काठमाडौं– आफ्नो संविधान आफैं बनाउने सात दशक लामो सपना पूरा हुँदै गर्दा आम नेपाली नागरिकमा नयाँ उत्साह र खुसी देखिएकाे छ संविधान निर्माण भएको खुसीयालीमा दीपावली गर्न अाम नागरिक तयार छन्।र, ठाउँठाउँमा दीपावली गरेर तथा मिठाइ बाँडेर याे एेतिहासिक उत्सव मनाउन थालिसकिएकाे पनि छ। तर, विशुद्ध तराइ–मधेसको क्षेत्रीय मुद्दालाई लिएर अघि बढेका राजनीतिक दलका केही सभासद् संविधान निर्माण प्रक्रियामा सहभागी नहुँदा केही खिन्नताको महसुस सबैले नै गरेका छन्। 'केही मधेसवादी दलहरु आज पनि आन्दोलनमा छन्, उनीहरुलाई पनि सहमतिमा ल्याउनु पर्छ,' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका भन्छन्, 'अब राजनीतिक स्थायित्व बहाली गर्दै आर्थिक उन्नतिकाे नयाँ अध्याय शुरु गर्ने बेला भएको छ।'
संविधान निर्माणसँगै देश अब तीव्र आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गर्न लागेको आर्थिक क्षेत्रका विज्ञ तथा सरोकारवाला बताउँछन्। तर, राजनीतिक दलहरु भने आर्थिक समृद्धिको मुद्दालाई कोसौं टाढा राखेर केबल राजनीतिक अधिकारको मुद्दा मात्रै उठाइरहेका छन्। 'संविधानलगायतका कानुनी दस्तावेजका पानाहरु अधिकारै अधिकारले भरे पनि मुलुक समृद्ध नभई धेरैजसो अधिकार कागजमा मात्रै सीमिति हुनेछन्,' आर्थिक क्षेत्रका सरोकारवालाहरु भन्छन्, 'संविधानमा प्रदत्त अधिकारहरु व्यवहारिक कार्यान्यवनमा ल्याउन मुलुकलाई समृद्ध बनाउनै पर्छ।'
'कांग्रेस, एमाले, माओवादी, मधेसवादीलगायत कुनै पनि राजनीकि दलले राजनीतिक मुद्दाको समानान्तर गतिमा आर्थिक मुद्दालाई अघि सारेका छैनन्,' अध्यक्ष मुरारकार भन्छन्, 'संविधान घोषणा भएपछि दलहरुले आर्थिक विकासका मुद्दालाई प्राथमिकता दिनुपर्छ।' तर, राजनीतिक दलहरुले यस विषयलाई बुझेर पनि व्यवहारमा कार्यान्वय गर्ने इमानदारीता नदेखाएका आर्थिक क्षेत्रका विज्ञहरुको गुनासो छ ।
'धेरै ठूलो र धेरै लामो सकसपछि संविधान आएकोले सबैले संविधानको स्वागत गर्नैपर्छ,' नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा भन्छन्, 'संविधान घोषणा हुनासाथ रातारात विकास हुन्छ, रातारात उद्योग कलकारखाना खुल्छन् भन्ने छैन।' संविधानले हालसम्मको संक्रमण कालको अन्त्य गर्दै राजनीतिक स्थायित्व ल्याई आर्थिक विकासमा अघि बढे सफलता टाढा पनि नभएको उनको भनाई छ । 'यसका लागि संविधान जारी भएपछि एउटा इमानदार सरकार बन्नु आवश्यक छ,' उनी भन्छन् ।
संविधान जारी भएपछि बन्ने सरकारले ३–४ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ । संविधानपछि बन्ने सरकार इमानदार(भ्रष्टाचारप्रती शुन्य सहनशील भएको), पूर्ण कानुनी राज्यको स्थापना(ल एण्ड अर्डरको पूर्ण पालना) गर्ने, नयाँ तथा दीर्घकालिन विकासका सोचका साथ काम गर्ने खालको हुनुपर्ने उनको भनाइ छ।
प्रदेश सरकारको क्षमता र इमानमा भरपर्छ आर्थिक विकास
नयाँ संविधानमा नेपाललाई सात प्रदेशको संघीय संरचनामा लाने उल्लेख छ । आर्थिक विकासका धेरैजसो विषयमा निर्णय लिन यी प्रदेशहरु स्वायत्त हुने व्यवस्था नयाँ संविधानले गरेको छ । उक्त, स्वायत्त अधिकारको सही कार्यान्वयनका लागि प्रदेश सरकारहरु पूर्ण इमानदार र क्षतावान हुनुपर्ने बरिष्ठ उपाध्यक्ष शर्मा बताउँछन् ।
एउटा प्रदेसले आर्थिक विकासको नमुना उदारहण प्रस्तुत गर्न सक्यो भने अन्य प्रदेशले पनि आर्थिक विकासमा उसकै बाटो पच्छ्याउने र उसलाई उछिन्ने प्रतिस्पर्धामा अघि बढ्न सक्ने उनको भनाइ छ । 'प्रतिस्पर्धात्मक विकासको उपयुक्त संस्कार भित्रियो भने समग्र मुलुक विकास हुन समय लाग्दैन,' उनी भन्छन्, 'तर, विडम्बना प्रदेशको नाम राख्नमै दलहरुले कति किचलो झिक्ने र कति समय लगाउने हुन् कल्पना गर्दा पनि दुःख लाग्ने अवस्था छ।'
'प्रदेश सरकार इमानदार, दूरदर्शी र क्षमतावान छ भने इजरायलले जस्तो बालुवामा पनि तरकारी फलाएर विदेश निर्यात गर्न सक्छ,' जानकारहरु भन्छन्, 'सरकार इमानदार छैन भने प्राकृतिक–आर्थिक सम्पदाहरुले सम्पन्न भएर पनि दरिद्रताबाट गुज्रिरहेको नेपालकै नियति दोहोरिने छ।'
विज्ञले गर्नु पर्ने सीमांकन राजनीतिक दलहरुले जात र समुदायको आधारमा गरेकोले राजनीतिक दलहरुले प्रदेशको आर्थिक विकासलाई सीमांकनको आधार नै नबनाएको अध्यक्ष पशुपति मुरारकाको भनाइ छ। 'यो त लहलहैमा दलहरुले ल्याएको संघीयता हो, यसमा उनीहरुले आर्थिक मुद्दालाई पूर्णतया उपेक्षा गरिदिएका छन्,' मुरारकारले भने, 'नयाँ बनेको संविधानमा पनि राजनीतिक दलहरुले गर्ने बन्दहड्तालमा कडा अंकुश लगाउने कुनै व्यवस्था मैले पाएको छैन। तर अहिले संविधान आउनु नै ठूलो कुरा हो यस विषयलाई संशोधनमार्फत समावेश गर्न पनि सकिन्छ।'
संविधान बन्नु नै ठूलो कुरा
अन्तिरिम संविधानले जारी राखेको नेपालको संक्रमणकाल नयाँ संविधान जारी भएपछि अन्त्य हुनेछ । सर्वपक्षीय र समानुपातिक प्रतिनिधित्वका आधारमा संविधानसभाले बनाउने देशको संविधान सम्झौताको दस्तावेज भएकोले यसमा सबैका मागहरु शतप्रतिशत सम्बोधन हुन नसक्नु स्वभाविक हो । आफ्ना मागलाई संविधान संशोधनमार्फत पूरा गराउँदै लाने अठोटका साथ नयाँ संविधानलाई स्वागत गर्नु पर्ने आर्थिक क्षेत्रका सरोकारवाला र विज्ञहरु बताइरहेका छन् । 'बन्द हड्ताललाई पूर्णतया निशेध गर्न संविधानमा गर्नु पर्ने व्यवस्थाका विषयमा हामीले दिएको सुझाव पनि समावेश भएको छैन,' अध्यक्ष मुरारका भन्छन्, 'यसलाई पछि सम्बोधन गराउँदै लान सकिन्छ । तर, लामो तपस्या पनि बडो कठिन रुपमा प्राप्त संविधानलाई सबैले स्वागत गरेरै जानु आवश्यक छ।'
राजनीतिक सैद्धान्तिक रुपमा मतभेदहरु कायमै रहेको अवस्थामा पनि आर्थिक मुद्दामा एकमत हुने संस्कार पनि राजनीनितिकदहरुले देखाउन थालिसकेकाले अार्थिक विकासप्रति आशावादी हुने ठाउँ देखिएको अध्यक्ष मुरारकाले बताए। नयाँ सिवधानले देशलार्इ अार्थिक विकासकाे नयाँ अध्यायमा प्रवेश गराउने अार्थिक क्षेत्रका जानकारहरुकाे अाशा छ ।