मिल्क होलिडेको स्थायी समाधानमा अर्थको असहयोग
२२ भदौ २०७२
•
१० मिनेट पाठ
मिल्क होलिडेको स्थायी समाधानमा अर्थको असहयोग
चितवन-मिल्क होलिडेको समस्या टार्न राष्ट्रिय दुग्ध विकास बोर्डले अघि सारेको प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकार गरेको छ। बोर्डले भरतपुरको ठिमुरामा बन्द रहेको चितवन मिल्क लिमिटेड सञ्चालनका लागि तत्परता देखाउँदा अर्थले स्वीकृति नदिएको खुलासा भएको हो।




बोर्डले चितवन मिल्क सरकारी–निजी–सहकारी साझेदारी मोडलमा चलाउने योजना ल्याएको थियो। सरकारी क्षेत्रको साझेदारी ५१ प्रतिशत रहनुपर्ने बोर्डको सुझाव थियो। 'हामीले प्रतिवेदन बनाएर ९ महिनाअघि कृषि मन्त्रालय पठाएका थियौं। कृषि मन्त्रलायले स्वीकृतिका लागि अर्थमा पठायो। तर ४ महिनाअघि अर्थले सो प्रस्ताव स्वीकृत नगरेको जानकारी पठायोे,' बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले भने। पन्तकै संयोजकत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार पारेको थियो।

दैनिक डेढ लाख लिटर दूधबाट पाउडर बनाउन सक्ने क्षमता रहेको चितवन मिल्क चलाए आसन्न मिल्क होलिडे (किसानले उत्पादन गरेको दूध नबिक्ने समस्या) टर्ने बताइन्छ। असोजबाट दूध उत्पादन बढ्ने तर, अहिले नै डेरीहरुले किसानसँग दूध किन्न छाडिसकेकाले मिल्क होलिडेले ग्रामीण अर्थतन्त्रमा ठूलो समस्या र निराशा ल्याउने अड्कल गरिएको छ।

सरकारी–निजी–सहकारी साझेदारीमा चल्ने उद्योगको सञ्चालक समितिको गठन विधिसमेत कार्यदलले प्रस्ताव गरेको थियो। सञ्चालक समितिको अध्यक्षमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक रहने उल्लेख थियो। सदस्यहरुमा कृषि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि र दुग्ध विकास संस्थानका प्रबन्धक, केन्द्रीय दुग्ध सहकारी संघ र निजी डेरीको प्रतिनिधि राख्नुपर्ने कार्यदलको सुझाव थियो।

'चितवन मिल्क सञ्चालन गरे मिल्क होलिडे टार्न सकिने भएकाले हामीले एकप्रकारको विधि निर्माण गरेका थियौं। अर्थले स्वीकृति नदिएपछि त्यो रोकियो,' पन्तले भने। निरन्तर घाटामा रहेको उद्योग यसका प्रवर्द्धकले भदौ १ मा बन्द गरेसँगै देशभर मिल्क होलिडे सुरु भइसकेको छ।

चितवन मिल्कलाई साँझेदारीमा चलाउनु पर्ने कारणहरु

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको ११ प्रतिशत र बाँकी चितवन को–ई समूहको लगानीमा स्थापित यो उद्योग २०६६ सालको चैतबाट सञ्चालनमा आएको हो। दैनिक एक लाख ५० हजार लिटर दुध प्रशोधन गर्न सक्ने सो कारखानाले दिनको १५ टन धुलो दुध उत्पादन गर्छ। क्षमताका हिसाबले यो नेपालकै ठूलो दूध कारखाना हो।

कारखाना चलेको एक वर्षपछि नै धुलो दूध नबिक्ने समस्या आयो। अन्तर्राष्ट्रिय बजारमा धुलो दूधको मूल्य घटेकाले ३० करोड रुपैयाँको उत्पादन स्टक राख्नु पर्दा उद्योग घाटामा गयो। उत्पादित सामान नबिक्दा उद्योगले किसानलाई समयमै दूधको मूल्य भुक्तानी गर्न सकेन। फलस्वरुप यसलाई दूध दिन सहकारीहरुले नमानेको पन्त कार्यदलको प्रतिवेदनमा उल्लेख छ।

सहकारीले दूध नदिएका कारण उद्योग पूर्ण क्षमतामा चल्न नपाउँदा सञ्चित घाटा बढ्दै गएको कार्यदलको निष्कर्ष छ। प्रवर्द्धकले पनि निरन्तर घाटामा गएका कारण अन्य लगानीकर्ता नथपिए आफूले मात्रै उद्योग नचलाउने बताएका थिए। 'सरकारी निकायकै नेतृत्वमा उद्योग चल्नुपर्छ, हामी सक्दैनौं,' केही समयअघि भएको पत्रकार सम्मेलनमा कारखाना प्रमुख उदय पण्डितले भनेका थिए।

