‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवर्द्धन कार्यक्रम’
१० जेष्ठ २०७९
•
३ मिनेट पाठ
‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवर्द्धन कार्यक्रम’
सरकारले स्वदेशी उत्पादन वृद्धि गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष ७९/८०को बजेट तयार गरिरहेको सरकारले नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम समावेश गर्ने भएको छ।




व्यापार घाटा कम गर्न, स्वदेशी उद्योगको संरक्षण र उत्पादन वृद्धिका लागि नयाँ कार्यक्रम समावेश गरिएको उद्योग मन्त्रालयले जनाएको छ। यो कार्यक्रमको खाका नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले तयार पारेका हुन्।

मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन वृद्धि गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा कार्यक्रम तय गरिएको थापाले बताए। व्यापार घाटा कम गर्न, स्वदेशी उद्योगको संरक्षण र उत्पादन वृद्धिका लागि अध्ययन गरेर नयाँ कार्यक्रम बनाएको उनले जानकारी दिए।

कार्यक्रममा व्यापार घाटा कम गर्न टेक्सटायल, फुटवेयर, कृषि तथा खाद्य, वन पैदावार, जडीबुटी र औषधी, निर्माण, हस्तकला उत्पादनलाई प्राथमिकतामा राखिएको छ। ‘प्रधानमन्त्रीसँगको परामर्शमा एउटा परियोजना तयार गरेका छौं’, थापाले भने– ‘बढ्दो व्यापार घाटा कम गर्न र औद्योगिक उत्पादन तथा रोजगारी बढाउनका लागि पनि यसले सघाउ पुग्ने विश्वास लिएका छौं।’

प्रधानमन्त्रीसँग सल्लाह गरेर तयार गरेको कार्यक्रम भएकाले नीति तथा कार्यक्रममा समेटिने उनले बताए। त्यसका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गर्नेछ। परियोजना प्रधानमन्त्रीको नाममा भए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतमै रहनेछ।

उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि, साना तथा मझौला उद्यममा नव प्रवर्तन, सिपमूलक रोजगारी वृद्धि, नेपाली उत्पादनको बजार विस्तार, मूल्य शृङ्खला विकासमार्फत उत्पादन तथा उपभोगको वृद्धि गर्ने कार्यक्रमको प्रमुख लक्ष्य छ।

आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी समुन्नत अर्थतन्त्रको विकास गर्न नेपाली उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन, आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक, २०७९/२०८९ सुरु गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश हुने उनले बताए। ‘उत्पादन वृद्धि र उपभोग दशकको रूपमा मनाउन आग्रह गरेका छौं’, थापाले भने– ‘विशेष संयन्त्र बनाएर काम अघि बढ्छ।’

कार्यक्रमका लागि विशेष संयन्त्र आवश्यक रहेको उनले बताए। उद्योग मन्त्रालय अन्तर्गत संयन्त्र बनाउने र त्यसले कार्यक्रमलाई हेर्ने थापा बताउँछन्। उद्योग मन्त्रालयले नेतृत्व गरे पनि वन, कृषि, वातावरण, यातायात मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह समन्वय गर्ने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आत्मसात् गर्नुपर्ने भएकाले सोही अनुसार नाम राखिएको थापाले बताए।  

कार्यक्रममा बढ्दो आयातलाई प्रतिस्थापन गर्ने गरी नेपालमै उद्योगको विकास गरेर उत्पादन बढाउने लक्ष्य लिइएको छ। यसलाई राष्ट्रिय अभियानको रूपमा अघि सार्ने सरकारी योजना छ। भौतिक पूर्वाधार, व्यावसायिक सहजीकरण गर्ने, प्रतिस्पर्धी सीप विकास गर्ने, नवीन प्रविधिमा पहुँच बढाउनुपर्ने कामलाई अविच्छिन्न रूपमा अघि बढाउने तयारी छ।  

उद्योग मन्त्रालयसहित अर्थ मन्त्रालयका पनि विभिन्न दायित्व भएकाले त्यसमा पनि छलफल भएको उनले बताए। ‘निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन गर्न केही समय सुविधा दिनुपर्छ’, थापाले भने– ‘त्यसका लागि अर्थ मन्त्रालयको भूमिका महत्वपूर्ण हुन्छ ।’  

कर तथा भन्सार महसुलमा छुट र निर्यात अनुदानमार्फत समयवद्ध रणनीतिक प्रवद्र्धन गर्नुका साथै प्रतिस्पर्धी सीप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वाधार निर्माण, नवीन प्रविधिमा पहुँच र आन्तरिकीकरण तथा प्रक्रियागत सरलीकरणलाई अविच्छिन्न रूपमा निरन्तरता दिने गरी प्रस्ताव गरिएको छ।  
अर्को समाचार
गगनले तयार गरे- 'प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवर्द्धन कार्यक्रम'
०९ जेष्ठ २०७९
•
४ मिनेट पाठ
गगनले तयार गरे- 'प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवर्द्धन कार्यक्रम'
राजनीतिक तथा सामाजिक मुद्दामा केन्द्रित हुने कांग्रेस नेता गगन कुमार थापा पछिल्लो समय अर्थराजनीतिमा बढी रुची राख्न थालेका छन्। ‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणा अघि सारेर नेपाली कांग्रेसको महामन्त्री बनेका थापाले पछिल्लो समय संसददेखि सार्वजनिक कार्यक्रममा आर्थिक मुद्दालाई प्राथमिकता दिएको देखिन्छ।




विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा अर्थतन्त्रमा समस्या परेपछि निजी क्षेत्रका अगुवासँग छलफल गरेका थिए। थापाले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिषंघ, नेपाल चेम्बरअफ कमर्श, बैंक तथा वित्तीय संस्था परिसघंका पदाधिकारीबाट सुझाव लिएर प्रधानमन्त्री ब्रिफिङ गरे।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरे पछि निजी क्षेत्रले थापाको प्रशंसा गरेको थियो। मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन वृद्धि गर्नुपर्छ भन्ने निष्कर्षसहित थापाले प्रधानमन्त्री शेर बहादुर देउवा, उपसभापति पुर्ण बहादुर खड्कासँग सल्लाह गरेर व्यापार घाटा कम गर्न, स्वदेशी उद्योगको संरक्षण र उत्पादन वृद्धिका लागि के गर्न सकिन्छ भनेर अध्ययनका लागि एउटा टिम बनाए।

टिमले व्यापार घाटा कम गर्न टेक्सटायल, फुटवेयर, कृषि तथा खाद्य, वन पैदावार, जडीबुटी र औषधि, निर्माण, हस्तकला लगायतको क्षेत्रमा काम गर्न सुझाव दियो। त्यसका आधारमा थापाले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’तयार गरेका छन्। ‘प्रधानमन्त्री र पार्टी उपसभापतिसँग परामर्शमा एउटा परियोजना तयार गरेका छौं,’ थापाले भने, ‘बढ्दो व्यापार घाटा कम गर्न, औद्योगिक उत्पादन, रोजगारी बढाउनका लागि यसले सघाउ पुग्ने विश्वास लिएका छौं।’

प्रधानमन्त्रीसँग सल्लाह गरेर तयार गरेको कार्यक्रम भएकाले नीति तथा कार्यक्रममा समेटिने उनले बताए। त्यसका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गर्नेछ। परियोजना प्रधानमन्त्रीको नाममा भए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतमै रहनेछ।  

उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि, साना तथा मझौला उद्यममा नव प्रवर्तन, सिपमुलक रोजगारी वृद्धि, नेपाली उत्पादनको बजार विस्तार, मूल्य शृङ्खला विकासमार्फत उत्पादन तथा उपभोगको वृद्धि गर्ने कार्यक्रमको प्रमुख लक्ष्य रहेको थापाले बताए। ‘यसलाई सफल पार्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन हुन्छ,’ थापाले भने।

आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी समुन्नत अर्थतन्त्रको विकास गर्न नेपाली उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन, आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक, २०७९/२०८९ सुरु हुने थापाले बताए। ‘उत्पादन वृद्धि र उपभोग दशकको रुपमा मनाउन आग्रह गरेका छौं,’ थापाले भने, ‘विशेष संयन्त्र बनाएर काम अघि बढ्छ।’

कार्यक्रमका लागि विशेष संयन्त्र आवश्यक रहेको उनले बताए। उद्योग मन्त्रालय अन्तर्गत संयन्त्र बनाउने र त्यसले कार्यक्रमलाई हेर्ने थापा बताउँछन्। उद्योग मन्त्रालयले नेतृत्व गरे पनि वन, कृषि, वातावरण, यातायात मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह समन्वय गर्ने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आत्मसाथ गर्नुपर्ने भएकाले सोही अनुसार नाम राखिएको थापाले बताए। ‘सातवटा क्षेत्र पहिचान भएकाले त्यसमा केन्द्रित हुन्छ,’ उनले भने।

कार्यक्रममा बढ्दो आयातलाई प्रतिस्थापन गर्ने गरी नेपालमै उद्योगको विकास गरेर उत्पादन बढाउने लक्ष्य लिइएको छ। यसलाई राष्ट्रिय अभियानको रुपमा अघि सार्ने थापाले बताए। भौतिक पूर्वाधार, व्यावसायिक सहजीकरण गर्ने, प्रतिस्पर्धी सीप विकास गर्ने, नविन प्रविधिमा पहुँच बढाउनुपर्ने कामलाई अभिछिन्न रुपमा अघि बढाउनुपर्ने भएकाले उद्योग मन्त्रालयले यसमा काम गर्ने थापा बताउँछन्। 

उद्योग मन्त्रालयसहित अर्थ मन्त्रालयका पनि विभिन्न दायित्व भएकाले त्यसमा पनि छलफल भएको उनले बताए। ‘निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन गर्नका लागि केही समयका लागि सुविधा दिनुपर्छ,’ थापाले भने, ‘त्यसका लागि अर्थ मन्त्रालयको भूमिका महत्वपूर्ण हुन्छ।’ आयात प्रतिस्थापन गर्न चोरीपैठारी रोक्नुपर्ने र करको दर बढाउनुपर्ने उनले बताए।

कर तथा भन्सार महसुलमा छुट र निर्यात अनुदानमार्फत समयवद्ध रणनीतिक प्रवद्र्धन गर्नुका साथै प्रतिस्पर्धी सीप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वाधार निर्माण,नवीन प्रविधिमा पहुँच र आन्तरिकीकरण तथा प्रक्रियागत सरलीकरणलाई अविच्छिन्न रूपमा निरन्तरता दिने गरी नीति तथा कार्यक्रममा समेटिने थापाले बताए।

उत्पादकत्व बढाउनका लागि पूर्वाधार निर्माण गर्नउ, प्रविधि भित्राउने, प्रतिस्पर्धी क्षमताको विकास गर्न उपयुक्त नीति ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए। उत्पादन बढाउन मेक इन नेपाल, मेड इन नेपाल जस्ता अभियानलाई सँगै लिएर अघि बढ्नुपर्ने बताएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस