काठमाडौं- जहाज अभाव झेलिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्न अर्को एउटा टि्वनअटर जहाज थप्न लागेको छ। निगमसँग अहिले आन्तरिक उडान गर्न एउटामात्र टि्वनअटर बाँकी छ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा जहाज अभावका कारण निगमले यात्रु र शाख दुवै गुमाइरहेको छ। आन्तरिकतर्फ उसका गन्तव्य दुई दर्जनभन्दा बढी भए पनि सबैमा सेवा पुर्यािउन कठिनाइ झेलिरहेको छ।
'आगामी दसैंभन्दा अगाडि नै र अझ सकेसम्म असोज पहिलो साताबाटै अर्को एउटा टि्वनअटर सञ्चालनमा ल्याउँछौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले सोमबार नागरिकसँग भने, 'उडानमा ल्याउन लागेको जहाजलाई बढीमा दुई दिनभित्र परीक्षण उडान गर्छौं। यसका प्राविधिक काम सबै लगभग पूरा भइसकेका छन्। काम सकिनासाथ जहाज नियमित उडानमा आइहाल्छ।'
उनका अनुसार अब थप्न लागिएको टि्वअटर '९एन–एबिटी' कलसाइन भएको हो। यो जहाज तीन महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छ। यो जहाजमा अमेरिकाबाट ल्याइएको दुईवटा इन्जिन जडान गरिएका छन्। अब केही प्राविधिक काम पूरा भएपछि जहाजको परीक्षण उडान गरिने छ।
हाल ९एन–एबियु कलसाइन भएको एउटामात्र जहाजबाट २६ वटा आन्तरिक गन्तव्यमा उडान गर्न बाध्य निगमले अब दुई जहाज भएपछि केही राहत महसुस गर्ने छ। निगमले भारतीय कम्पनी बर्मन एभिएसन र अमेरिकी कम्पनी साउथवेस्ट एयर मोटिभसँग दुई–दुई थान इन्जिन साटेर ल्याएको थियो। ती दुवै कम्पनीले ग्लोबल टेन्डर जितेर इन्जिन साट्न पाएका थिए।
निगमले आफूसँग भएका पुराना इन्जिन जसलाई ओभरहल (पूर्णमर्मत) गर्नुपर्ने थियो, तिनलाई दिएर ती कम्पनीसँग ओभरहल गरिएका इन्जिन लिएको थियो।
अब उडान सञ्चालनमा ल्याउन लागिएको टि्वअटरमा अमेरिकी साउथवेस्ट एयर मोटिभसँग लिइएका दुई थान इन्जिन जडान गरिएका छन्।
निगमले एउटा इन्जिन साट्न २ लाख ५० हजारदेखि ३ लाख ५० हजार अमेरिकी डलर (२ करोड ५० लाखदेखि ३ करोड ५० लाख रुपैयाँ) सम्म खर्च बेहोरेको थियो। ती कम्पनीले निगमका पुराना इन्जिन लगेर ओभरहल गरिएका इन्जिन दिएका हुन्। आफैंले इन्जिन ओभरहल गर्न ६ देखि ८ महिना लाग्ने भएपछि निगमले साट्फेर गर्ने योजना ल्याएको थियो। निगमले भने एउटा इन्जिनलाई ४ हजार घन्टा उडाएपछि ओभरहल गर्दै आएको छ।
निगमले साट्फेर गरेर ल्याएका इन्जिन जडान गरी उडाएका जहाजमध्ये एउटा टि्वनअटर २०७१ फागुन ४ गते अर्घाखाँचीमा दुर्घटनाग्रस्त भएको थियो। जहाजमा सवार चालकदलसहित सबै १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि निगम आन्तरिक उडानमा एक जहाजमा खुम्चिएको थियो।
'एउटा जहाज थपिएपछि दुईवटा टि्वनअटर जहाज हुन्छन् र त्यसपछि हामीलाई दुर्गम भेगमा नियमित उडान गर्न थप सहज हुने छ,' प्रवक्ता शर्माले भने, 'दुर्गम भेगमा दसैंका लागि टिकट पाउन केही सहज हुने विश्वास छ किनभने हामी दसैंमा नियमितबाहेक थप उडान पनि गर्ने छौं।'
अर्को टि्वनअटर थपिएपछि निगमसँग आन्तरिक उडानका लागि एउटा ठूलो र तीनवटा साना गरी चारथान जहाज हुनेछन्। तिनमा चीनबाट अनुदानमा प्राप्त गरेका दुईवटा जहाज छन्। एउटा ५६ सिट क्षमतायुक्त 'मोडर्न आर्क' (एमए–६०) र अर्को १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको छ। त्यसैगरी क्यानडाको डा हेभिल्यान्डद्वारा उत्पादित १९ सिटे 'डिएचसी६' सिरिजका दुईथान टि्वनअटर हुनेछन्। निगमसँग रहेका टि्वनअटर जहाज भने झन्डै चार दशक पुराना हुन्।
त्यस्तै नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एमए–६० सिरिजका दुई र वाई१२–ई सिरिजका चार जहाज उपलब्ध हुनेछन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिने छ। दुई जहाज ल्याएर निगमले उडान सुरु गरिसके पनि ती जहाजको उडान क्षमता तोकिएभन्दा कम रहेको पुष्टि भएपछि चीनबाट ल्याउन बाँकी चार जहाज ल्याउने कि नल्याउने भन्ने दुविधामा निगम छ।