चितवन- तराई क्षेत्रमा बन्द लम्बिँदा कुखुरापालन व्यवसाय नराम्ररी प्रभावित भएको छ। दाना उद्योगको लागि चाहिने कच्चा पदार्थ भन्सार नाकामा नै रोकिँदा उत्पादन कटौती भएको छ। कम दाना खुवाएर हुर्काएको कुखुरा बिक्री गर्न गाह्रो भएको व्यवसायीले बताएका छ।
आइतबार बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा कुखुरा व्यवसायीले लामो बन्दका कारण व्यवसाय चौपट भएको बताए। 'बिक्रीमा समस्या आउँदा दिनमा साढे तीन करोड रुपैयाँ नोक्सान भएको छ,' नेपाल कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष तिलचन्द्र भट्टराईले भने। चल्ला, दाना, अण्डा र कुखुरा ओसारपसारमा यसअघि यस्तो समस्या कहिल्यै भोग्नु नपरेको उनले बताए। माओवादी सशस्त्र संघर्ष र ०६२/६३ को आन्दोलनमा पनि कुखुरासँग सम्बन्धित पदार्थ ओसारपसारमा केही सहजता थियो भन्छन् उनी।
भन्सारमै अडि्कयो कच्चा पदार्थ
नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष शंकर कँडेलका अनुसार देशभर १ सय २५ दाना उद्योग छन्। दैनिक २४ देखि २७ सय टनसम्म दाना उत्पादन हुन्छ। उद्योगलाई चाहिने मुख्य कच्चा पदार्थ भारतबाट आयात हुन्छ। दाना उद्योग संघका केन्द्रीय अध्यक्षसमेत रहेका मञ्चका पूर्वअध्यक्ष भट्टराई भन्छन्, 'दानाका लागि आवश्यक पर्ने ६० प्रतिशत कच्चा पदार्थ भारतबाटै आउँछ।'
नाकामा नै कच्चा पदार्थ रोकिँदा त्यसको मार दाना उद्योगलाई परेको छ। हप्तामा दुई दिन उद्योग बन्दै गर्नुपर्ने अवस्था आएको भट्टराईले बताए। नेपालमा सीमित मात्रामा पाइने कच्चा पदार्थको मूल्य अकासिएको छ। बन्दअघि भटमास पिना किलोको ५४ रुपैयाँ रहेकोमा अहिले ६८ रुपैयाँसम्म पुगेको छ। मकै २३ रुपैयाँ किलोबाट २९ र २२ रुपैयाँ किलोको ढुटो ३० रुपैयाँ भएको उनले बताए।
'मूल्य बढे पनि दाना पाइँदैन। दिनमा १ सय २० ग्राम खुवाउनुपर्ने दाना ३० देखि ५० ग्राम मात्रै खुवाउने गरेका छन्,' भट्टराईले भने। भन्सार नाका नै ठप्प हुने गरेर भएको बन्दका कारण कुखुरापालन क्षेत्रमा विकराल अवस्था आउन लागेको उनले बताए। दानाको कच्चा पदार्थको मूल्य ३० प्रतिशत हाराहारी बढ्दा मासु अण्डा २५ देखि ३० प्रतिशतसम्म कम मूल्यमा बेच्नु परेको उनले बताए।
चल्ला, अण्डा र कुखुराको मूल्य घट्यो
एउटा अण्डाको उत्पादन लागत ९ रुपैयाँ ३३ पैसासम्म पर्ने नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले बताए। एक क्रेट अर्थात ३० गोटा अण्डा उत्पादन गर्दा २ सय ८० रुपैयाँ खर्च हुन्छ। तर अहिले एक क्रेट अण्डाको मुल्य २१५ रुपैयाँको हाराहारीमा झरेको अध्यक्ष केसीले जानकारी दिए। जसका कारण किसानहरु निकै मर्कामा परेको उनको भनाइ छ।
'दुई वर्षअघि नै एक क्रेट अण्डामा किसानले तीन सय रुपैयाँ पाएको थियो। अहिले अवस्था निकै खस्केको छ' केसीले भने। नेपाल कुखुरा व्यवसायी मञ्चले दिएको जानारी अनुसार नेपालभर १८ लाख गोटा अर्थात ६० हजार क्रेट अण्डा उत्पादन हुने गरेको छ। एक क्रेटमा ६५ रुपैयाँ नोक्सान हुँदा पनि अण्डामा दैनिक ३९ लाख रुपैयाँ नोक्सान भएको मञ्चले दिएको विवरणमा उल्लेख छ।
त्यस्तै नेपालमा दैनिक ५ लाख किलोग्राम कुखुरा मासु उत्पादन हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष शंकर कँडेलले बताए। केही समय अघिसम्म २ सय २० रुपैयाँ किलोमा बिक्री हुने गरेको ब्रोइलर कुखुरा अहिले १ सय ७० रुपैयाँमा बिक्री भएको कँडेलले जानकारी दिए। कुखुरामा प्रतिकिलो ५० रुपैयाँका दरले दिनमा २ करोड ५० लाख रुपैयाँ नोक्सान भएको कँडेलले जानकारी दिए।
नेपालमा प्रतिहप्ता २६ लाख २५ हजार चल्ला उत्पादन हुने गरेको मञ्चको तथ्यांक छ। प्रतिगोटा ६० रुपैयाँ हाराहारीमा बिक्री हुने चल्ला ओसारपसारमा समस्या आएपछि बजारमा जान सकेको छैन। उत्पादन भएकोमध्ये ६० प्रतिशत चल्ला मरेर नोक्सान भइरहेको कँडेलले जानकारी दिए।
'कुखुराको मासु र अण्डा सस्तो मूल्यमा पाइने गुणस्तरीय प्रोटिन हो। यो मानव स्वास्थ्यका लागि आवश्यक पदार्थ भएकाले बन्दका समयमा ओसारपसारमा रोकतोक हुनु हुँदैन,' नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले भने। दूध, तरकारी, फलफूल र अण्डा मासुलाई बेरोकतोक ओसारपसार हुने वातावरण मिलाउन सरकारसँग व्यवसायीले माग गरेका छन्।
'भयंकर आन्तरिक द्वन्द्वग्रस्त देशमा पनि मानव स्वास्थ्यसँग महत्वपूर्ण सम्बन्धित वस्तु ओसारपसारमा रोकतोक हुँदैन। नेपालमा राजनीतिक आन्दोलन सधैं हुने भएकाले मानव स्वास्थ्यका लागि आवश्यक वस्तुको ढुवानीमा पनि सहजता हुनै पर्छ,' पोल्ट्री व्यवसायी भट्टराईले भने। गतिरोध अन्त्य गर्न सरकारको पहलमा आन्दोलनरत पक्ष वार्तामा जानुपर्ने पोल्ट्री व्यवसायीको अपिल छ।
नेपालमा उन्नत नश्लका चल्लाको आयात र बिक्री वितरण २०१९ सालबाटै सुरु भए पनि ४० को दशकदेखि व्यवसायिक कुखुरापालनले गति लिएको थियो। ५० को दशकमा उच्च विकास भएको कुखुरापालन व्यवसायका कारण नेपाल चल्ला, मासु र अण्डामा लगभग आत्मनिर्भर भएको छ। समस्या निराकरण नभए आयात गर्नुपर्ने खतरा बढ्ने अध्यक्ष कँडेलको भनाइ छ।