काठमाडौं-सरकारी अधिकारी अनुगमनमा आएको चाल पाएपछि पसल बन्द गरेर भागेका कालीमाटीका सुन व्यापारीविरुद्ध वाणिज्य विभागले कालोबजारी ऐन अन्तर्गत मुद्दा दायर गर्ने भएको छ।
सोमबार वाणिज्य विभागका पदाधिकारी कालीमाटीका सुन पसल अनुगमन गर्न आएको थाहा पाएपछि व्यापारी भागेका थिए। 'एउटा सुन पसलमा अनुगमन गर्यौं ,' विभागका निर्देशक हरिनारायण बेल्वासेले नागरिकसँग भने, 'त्यहाँ अनुगमन चल्दाचल्दै अरु पसल बन्द गरेर भागेछन्।'
२० वटा पसलका व्यापारी सटर तानेर भागेका थिए। 'ती व्यापारी र पसलको नाम ल्याएका छौं,' उनले मंगलबार नागरिकसँग भने, 'भाग्ने व्यापारीविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्दा दायर हुन्छ,।'
व्यापारीले उपभोक्ता ठगेको र क्यारेट अनुसारको गहना नदिएकाले त्यसरी भागेको अधिकारीहरुको निष्कर्ष छ। सोमबार बेल्वासे आफैं अनुगमन टोली लिएर कालीमाटी पुगेका थिए।
'हामी कालीमाटी चोकैको पसल अनुगनका लागि छिर्यौंा,' बेल्वासेले भने, 'त्यसपछि अरु व्यापारी सटरमा ताल्चा लगाएर भागे।' मिलेर उपभोक्ता ठगेको प्रमाण बाहिर आउँछ भनेर उनीहरु भागेको विभागको निष्कर्ष छ।
'कालीमाटी तथा कुलेश्वरका २० वटै पसलको सम्पूर्ण जानकारी लिएका छौं,' उनले भने, 'बुधबारबाट कानुनी कारबाही सुरु हुन्छ।' मनोमानी मूल्य लिने र उपभोक्ता झुक्याउने काम भएको हुन सक्ने विभागको अनुमान छ। 'स्वच्छ व्यापार गरेको भए पसल बन्द गरेर भाग्नुपर्ने थिएन,' विभागका महानिर्देशक शम्भु कोइरालाले भने, 'पसलको अनुगमन गर्नेबित्तिकै कर्मचारीले केही गर्दैनथे।'
व्यापारीको ज्यादती बढेकाले कालोबजारी ऐन अन्तर्गत मुद्दा दायर गर्ने तयारी भएको कोइरालाले प्रस्ट्यए। 'अनुगमन टोली आएको थाहा पाएपछि पसल बन्द गर्ने व्यापारीको नियममा शंका छ,' उनले भने, 'ज–जसले पसल बन्द गरेका छन्, तिनीहरुविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्दा दायर हुन्छ।'
मुद्दा हाल्ने सबै प्रक्रिया पूरा भइसकेको कोइरालाले जानकारी दिए। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको टोलीले न्युरोडस्थित चर्चित गहना पसलमा पनि अनुगमन गरेको छ। गत पनि सुनमा ठगेको भन्दै सरकारले केही व्यवसायीविरुद्ध मुद्दा दायर गरेको थियो। त्यसको विरोधमा व्यवसायीले आन्दोलन गरेका थिए।
सोमबार अनुगमन टोलीले एउटा सुन पसलबाट गहनाको नमूना लिई नापतौल तथा गुणस्तर विभागमा परीक्षणका लागि पठाएको छ। तोकिएको तौल र शुद्धता भए, नभएको र रसायन प्रयोगको अवस्था मापदण्डभित्र रहे, नरहेको परीक्षण गर्न पठाइएको हो।
अनुगमन टोलीले पछिल्ला केही दिनका बिल लिएर विभाग आउन तीन व्यवसायीलाई निर्देशन दिएको छ। शंका लागेपछि केही कम्पनीका तराजु जफत गरी प्रयोगशालामा लगिएको छ। त्यस्तै केही कम्पनीले गुणस्तर चिह्न प्राप्त नगरे पनि रसिदमा उल्लेख गरेको पाइएको विभागले जनाएको छ।
चाडपर्वको बेला सुनका गरगहनामा व्यापक कालोबजारी हुने गुनासो बढेपछि सरकारले अनुगमन कडा बनाउन थालेको हो। बढी खपत हुने तिज नजिकिँएसँगै व्यापारीले सुनका गहनामा कालोबजारी गर्न थालेको उनको भनाइ छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले व्यापारीले सुनमा ठगिरहेको र अनुगमनमा त्यो खुल्ने भएकाले पसल बन्द गरेर फरार भएको बताए। 'उपभोक्तालाई ठग्न पल्केकाहरु पसल बन्द गरेर भागेका हुन्,' उनले नागरिकसँग भने, 'त्यस्ता व्यवसायी पहिचान गरेर मुद्दा दायर गर्नुपर्छ।'