मिल्क होलिडे हटाउन खुलेको उद्योग राम्रोसँग नचलेपछि त्यसलाई निरन्तरता दिने विषयमा सुझावसहितको प्रतिवेदन दिन राष्ट्रिय दुग्ध विकास बोर्डको १०२औं कार्यसमिति बैठकले कार्यदल बनाएको हो। कार्यदलले तनहुँ, चितवन, नवलपरासी, रुपन्देही र मकवानपुरका जिल्ला दुग्ध उत्पादक सहकारीहरुसँग छलफल पनि गरेको थियो।

रुपन्देही र चितवनका सहकारी संघहरुले सरकारकै नेतृत्वमा उद्योग चल्नुपर्ने र सरकारको लगानी बढे किसान ढुक्क हुन सक्ने सुझाव दिए। सहकारीलाई २५ प्रतिशत सेयर दिएर यसलाई 'थ्री–पी' अर्थात निजी, सरकारी सहकारीको अवधारणामा चलाउनुपर्ने मकवानपुरको दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले अपिल गरेको थियो। नवलपरासीको सहकारीले त सेयर हाल्ने प्रतिबद्धता नै जनायो। तनहुँले पनि नवलपरासीकै धारणामा समर्थन गर्योप।

सहकारी सुझाव अनुरुप कार्यदलले उद्योग सञ्चालनको खाका बनायो। दूध उत्पादन बढेको अवस्थामा पाउडर बनाउने उद्योग बन्द हुँदा अर्बौं लगानी र लाखौं किसानको जीविकोपार्जनसँग जोडिएको पशुपालन व्यवसाय संकटमा पर्ने खतरा औंल्याउँदै कार्यदलले उद्योग सञ्चालन गर्नुपर्ने राय पेस गरेको हो।

'अहिले पनि संस्थान र निजी क्षेत्रको लगानीमा चलेको यो उद्योगलाई निजी जस्तै मानेर मन्त्रलायले लगानीको लागि स्वीकृति नदिएको हुन सक्छ,' कार्यदल संयोजक पन्तले भने। बोर्डले सूचना निकालेर चार्टर्ड एकाउन्टेन्ट फर्मबाट चितवन मिल्कको आर्थिक अवस्थाको मूल्यांकन (डिडिए) पनि गराएको थियो।

डिडिएले चितवन मिल्कको सम्पत्ति १ अर्ब ८ करोड ४६ लाख ४३ हजार रुपैयाँ तय गर्यो । 'सम्पत्ति मूल्यांकन अझै गर्न सकिन्थ्यो। हामीले सम्पत्ति र सेयर मूल्य अन्तिम रुपमा यकिन गरेका थिएनौं तर अर्थले अघि बढ्न दिएन,' पन्तले भने। नयाँ व्यवस्थापनमा उद्योग पाएपछि सरकारले सञ्चालनका लागि १५ करोड रुपैयाँ दिनुपर्ने पनि कार्यदलको सुझाव थियो।

अनुदान दिएर निर्यात अस्थायी समाधान

चितवन मिल्कमा लगानी गर्न तयार नदेखिए पनि सरकारले प्रतिलिटर पाँच रुपैयाँ ९६ पैसा अनुदान दिएर दुग्ध विकास संस्थानमार्फत नेपाली दूध भारत पठाउने तयारी गरेको छ। मिल्क होलिडे रोक्न सरकारले ल्याएको यो योजना अगुवा दुग्ध उत्पादक किसानले खासै रुचाएका छैनन्। 'यो मर्नुभन्दा बहुलाउनु निको भने जस्तै हो,' केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य भागिरथ तिमिल्सिनाले भने।

चितवन मिल्क सञ्चालन गर्नु नै प्रभावकारी हुने उनको भनाइ छ। 'सरकारले रुग्ण उद्योगलाई नहेर्ने भनेर चितवन मिल्कमा लगानी गर्न तयार भएको छैन। तर चितवन मिल्क नचल्दा किसानको उठिबास लाग्नेतर्फ ऊ सजग छैन,' तिमिल्सनाले भने। अहिले दूध निर्यात गरे पनि अभाव हुँदा चर्को मूल्य तिरेर आयात गर्नुपर्ने अवस्था आउने उनले बताए।

पाउडर उत्पादन गरे कुनै पनि बेला दूध आयात गर्नु नपर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ। राष्ट्रिय व्यावसायिक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाजले चितवन मिल्क सञ्चालनका विषयमा छलफल गर्न भदौ २० गतेभित्रै बैठक राख्न माग गरेको थियो। 'तर किसानको मागको सुनुवाइ भएन' भन्छन् समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरे।

'देशमा ठूलो धुलो दूध कारखाना सञ्चालन नहुँदासम्म दुग्ध उत्पादक किसान ढुक्क भएर यो पेसामा लाग्ने सम्भावना छैन तर सरकार यो कुरा ख्यालै गर्दैन,' अध्यक्ष निउरेले भने, 'चितवन मिल्क सञ्चालनका लागि किसानसमेत सेयर हाल्न तयार रहेको जानकारी गराउँदा पनि सरकारले नसुन्नु बिडम्बना हो।'
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
१२ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस