काठमाडौं- आयोजना ः मेलम्ची खानेपानी उपआयोजना–२ (खानेपानी वितरण प्रणाली)
सकिने समय ः २०७३ वैशाख १ गते
बाँकी समय ः २१५ दिन
बाँकी काम ः ६७० मध्ये ४०२ किलोमिटर पाइप बिछ्याउन बाँकी (६० प्रतिशत काम बाँकी)
मेलम्चीको पानी पिउने आसमा बसेका लाखौं उपत्यकाबासीलाई खानेपानी वितरण प्रणाली आयोजनाको अहिलेसम्को कामको प्रगतिले थप निराश बनाएको छ।
सिन्धुपाल्चोक मेलम्ची खोलाको साढे १७ करोड लिटर पानी उपत्यका ल्याउने सुरुङ निर्माण र पानी वितरण गर्न बिछ्याइने पाइपको काम आधा पनि नसकिनुले काठमाडौंबासीको सपनालाई धकेल्दै लगेको हो। काठमाडौं, ललितपुर, भक्तपुरका सहरोन्मुख र सहरी क्षेत्रमा पानी वितरण गर्न सन् २००८ देखि ६ सय ७० किलोमिटर पाइप बिछ्याउने काम सुरु भएको थियो।
सात वर्षमा जम्मा २ सय ६८ किलोमिटरमात्र पाइप बिछयाउने काम सकिएको आयोजनाले जानकारी दिएको छ। तर, मेलम्चीको पानी काठमाडौं आउँदासम्म काम सकेर वितरण प्रणली तयार हुने मेलम्ची खानेपानी उपआयोजना–२ का प्रमुख तेजराज भट्टले बताए। 'मेलम्चीको पानी यहाँ आउँदासम्म हामी काम सक्छौं,' उनले नागरिकसँग भने, 'उताको काम सकिएन भने यता चौपट हुन्छ।'
पानी नआउँदासम्म पाइप फिटिङ गरी परीक्षण गर्न नसकिने हुँदा दुवै आयोजनाको काम एकसाथ हुनुपर्ने उनले बताए। उनका अनुसार सुरुङको काम सकिएर काठमाडौंमा पानी आए आउँदो वैशाखमा पहिलो लटमा पानी वितरण गर्न सकिनेछ। एसियाली विकास बैंक (एडिबी) को सहयोगमा भइरहको कामको प्रगतिप्रति ऊ असन्तुष्ट छ। 'काम त भइरहेको छ, तर सन्तोषजनक छैन,' एडिबीका आवासीय प्रतिनिध केनिची योकोआमाले भने, 'मेलम्ची सुरुङको काम पनि ६ महिनादेखि १ वर्ष ढिला हुने देखिन्छ।'
सरकारले मेलम्चीको पानी छिटो र व्यवस्थितरुपमा काठमाडौं ल्याउन मेलम्ची–सुन्दरीजल सुरुङ निर्माण, पानी शुद्धीकरण आयोजनालाई १ र पानी वितरण प्रणालीलाई उपआयोजना–२ घोषणा गरेर काम अघि बढाएको थियो। अहिले समयै पानी पिउने स्थानीयको आस र सरकारको काम गराइमा तालमेलै मिलेको छैन।
काठमाडौंबासीका धारामा पानी पुर्याकउन विभिन्न स्थानमा पानी संकलन केन्द्रको निर्माण, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट पानीपोखरीसम्म प्रसारण लाइन (थोक वितरण प्रणाली) को निर्माण, पोखरीबाट घरको धारासम्म पानी पुर्यानउन वितरण प्रणाली सुधारका काम भइरहेको भट्टले जानकारी दिए।
काठमाडौं उपत्यका खानेपानी खानेपानी लिमिटेडअन्तर्गत रहेको आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि पाइप बिछ्याउने र घरघरमा धारा जडान गर्ने गरिरहेको छ। आयोजनाका अनुसार अहिलेसम्म उपत्यकाका १९ हजार ८ सय ८७ घरमा धारा जडान भइसकेको छ।
ज्ञानेश्वर, सिनामंगल, गौशाला, हाँडीगाउँ, कालोपुल, कोटेश्वर, नरेफाँट, ग्वार्को, मानभवनलगायत दर्जनौं स्थानमा पाइप विस्तारको काम भइरहेको आयोजनाले जानकारी दिएको छ। भट्टका अनुसार यसअघि मैतीदेवी, रातोपुल, घट्टेकुलो, डिल्लीबजार, पुरानो बानेश्वर, बबरमहललगायत क्षेत्रमा पाइप विस्तारको काम सकिएको छ।
आयोजनाले थोक वितरण प्रणालीअन्तर्गत हाल काठमाडौं उपत्यकाका विभिन्न ६ ठाउँमा पानी संकलन केन्द्र निर्माण गरिरहेको छ। आरुबारी, बाँसबारी, महाँकालचौर, बालाजु, महाराजगन्ज पानीपोखरी र ललितपुरको खुमलटारमा पानी संकलन गर्न पोखरीको निर्माण भइरहेको छ। पानी संकलन केन्द्रको काम हालसम्म २२ प्रतिशत सकिएको आयोजनाका पुनःस्थापना विज्ञ गिरिबहादुर सुनारले जानकारी दिए।
सुरुङ निर्माणको काम कछुवा गतिमा भए पनि वितरण प्रणालीअन्तर्गत पाइप बिछ्याउने र घरघरमा धारा जडान गर्ने काम निरन्तर भइरहेको पनि भट्टले बताए। ६ सय ७० किलोमिटरमध्ये जम्मा ४० प्रतिशत काम सकिँदा बाँकी काम सकिन करिब ७ महिनामात्र छ। यही गतिमा पाइप बिछ्याउने काम अर्को दुई वर्षमा पनि नसकिने सहरी विकास मन्त्रालयका अधिकारीको तर्क छ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा पूर्वाधार निर्माणमा उपत्यकाको काम निरन्तर भइरहे पनि सुरुङ पूरा भएर काठमाडौं पानी नआउँदासम्म त्यसको अर्थ नहुने आयोजनाका अधिकारी बताउँछन्। काठमाडौं उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना र काठमाडौं उपत्यका ढल व्यवस्थापन आयोजना सञ्चालनमा एडिबीले सहयोग गरेको छ।
मेलम्चीको पानी आउनुअघि काठमाडौंबासीलाई थप खानेपानी उपलब्ध गराउन हालका पानीका स्रोतमा उत्पादन वृद्धि, ट्युबबेलको निर्माण र उपत्यका खानेपानी लिमिटेडको क्षमता विस्तारमा निर्देशनालयले सहयोग गरिरहेको छ।
सुरुङ निर्माण हुनासाथ मेलम्चीको पानी वितरणका लागि तयारीमा राख्न भक्तपुरको कटुञ्जे र टिग्नी र कीर्तिपुरमा थप करिब ५ करोड लिटर पानी संकलन गर्ने पोखरी निर्माण भइरहेका छन्। निर्देशनालयका अनुसार मेलम्चीबाट आउने पानी समानुपातिक र न्यायोचितरुपमा वितरण गर्न चक्रपथ र चक्रपथ बाहिरका क्षेत्रमा गरी करिब ७८ किलोमिटर थोक वितरण प्रणाली निर्माण गरिनेछ।
सुन्दरीजल गाविसदेखि चावहिलको महांकालचौरसम्म ९.६ किलोमिटर थोक वितरण प्रणालीमध्ये ५.८ किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने काम सकिएको छ। साथै, ढल प्रणाली सुधार र ढल प्रशोधन केन्द्रको निर्माण कार्यको लागि परामर्शदाताको छनौट भई डिजाइन सुरु भएको छ। चक्रपथभित्र करिब ७ सय किलोमिटर वितरण प्रणाली सुधार गरिनेछ। पहिलो, दोस्रा, तेस्रो र चौथो गरी ४ वटा प्याकेजमा बाँडिएको छ।
प्याकेजअनुसार काठमाडौं र ललितपुरका मुख्य सहरी क्षेत्र र चक्रपथ यस वरिपरिका क्षेत्र तथा भक्तपुर र कीर्तिपुरका केही क्षेत्रमा पनि वितरण प्रणाली सुधार गरिनेछ। पाइपको माध्यमबाट सर्वसाधारणको घरदैलोमा पानी वितरण गरिनेछ। एचडिपिई पाइपलाई आवश्यक लम्बाइमा इलोक्ट्रो फ्युजन प्रविधिबाट जोडिएको हुन्छ, जसले चुहावट घटाएर १५ प्रतिशतमा झार्ने निर्देशनालयको लक्ष्य छ। वितरण प्रणाली सुधारबाट काठमाडांै र ललितपुरका झन्डै ८४ हजार घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन्।