काठमाडौं- बढ्दो ऊर्जा संकट टार्न नेपाललाई सहयोग गर्दै आएको भारतले पछिल्लो समय यहाँको ऊर्जा तथा जलविद्युत विकासमा पनि लगानी बढाउन थालेको छ। बिजुली उत्पादन गरी आर्थिक रुपान्तरणमा सहयोग पुर्यामउँदै यहाँ उत्पादित बिजुली आयात गरी भारतमा बढ्दो बिजुली माग पूरा गर्न उसले लगानी विस्तारमा जोड दिएको हो। दुई देशबीच संयुक्त ऊर्जा तथा जलविद्युत क्षेत्रको विकासबारे छलफल हुँदै आए पनि पछिल्लो एक दशकमा यससम्बन्धी नीति निर्माण र योजना कार्यान्वयनले तीव्रता पाएको छ।करिब ४५ वर्षदेखि नेपालले भारतबाट बिजुली आयात गरिरहेको छ। अधिकांश नदी प्रवाही आयोजना निर्माण भएकाले तिनीहरुबाट हिउँदमा एक तिहाइमात्र बिजुली उत्पादन हुन्छ। हिउँदको विद्युत संकट टार्न पनि नेपाल अहिलेसम्म भारतमै भर पर्दै आएको छ।
सीमावर्ती केही नाकाबाट नेपालले पनि भारतलाई बिजुली बेच्छ। तर, त्यो भारतबाट आयात गर्नेको तुलनामा ज्यादै न्यून हुन्छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट वार्षिक करिब १० देखि १२ अर्ब रुपैयाँको बिजुली किन्छ। इन्धन आयातसमेत जोड्दा भारतबाट आयात हुने ऊर्जाको हिस्सा झन्डै सवा खर्ब पुग्छ।
ऊर्जामा भारतसँगको निर्भरता कम गर्न पनि नेपालले जलविद्युत विकासमा पर्याप्त लगानी गर्नुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले बताउँछन्। भविष्यमा यहाँ उत्पादित बिजुली खपत नभएको अवस्थामा पहिलो बजार भारत भएकाले पनि भारतीय लगानी यो क्षेत्रका लागि उपलब्धिमूलक हुने उनको भनाइ छ।
भविष्यमा यहीँको बिजुलीले आन्तरिक माग पूरा गरी भारत निकासी गर्न सक्ने सम्भावना देखिएकाले यहाँको जलविद्युत विकासमा भारतले चासो दिएको छ। जलविद्युत उत्पादनको प्रचुर सम्भावनालाई व्यवहारमा उतार्दै बिजुलीको बजार क्षेत्रीयस्तरसम्म विस्तार गर्न पनि नेपाललाई भारतको सहयोग चाहिन्छ।
सरकारले यही आवश्यकता औंल्याउँदै ऊर्जा विकासमा भारतसँग कुटनीतिक पहल गर्दै आएको छ। भारतले पनि आफ्नो मुलुकमा चलिरहेका महँगा कोइला र आणविक ऊर्जाका स्रोतभन्दा नेपालको सस्तो बिजुली आयात गर्ने दीर्घकालीन योजनाका साथ आर्थिक सहयोग बढाउँदै आएको छ।
ऊर्जा तथा जलविद्युत क्षेत्रको विकासमात्र नभई सिँचाइ, डुबान, नदी कटानलगायत समस्या समाधान गर्न पनि नेपालले भारतकै सहयोग लिँदै आएको छ। बिजुली र सिँचाइ सुविधा पुग्ने बहुउद्देश्यीय आयोजना निर्माणमा समेत नेपालले भारतसँग सहकार्य गर्दै अगाडि बढेको छ।
९/९ मेगावाटको माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना भारतीय कम्पनीले अगाडि बढाएका हुन्। यस्तै ६ सय मेगावाट माथिल्लो मर्स्याङ्दी–२ 'ए', हुम्ला र मुगु कर्णाली आयोजना निर्माणमा पनि भारतीय कम्पनीले चासो देखाएका छन्।
लगानी बोर्डमार्फत कार्यान्वयन भइरहेका कर्णाली र अरुणका प्रवर्द्धक जिएमआर इनर्जी कम्पनी र सतलज जलविद्युत निगमबीच आयोजना विकास सम्झौता (पिडिए) समेत टुंगिएको छ। यहाँ उत्पादित बिजुली भारतलगायत तेस्रो बजारसम्म निर्यात गर्ने लक्ष्यले दुवै सरकारबीच विद्युत व्यापार सम्झौता (पिटिए) भएको छ। यसले दुई देशबीचको विद्युत व्यापार र बजारीकरणको ढोका खोलेको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्।
३ हजार ३ सय मेगावाटको सप्तकोसी उच्च बाँध र ६ हजार ७ सय २० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण प्रक्रियामा समेत भारतले लगानी गर्ने निर्णय गरेको छ। पञ्चेश्वर कार्यान्वयन गर्न 'पञ्चेश्वर विकास प्राधिकरण' गठन भई विस्तृत अध्ययन भइरहेको छ। यतिमात्र नभई सीमा क्षेत्रका दर्जनौं तटबन्ध र सिँचाइमा नेपालले भारतकै सहयोग लिँदै आएको छ।
नेपालबाट बग्ने नदी भारतमै पुगेर मिसिने हुँदा यसले जलविद्युतमात्र नभई सिंगो अर्थतन्त्रको विकासमा टेवा पुर्यााउनुपर्ने विद्युत विकास विभागका अधिकारी बताउँछन्। भारतसँगको पानीको सम्बन्ध सांस्कृतिक र जैविक एकताको कारक भएकाले यो क्षेत्रको विकासमा नेपालले कुटनीतिक भूमिका खेल्नुपर्ने देखिन्छ।
भारतसँग पिटिए
वर्षौंदेखि विवाद र छलफलमा सीमित भारतसँगको पिटिए गत वर्ष भदौमा टुंगिएको थियो। यसले नेपाल–भारतबीच विद्युत आदानप्रदान, अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी दुवैतर्फ बिजुली प्रसारण र वितरणको बाटो खुला गरेको छ।
२०७१ साउन १८ गते नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीले त्यतिबेला ४५ दिनभित्र पिटिए टुंग्याउन दुवै पक्षलाई सल्लाह दिएका थिए। उनको दबाबका कारण सन् २०१० देखि छलफलमै सीमित रहेको पिटिए टुंगिएको हो।
२५ वर्षसम्मका लागि गरिएको यो सम्झौता हरेक १० वर्षमा स्वतः नवीकरण हुनेछ। पिटिए हस्ताक्षर नहुँदै ४ सय केभीको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भइसकेको थियो। ढल्ेकबर–मुजफ्फरपुर प्रसारण लाइन निर्माणको काम अहिले करिब ८५ प्रतिशत सकिएको प्राधिकरणले जानकारी दिएको छ। यो प्रसारण लाइनमार्फत नेपालले सन् २०१५ जुनदेखि १ सय ५० मेगावाट बिजुली किन्ने सम्झौता भएको छ।
पिटिए कार्यान्वयन गर्दै अहिले दुवै देशले नेपालबाट भारतसम्म बिजुली पुर्याकउन ६ वटा नाका पहिचान गरेका छन्। अनुमतिपत्र लिएका आयोजना र भविष्यमा निर्माणमा जाने आयोजनाका आधारमा उक्त नाका पहिचान गरिएको हो। यसले नेपालको बिजुली सजिलै भारतीय बजारसम्म पुग्ने र उसले चाहेको अवस्थामा तेस्रो मुलुकसम्म पुग्ने आधार तय भएको छ।
विद्युत क्षेत्रमा सहकार्य गर्नुका साथै प्रसारण लाइन निर्माण, ग्रिड कनेक्सन, विद्युत आदान–प्रदान र व्यापार दुई देशका सरकारलाई मान्य हुने गरी सरकारी र निजी कम्पनीले काम गर्न सक्ने आधार पिटिएमा छ। पिटिएले नेपाले भारतलगायत, बंगलादेश, पाकिस्तान वा भुटानसँग पनि बिजुली किनबेच गर्न सक्ने बाटो खोलेको छ।
दुवै देशले बिजुली व्यापारका लागि सीमा क्षेत्रका प्रसारण लाइन निर्माण, सुधार, स्तरोन्नतिमा जोड दिनुपर्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन्। सुरुका केही वर्ष भारतबाट बिजुली आयात नेपालको बाध्यता हुनेछ भने सन् २०१७ पछि वर्षामा बढी हुने झन्डै हजारदेखि १२ सय मेगावाट बिजुली निकासी गर्नुपर्ने प्राधिकरणको तर्क छ। यसका लागि पनि विद्यमान प्रसारण लाइन विस्तार गर्दै नयाँ बनाउने आधार पिटिएले तय गरेको छ।
दुई आयोजनाको पिडिए
भारतीय लगानी परिचालन गर्दै सरकारले कर्णाली र अरुणको पिडिए गत वर्ष नै सम्पन्न गरेको छ। यो जलविद्युत आयोजनामा भारतीय लगानीको पहिलो सुरुआत हो। यो आयोजनामा भारतीय कम्पनीले नेपाललाई २७ प्रतिशत सेयर र १ सय ८ मेगावाट (१२ प्रतिशत) बिजुली निःशुल्क दिने सम्झौता गरेको छ।
प्रसारण लाइन निर्माणसहित कम्पनीले यसमा कुल लागत १ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्न लागेको छ। योजनामा २५ प्रतिशत जिएमआरले स्वपुँजी (सेयर) लगानी गर्ने र बाँकी विभिन्न दातामार्फत ऋण लगानी हुनेछ।
आयोजनाको २५ वर्षे अवधिमा नेपालले २७ प्रतिशत निःशुल्क सेयरबापत करिब १ खर्ब ४५ अर्ब र भ्याटबापत ८० अर्ब रुपैयाँ आम्दानी गर्ने अध्ययनमा छ। आयोजना निर्माणस्थल दैलेक र अछामा अहिले जग्गा अधिग्रहण, पुनर्बास र पुनर्स्थापनाको काम भइरहेको लगानी बोर्डका उपसचिव खगेन्द्रप्रसाद रिजालले बताए।
उनका अनुसार जग्गा अधिग्रहणको अधिकांश काम सकिएको छ। पुनर्स्थापना र पुनर्बासका लागि आवश्यक पुनर्स्थापना कार्ययोजनासमेत तयार भइसकेको आयोजना हेर्ने नेपाल प्रमुख डिके सिंहले जानकारी दिए। उनका अनुसार पिडिएमा उल्लेख भएको औद्योगिक मुनाफा, स्थानीय रोजगार र विपत्ति तथा जोखिम व्यवस्थापन योजना निर्माणको अन्तिम चरणमा छ।
कम्पनीले पिडिएअनुसार काम गरिरहे पनि सम्झौताको ६ महिनाभित्र सक्नुपर्ने तल्लो तटीय क्षेत्रको अध्ययन भने पूरा गरेको छैन। सम्झौता हुँदा आयोजनाको तल्लो तटमा बन्ने रानी जमरा कुलरिया, राजापुर र सूर्यपटुवा सिँचाइ आयोजनामा र तटीय क्षेत्रमा बस्ने बासिन्दाको जीवनमा पर्ने असरबारे अध्ययन गर्नुपर्ने उल्लेख छ।
प्राविधिक कारणले अध्ययन प्रतिवेदन बुझाउन समय लागेको भन्दै कम्पनीले छिट्टै प्रतिवेदन बुझाउने जानकारी दिएको छ। यस्तै, अरुणको प्रवर्द्धक सतलज कम्पनीले पनि बर्खामा काम गर्न नसकिने हुँदा तल्लो तटीय क्षेत्रको अध्ययन बर्खापछि गर्नका लागि थप समय मागेको रिजालले बताए। 'बोर्डले आयोजनाको वित्तीय व्यवस्थापनलाई असर नपर्ने गरी स्वीकृत दिएको छ,' उनले भने।
पञ्चेश्वर कार्यान्वयन
नेपाल–भारतबीच लामो वषौंदेखि छलफलमा सीमित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना गत वर्षदेखि कार्यान्वयनमा आएको छ। दुवै देशबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजना विकास गर्ने गरी २०५२ साल माघ २९ गते महाकाली सन्धि भएको थियो। तर, त्यो लामो समयसम्म कार्यान्वयनमा आउन सकेको थिएन।
आयोजना कार्यान्वयन गर्न 'पञ्चेश्व विकास प्राधिकरण' भई विस्तृत अध्ययन (डिपिआर) भइरहेको छ। नेपाल र भारतले छुट्टाछुट्टै तयार पारको डिपिआर अद्यावधिक गर्ने जिम्मा भारतकै बापकोस लिमिटेडलाई दिइएको छ।
प्राधिकरणमा सुरुका तीन वर्ष नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र भारतको सहायक प्रमुख कार्यकारी नियुक्तको सहमति भइसकेको छ। सरकारले सिइओमा पूर्व सहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ। तर, नेपालले राजनीतिक भागबण्डाका आधारमा प्राधिकरणमा योग्य सिइओ नपठाएको ऊर्जा मन्त्रालयकै अधिकारीको आरोप छ। बापकोसले तयार पारिरहेको संयुक्त डिपिआर मूल्यांकन तथा अनुगमन गर्न योग्य व्यक्ति नहुँदा डिपिआर भारतमुखी बन्ने विभाग अधिकारीको टिप्पणी छ।
पञ्चेश्वर प्राधिकरणमा भारतीय अधिकारी संलग्न रहेर बापकोसको कामको मूल्यांकन भइरहेको छ। तर, दुवै देशको जलस्रोतमा दख्खल राख्ने व्यक्ति नहुँदा त्यहाँ नेपालको फितलो प्रस्तुति हुने गरेको पनि विभाग अधिकारी बताउँछन्।
आयोजना भारतले रुपालीगाढमा ड्याम बनाएर पाँच हजार ६ सय मेगावाट र नेपालले ६ हजार सात सय २० मेगावाट क्षमतामा निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन्। रुपालीगाढ र पञ्चेश्वर (पूर्णागिरि) दुई ठाउँबाट बिजुली उत्पादन हुने र दुवै देशमा छुट्टा–छुट्टै विद्युतकेन्द्र बनाउनुपर्ने अध्ययनले देखाएको छ। नेपालतर्फ बन्ने विद्युतकेन्द्रको बिजुली नेपालले र भारततर्फको उसैले उपयोग गर्न सक्नेछ।
सन् २०१० को अध्ययनअनुसार आयोजनाको लागत तीन खर्ब ३६ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यसमा नेपालले करिब एक खर्ब ३० अर्ब रुपैयाँसम्म लगानी गरेमात्रै पुग्छ। सम्भावयता अध्ययनअनुसार आयोजनाबाट वार्षिक १२.३२ अर्ब युनिट विद्युत उत्पादन हुनेछ।