखि ८५ प्रतिशत अर्थात ५ करोड लिटर मौज्दात रहेको आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको भटट्राईले जानकारी दिए।

त्यस्तै कार्यकारी निर्देशक भट्टराईले आयल निगम प्रतिमहिना न्युनत २ अर्ब र बढीमा ६ अर्बले घाटामा रहेकाले पछिल्लो अवधिमा निगमको सञ्चितिमा रहेको सबै नाफा समेत सकिएको बताए। उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि अघिअघि निगम पछिपछि भएकाले अहिले यस्थितिमा पुगेको दाबी गरे।

त्यस्तै, समितिको छलफलमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेले मन्त्रालय आयल निगमलाई कसरी बचाएर पेट्रोलिय पदार्थको आपूर्ति गर्ने भन्ने चिन्तामा रहेको बताए। उनले अहिलेको अवस्थामा आयल निगमलाई बचाउनको लागि सबैको सहयोग माग गरे। 

पछिल्लो समय रुस र युक्रेनबीच तनावको कारण पेट्रोलिय पदार्थको मूल्य अत्याधिक बढेकाले अझै बढ्दै जाने संकेत रहेको पाण्डेको भनाई छ। उनले सबै निकायसँग भएको रकम निकालेर अहिलेसम्म खरिद गरेको रकम भुक्तानी गरेको तर अब कसरी भुक्तनी गर्ने समस्या भएको बताए।

सरकारले अब पेट्रोलियम .पदार्थको खपत कम गर्ने विषयमा छलफल अगाडि बढाएको पनि पाण्डेले जानकारी दिए। उनले नेपालमा तत्काल पेट्रोलिय पदार्थको विकल्प पनि नभएको दाबी गरे। अहिले व्यवसायीहरुले निगमलाई अफ्ठ्यारो परेको अवस्थामा पेट्रोल ढुवानी बन्द गरेकाले निगमले व्यवसायीलाई घाटा हुने गरी काम नगर्ने पाण्डेले बताए। सचिव पाण्डेले आयल निगम बच्यो भने मात्रै व्यवसायीहरु पनि बच्ने हुँदा ढुवानी खोल्न व्यवसायीलाई आग्रह गरे।

त्यस्तै, नेपाली कांग्रसका सांसद प्रकाश रसाइलीले आयल निगमको बुढीगण्डकी बनाउन लिइएको पूर्वाधार कर घटाउनु पर्ने बताए। सांसद रसाइलीले सरकारका हरेक अर्थमन्त्रीले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्र्दै विद्युतीय सामग्रीमा भन्सार छुट गर्ने काम मात्रै भएको बताए। उनले निगम नाफा भएको बेला पूर्वाधार निर्माणमा रकम लगाउने, बोनस खाने भएकाले पनि अहिले समस्या आएको आरोप लगाए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस