बजेटमा सुदूरपश्चिमः पुरानै कुरा, हुँदैनन् पूरा
१५ जेष्ठ २०७९
•
४ मिनेट पाठ
बजेटमा सुदूरपश्चिमः पुरानै कुरा, हुँदैनन् पूरा
संघीय सरकारले प्रस्तुत गरेको बजेट भाषणमा सुदूरपश्चिमका अधिकांश विषय वर्षौदेखि सुनिने गरेका छन्। सुदूरपश्चिमका जनताले सपनाको रुपमा हेरेका पश्चिम सेती जलविद्युत परियोजना, पञ्चेश्वर जलविद्युत परियोजना, गेटा मेडिकल कलेज, गेटा विमानस्थलको स्तारोन्नति, औद्योगिक क्षेत्र, उत्तर दक्षिण जोड्ने नाका लगायतका बहुप्रतिक्षित योजनाहरु वर्षौदेखि सुदूरपश्चिमका आम नागरिकले सुन्दै आएका छन्। यसपालिको बजेट भाषणमा पनि यी कुराहरु संघीय सरकारले छुटाएन। वर्षौदेखि उही कुरा सुन्दै आएका सुदूरपश्चिमेलीले यो बजेटमा उल्लेख भएका कुरा पनि कार्यान्वयन हुनेमा आशंका गरेका छन्।  




‘गेटा मेडिकल कलेज सञ्चालनदेखि पश्चिम सेती परियोजनासम्मका राम्रा कुराहरु बजेटमा राखिएका छन्,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्,‘बजेटमा लोकप्रिय कुरा राखिए पनि कार्यान्वयन गर्न भने चुनौती देखिन्छ।’ विगतका वर्षमा पनि यी कुराहरु बजेटमा राखिने, तर कार्यान्वयन नहुने समस्या दोहोरिँदै आएको उनले बताए। सुदूरपश्चिममा करिव एक दशकदेखि आर्थिक क्षेत्र (सेज) बनाउने कुरा बजेट भाषणमा सधैं सुन्न पाइए पनि त्यसलाई अहिलेसम्म कार्यान्वयनमा गति दिन नसकिएको उनले बताए।

उनले भने,‘सुदूरपश्चिमको आर्थिक क्षेत्र उकास्न विशेष आर्थिक क्षेत्र (सेज) बनाइने भनिएता पनि अहिलेसम्म पूर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा यहाँको आर्थिक विकासमा टेवा पुग्न सकेको छैन।’ यसैगरि सुदूरपश्चिमको आर्थिकमा कायापलट गर्न सक्ने पश्चिम सेती जलविद्युत परियोजना बन्ने चर्चा तीन दशक बढी भएको बताउँदै कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक तथा अर्थविद् डा. राजेन्द्रवीर चन्दले भने,‘सरकारले आफ्नै लगानीमा पश्चिम सेती परियोजना बनाउने भनेर यसअघि नै घोषणा गरे पनि त्यो कार्यान्वयन भएन, अहिले बजेटमा राखिए पनि कार्यान्वयन हुनेमा आशंका छ।’  

अहिलेको बजेटमा पुरानै कुरालाई निरन्तरता दिइएको बताउँदै उनले भने,‘बजेट भाषण सुन्नमा राम्रो छ, तर नयाँ कुरा दिइएको छैन।’ डडेल्धुरामा मेडिकल कलेज बनाउने कुरा नयाँ भए पनि कार्यान्वयन हुनेमा आशंका देखिएको उनले बताए। देशको आयात प्रतिस्थापनको कुरा वर्षौदेखि गरिँदै आए पनि त्यसलाई कम गर्ने खालको कुनै योजना नसमेटिएको उनले बताए।  

देश संघीयतामा गई सकेपछि संघीय सरकारले ल्याएको यो बेजट पनि सुदूरपश्चिम प्रदेशका लागि उत्साहपूर्ण हुन नसकेको यहाँका बासिन्दाले बताएका छन्। भौतिक पूर्वाधार, उद्योग कलकारखाना, राष्ट्रिय गौरवका आयोजना लगायतमा विकासका पूर्वाधारमा देशमै सुदूरपश्चिम पछाडि परेको बताउँदै उनले भने,‘राष्ट्रिय स्तरको गरिबीको तुलनामा देशभरमै सबैभन्दा बढी गरिबी सुदूरपश्चिममा छ, यसलाई कम गर्ने खालका योजना भएनन्।’ सुदूरपश्चिमेलीहरु वर्षौदेखि रोजगारीका लागि भारत जान बाध्य रहेको उनले बताए। ‘भारत जाने युवाहरुलाई रोक्ने खालका ठोस योजना केही भएनन्,’ उनले भने,‘बेरोजगार युवालाई रोजगारी दिने त भनियो, तर कसरी र केमा निर्भर बनाउने भन्ने ठोस कुरा उल्लेख भएन।’

बेरोजगारी, कुपोषण, अशिक्षा, उत्पादकत्व, मानव विकासको सुचकांक लगायतमा पछाडि परेको सुदूरपश्चिमलाई संघीय सरकारले अहिले पनि सन्तुलित विकास हुनेगरी बजेट नछुट्याएको स्थानीयले आरोप लगाएका छन्।  

अर्थविद् शिवहरि शर्मा मुडभरीले सुदूरपश्चिममा गत वर्षको सबै कुरा दोहोरिएको बताएका छन्। ‘सुख्खा बन्दरगाहदेखि जडीबुटी प्रशोधन केन्द्रसम्मका केही कुरा पनि छुटाइएकाे छैन,’ उनले भने,‘तर, कार्यान्वयन पक्ष एकदम कमजोर र फितलो देखिन्छ।’ गेटा मेडिकल  कलेजलाई मेडिकल विश्वविद्यालय वा प्रतष्ठिान बनाउने भन्ने सुदूरपश्चिमका आम नागरिकको माग विपरित मेडिकल सञ्चालन गर्ने कुरा आएको उनले बताए। आर्थिक समस्या समाधान गर्ने रणनीतिक बजेट आउन नसकेको उनले बताए। ‘चुनावी बजेट भएर होला सबैलाई खुसी बनाउने, तर कार्यान्वयन फितलो हुने बजेट देखिन्छ,’ उनले भने।

सुदूरपश्चिमका हकमा यो सरकारले  ल्याएको बजेटमा राम्रा कुरा भए पनि त्यसको कार्यान्वयनमा भने चुनौती देखिएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले भने,‘बजेटमा राम्रा कुरा समेटिएका छन्, यी कार्यान्वयन हुनुपर्छ।’ जबसम्म औद्योगिक विकास हुन सक्दैन तबसम्म देश विकास हुन नसक्ने बताउँदै अध्यक्ष बोगटीले भने,‘सुदूरपश्चिमका विकासका लागि औद्योगिक क्षेत्रमा विशेष खाले योजना ल्याउनु जरुरी छ।’  

संघीय सरकारले आइतबार संसदमा पेश गरेको बजेटमा सुदूरपश्चिम प्रदेशमा अत्तरिया जडीबुटी प्रशोधन केन्द्र, दैजीमा औद्योगीक क्षेत्र निर्माण, हरैयामा विशेष आर्थिक क्षेत्र, कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण सुरु, सुदूरपश्चिमका ७ वटै देवीका मन्दिरलाई पर्यटकीय स्थलका रुपमा प्रवर्द्धन गर्ने, धनगढी विमानस्थललाई स्तरोन्नति गर्नका लागि क्षेत्रीय विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्ने, दार्चुला खलंगामा वृहत खानेपानी योजना बनाउने, धनगढीको फाप्लामा  खेलग्राम बनाउने, पश्चिम सेती निर्माण गर्नेलगायतका योजनाहरु प्रस्तुत गरिएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस