काठमाडौं- सार्क राष्ट्रभित्र व्यापार विस्तार तथा सहजीकरणको विषयमा चर्चा चलिरहँदा नेपाल उच्च व्यापार घाटाको स्थितिमा छ। मुलुकको कुल व्यापार घाटाको अधिकांश हिस्सा छिमेकी भारतसँगै छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। गत आर्थिक वर्षको कुल व्यापार घाटामध्ये ६५ प्रतिशत भारतसँगै छ। पछिल्ला वर्षमा भारतसँग नेपालको निर्भरता बढ्दै गइरहेको विज्ञले बताएका छन्। उत्पादन वृद्धि र निर्यात गर्ने क्षमता विस्तार नहुँदासम्म व्यापार घाटा कम गर्न नसकिने साउथ एसियन वाच अन टे्रड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) का कार्यकारी अध्यक्ष पोषराज पाण्डे बताउँछन्।
'पहिला उत्पादन बढाउन वैदेशिक लगानी भिœयाउन जरुरी छ,' उनले भने, 'नेपालको उत्पादन भारतसँग भ्यालु चेनमा समाहित गर्न आवश्यक छ। भारतीय लगानी नेपालमा नआउन्जेल भारतसँगको व्यापार घाटा कम गर्न सकिन्न।' विदेशी लगानी ल्याउने, स्वदेशमा उत्पादन गर्ने र निर्यात गरेमात्र व्यापार घाटा कम गर्न सकिन्छ।
केन्द्रका अनुसार १० वर्षको अन्तरालमा भारतसँगको व्यापार घाटा ८ गुणले बढेको छ। आर्थिक वर्ष ०६१/६२ मा ४९ अर्ब ७५ करोड रुपैयाँ रहेको भारतसँगको व्यापार घाटा ०७१/७२ मा ४ खर्ब ४२ अर्ब ३ करोड रुपैयाँ पुगिसकेको छ। उच्च दरमा बढ्दै गइरहेको यो व्यापार घाटा मुलुकका लागि हानिकारक रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए। गत आवमा ७ खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा पुगेको केन्द्रको तथ्यांकले देखाउँछ।
तेस्रो मुलुकसँगको व्यापार विस्तारमा गरिएका थुप्रै पहलले अपेक्षित नतिजा दिन नसकेपछि हरेक वर्ष भारतसँग निर्भरता बढ्दै गएको सावतीका पाण्डे बताउँछन्। सरकारले भारतसँगको वार्तामा लगानी भिœयाउन पहल गर्नुपर्ने उनको सुझाव छ। लगानी नभिœयाउँदासम्म व्यापार घाटा कम गर्न नसकिने उनले बताए।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्ष १६.९ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा ६.३ प्रतिशतले घटेको केन्द्रको तथ्यांकमा उल्लेख छ। जिंक सिट, लत्ताकपडा, अलैंची, तामाको तार लगायत वस्तुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घटेको हो। विशेषतः दाल, पस्मिना, ऊनी गलैंचा, तयारी पोसाक लगायत वस्तुको निर्यात घटेकाले समीक्षा वर्षमा अन्य मुलुकतर्फको निर्यात घटेको हो।
आर्थिक वर्ष २०७०/०७१ आवमा कुल आयातको ३०.२ प्रतिशत भारतबाट थियो। गत आवमा यो २.९ प्रतिशतले बढेको छ। भारतबाट मुख्यतया यातायातका साधन तथा पार्टपुर्जा, चामल/धान, विद्युतीय सामान, अन्य मेसिनरी तथा पार्टपुर्जाको आयात बढेकाले कुल आयात बढेको हो।
गत वर्ष भारतबाट १ खर्ब १० अर्बको पेट्रोलियम, ६७ अर्ब ३१ करोडको फलाम तथा स्टिल, ४४ अर्ब ७३ करोडको गाडी तथा पार्टपुर्जा, ३४ अर्ब रुपैयाँ बराबरको गेडागुडी, २८ अर्ब बराबरको मेसिनरी औजार, १६ अर्ब ९२ करोडको प्लास्टिकजन्य सामग्री, १६ अर्ब बराबरको औषधी, १३ अर्ब ९३ करोडको विद्युतीय औजार पार्टपुर्जा, १० अर्ब ५१ करोडको सिमेन्ट तथा क्लिंकर, ९ अर्बको खाद्य वनस्पति, ७ अर्बको रासायनिक मल र १ खर्ब २२ अर्बको अन्य सामग्री भारतबाट आएको देखिन्छ।
त्यसैगरी नेपालबाट १० अर्बको फलाम र स्टिल, ५ अर्बको ऊन, ५ अर्ब १२ करोड बराबरको कपडा, ४ अर्बको जुस, ३ अर्बको ठूलो अलैँची, २ अर्बको ओखर र १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको अन्य सामग्री निर्यात भएको केन्द्रका कार्यकारी निर्देशक घिमिरेले बताए।
भारतसँगको व्यापारघाटा कम गर्न नसक्नुका मुख्य कारणका रुपमा व्यापार सहजीकरणका अप्ठेरा, पेट्रोलियममा पूर्ण निर्भरता, उत्पादन विविधतामा कमी, प्रयोगशाला र कोटा प्रणालीलाई मुख्य रुपमा औंल्याइएको छ। वस्तु व्यापारमामात्र केन्द्रित हुनु तथा सेवा व्यापारमा भारतीयलाई आकर्षित गर्नु नसक्नुले नेपालले भारतसँग ठूलो परिमाणमा व्यापार घाटा बेहोरिरहेको विज्ञहरू बताउँछन्।
केही वर्षलाई छोडेर नेपालले भारतसँग विगत लामो समयदेखि ठूलो परिमाणमा घाटाको व्यापार गरिरहेको छ। त्यतिमात्र नभएर नेपालले वार्षिक रुपमा गर्ने कुल बाह्य व्यापारको ६५ प्रतिशत हिस्सा भारतसँग गर्छ। मुख्य व्यापार साझेदारसँग भएको घाटाको अन्तर कम गर्ने गरी ठोस कार्ययोजना नेपालले अघि सार्न नसकेको उद्योगी–व्यापारी बताउँछन्।
गत आवमा भारततर्फ कुल ५५ अर्बको निकासी भएकोमा वस्तु आयात भने ४ खर्ब ९८ अर्ब रुपैयाँको भएको केन्द्रको तथ्यांक छ। सधैं झैं गत वर्ष पनि भारतबाट आयात २.९ प्रतिशतले बढेकोमा निकासी ६.३ प्रतिशतले घटेको देखिन्छ। भारतसँगको कहालीलाग्दो घाटाको व्यापार कम गर्ने एउटा दरिलो माध्यमका रूपमा पेट्रोलियम ढुवानीका लागि पाइपलाइन निर्माणलाई लिइएको छ।
पाइपलाइन प्रयोगमा आएपछि नेपाललाई पेट्रोलियम ढुवानीमा वार्षिक ७० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव उपाध्याय बताउँछन्। साढे २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइनको कुल लागत ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने छ। त्यतिमात्र नभएर गत वर्ष भारतसँग भएको विद्युत व्यापार सम्झौता (पिटिए) ले पनि आगामी दिनमा व्यापार घाटा कम गराउने दरिलो माध्यमका रुपमा लिइएको छ।
तेस्रो मुलुकसँगको व्यापार विस्तारमा नगद सहुलियत र ऋण सहुलियत प्रभावकारी नबनेकाले एउटै देशसँग व्यापारको परनिर्भरता बढ्दा अर्थतन्त्रमा जोखिम बढेको हो। सरकारले उत्पादकलाई भन्दा पनि निर्यातकर्तालाई अनुदान सहुलियत दिएकाले पनि समस्या भएको हो 'तेस्रो मुलुकसँगको व्यापार विस्तारमा विनिमयदर तथा श्रममा देखिएका समस्या सुधार गर्न सकिन्छ,' पाण्डेले भने, 'लागत खर्च नघटाउन्जेल तेस्रो मुलुकसँगको व्यापार विस्तार सहज छैन।'
हाल नेपालले वार्षिक ७ खर्ब ७४ अर्बको रूपैयाँको वैदेशिक व्यापार घाटा छ। त्यसमध्ये भारतसँग झन्डै ५ खर्ब रुपैयाँको व्यापार हुने गरेको तथ्यांक छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले भर्खरै सार्वजनिक गरेको गत आवको तथ्यांकमा नेपालबाट भारतसँग ५५ अर्ब रूपैयाँको निकासी भएको छ। आयात केन्द्रित नेपालको वैदेशिक व्यापार भारतबाट नेपाल भित्रिने वस्तुको परिमाण पनि वर्षैपिच्छे बढ्दो छ।
आर्थिक वर्ष २०६९/०७० मा भारतसँग ३ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा त्यो गत आवमा ५ खर्ब पुगेको छ। व्यापार विविधीकरणमा भएका सबै प्रयास असफल बन्दै जाने र भारतसँगको निर्भरता गहिरिँदै जाँदा अर्थतन्त्रमै समस्या देखिन सक्ने विज्ञ बताउँछन्। 'गत आवमा नेपालबाट हुने निर्यातको ६५ प्रतिशत भारतमा मात्र केन्द्रित भएको पाएका छौं,' घिमिरेले भने, 'गत आवमा कुल ७ खर्ब ७४ अर्बको वस्तु आयात भएकोमा झन्डै ५ खर्बको आयात भारतबाट मात्र भएको छ।'
भारत र चीनबाहेक अन्य मुलुकसँग हुने नेपालको व्यापार हिस्सा करीब २० प्रतिशत हाराहारीमा छ। लगानी तथा व्यापार विस्तारका लागि उद्योगी, व्यवसायीले सहुलियत मात्र खोज्ने प्रवृत्ति र प्रतिस्पर्धी क्षमता वृद्धिमा नलाग्नाले सुधार नदेखिएको घिमिरेले बताए। 'उद्योगी/व्यापारीले निर्यात व्यापारको पनि बजार खोज्नु पर्छ,' उनले भने, 'निर्यातको सम्भावना भएका वस्तुलाई उद्योगका रुपमा विकास गरेर बजार खोजीमा लाग्नुपर्छ।'
१० वर्षअघि नेपालमा भारतबाट ८८ अर्ब ६७ करोड ५५ लाख रुपैयाँको वस्तु आयात भएको थियो। समीक्षा अवधिसम्म आइपुग्दा ५ खर्ब रुपैयाँको वस्तु एक वर्षमा आयात हुन थालेको छ। नेपालबाट भारतमा हुने निर्यात अवस्था भने चिन्ताजनक छ। १० वर्षको अवधिमा नेपालबाट भारतमा हुने निर्यात जम्मा २० अर्ब रुपैयाँले बढेको छ। जबकि यस अवधिमा भारतबाट नेपालमा भएको आयात ४ सय ९८ अर्ब रुपैयाँले बढेको छ।
आर्थिक वर्ष ०६१/६२ मा नेपालबाट ३८ अर्ब ९१ करोड ६९ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो। १० वर्षपछि २०७१/०७२ मा आइपुग्दा निर्यात सामान्य बढेर ५५ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ पुगेको छ। यसबीचमा नेपालको भारतसँगको व्यापार घाटा उच्च दरमा बढिरहेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाउँछ।