काठमाडौं- झन्डै एक दशक लामो विवाद र तनाव छिचोल्दै अन्ततः मुलुकले नयाँ संविधान पाएको छ। जनताका प्रतिनिधिबाट जारी भएको यस्तो संविधान देख्न मुलुकले ६५ वर्ष कुर्नुपर्यो। नयाँ संविधानपछि अर्थतन्त्रले गति लिने र मुलुक समृद्धिको बाटोतिर लम्किने अपेक्षा सबैको छ।
अर्थतन्त्रको मेरुदण्ड मानिँदै आएको र मुलुकले राष्ट्रिय मान्यता प्राप्त उद्योगको उपमा दिएको पर्यटन क्षेत्रले नयाँ संविधानपछि गति लिन्छ त?
'अवश्य लिन्छ,' दसकौंदेखि पर्यटन क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन र व्यवसाय गर्दै आएका हस्तीहरू भन्छन्, 'मुलुकको पर्यटन क्षेत्रको गति लिने भनेको अब हो। यसमा कसैले शंका गर्नुपर्दैन। राजनीतिक स्थिरता भएपछि आर्थिक गतिविधिले गति लिन्छन् र यसमा पर्यटन क्षेत्र अछुतो रहने कुरै भएन। हो, पर्यटन क्षेत्रले अब ठूलो फड्को मार्ने छ।'
माओवादीको एक दशक लामो आन्तरिक द्वन्द्वले थिलथिलो बनेको पर्यटन क्षेत्रले उनीहरू राजनीतिक मूलधारमा समाहित भएपछि केही त्राण पाएको थियो। तर, त्यसपछि पनि लगभग अर्को एक दशक राजनीतिक अस्थिरता, खिचातानीमात्र नभई बेला–बेला भइरहने बन्द, हडताल, चक्काजामजस्ता गतिविधिबाट थप पिल्सिन पुग्यो।
यति हुँदाहुँदै पनि पर्यटनले सुस्तरी गति लिइरहेको थियो। एक्कासि, २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले तहसनहस बनाइदियो। भूकम्पबाट पर्यटन सम्पदा, मठमन्दिर र सम्बद्ध गन्तव्यमा 'सामान्य क्षति' पुगे पनि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन क्षेत्र ध्वस्त भएको नकारात्मक सन्देश गयो। यसबाट सरकार र निजी पर्यटन क्षेत्रलाई उक्त सन्देश गलत भएको पुष्टि गर्न ठूलो कसरत गर्नुपर्यो्।
यो कसरतमा अहिले नयाँ संविधानले सोच्दै नसोचेको बल मिलेको छ। 'हो, अब हामीले नयाँ संविधानलाई पछ्याउँदै जानुपर्छ र कुरा नमिले सच्च्याउँदै पनि जानुपर्छ,' पर्यटन व्यवसायी, लामो समयदेखि होटल व्यवसायमा संलग्न तथा 'नेपाल पर्यटन वर्ष २०११' का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्य नागरिकसँग भन्छन्, 'संविधान नै नभएको देश भन्दा अस्थिरता बुझ्छन्, अब संविधान बनेको छ, यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने निश्चित छ।'
संविधान जारी भएपछि शान्ति र स्थिरता कायम हुने उनी बताउँछन्। 'शान्ति हुनु भनेको लगानी बढ्नु हो,' उनी भन्छन्, 'राजनीतिक क्रान्ति सकियो अब पालो आर्थिक क्रान्तिको।' अब अन्य देशले नेपाल भ्रमण गर्न आफ्ना नागरिकका लागि कस्तो ट्राभल एडभाइजरी जारी गर्छन्, त्यसको पर्खाइमा पर्यटन क्षेत्र रहेको उनी बताउँछन्।
उनका अनुसार विगतमा नेपाल घुम्न आउने पर्यटकलाई 'तर्साउन' केही न केही गतिविधि हुने गरेका थिए। पछिल्लो डेढ दशकसम्म निरन्तर नकारात्मक ट्राभल एडभाइजरी आएको आयै भए। त्यसबाट थिलथिलो बनेको पर्यटन क्षेत्रले नयाँ संविधान जारी भएपछि ठूलो त्राण पाएको छ। भूकम्पबाट थप प्रभावित यो क्षेत्रलाई पुनर्निर्माणका काममा गति दिँदै अगाडि बढाउँदै लाने र नेपालको पर्यटन क्षेत्र संसारभरका पर्यटक तथा पर्यटन क्रियकलापका लागि सुरक्षित छ भन्ने सन्देश फिँजाउनु आवश्यक छ।
'अब पुनर्निर्माणको कामलाई तीव्र गतिले अगाडि बढाउँदै लान सक्यो भने पर्यटन क्षेत्रलाई मुलुकको अर्थतन्त्रको साँच्चिकै मेरुदण्ड बनाउन सकिन्छ,' शाक्य भन्छन्, 'यसलाई बन्द, हडताल, चक्काजाम गरेर ध्वस्त पार्नुभएन। यसमा राजनीतिककर्मी र राजनीतिक दल तथा तिनका भ्रातृ संगठनले मनन गर्नैपर्छ। अनिमात्र पर्यटन क्षेत्र उकालो लाग्ने छ।'
राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिले पछिल्लो पटक भूकम्पपछि सार्वजनिक गरेको 'नेपाल : ब्याक अन टप अफ द वर्ल्ड' नारासहितको पर्यटन अभियानले यो क्षेत्रमा नयाँ तरंग सञ्चार गर्ने शाक्यको अनुमान छ।
वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछि निरन्तर गइरहेका परकम्पपछि पर्यटन क्षेत्रमा पुगेको क्षति आँकलनसँगै पुनर्निर्माण र पुनरुत्थानका काम अगाडि बढिरहेको जनाउँदै समितिले विश्व बजारमा सकारात्मक सन्देश प्रवाह गर्न उक्त अभियान सार्वजनिक गरेको थियो। निरन्तर गइरहेको परकम्पले उच्च पर्यटन याममा असर गर्ने भएपछि पर्यटन उद्योगलाई पहिलेभन्दा उत्कृष्ट बनाउन पुनर्निर्माण र पुनरुत्थान काममा सरकारसहित सम्बद्ध निकाय र सरोकारवाला सबै दिलोज्यानले खटिरहेको समितिको भनाइ छ। अभियान सार्वजनिक गर्नुको उद्देश्य भनेको समिति तथा पर्यटन क्षेत्रका सम्पूर्ण सरोकारवालाले पर्यटकका लागि नेपाल सुरक्षित रहेको तथा यस क्षेत्रमा पहिलेभन्दा हेर्न र गर्न मिल्ने थुप्रै गतिविधि रहेको सन्देश संसारभर फैलाउनु हो।
'लामो अवधि बन्दी भएको मुलुकले बल्ल निकास पाएको छ,' दसकौंदेखि पर्यटन व्यवसाय गर्दै आएका तथा हेलिकोप्टर सेवा प्रदायक कम्पनी फिसटेल एयरका प्रमुख कार्यकारी अधिकृत एवं वायुसेवा सञ्चालक संघका महासचिव सुमन पाँडे भन्छन्, 'अब विकासको ढोका खुल्ने छ भने आर्थिक क्षेत्रले उच्च प्राथमिकता पाउने विश्वास छ। यसो हुनु भनेको पर्यटन क्षेत्रले तीव्र गति लिनु हो।'
नेपालको उड्डयन क्षेत्र युरोपेली आयोगको कालोसूचीमा परेपछि त्यसबाट उम्किन कठिन भइरहेका उल्लेख गर्दै पाँडेले नयाँ संविधान जारी भएपछि अब सकारात्मक सन्देश जाने र कालोसूचीबाट मुक्ति पाउन केही सहज हुनसक्ने सम्भावना औंल्याए। 'युरोपको कालोसूचीमा पर्नु हाम्रो कमजोर सुशानको परिणाम थियो,' उनी भन्छन्, 'अब यो सूचीबाट उम्किन सक्ने सुवर्ण अवसर आएको छ, त्यसलाई सम्बद्ध सबैले सहकार्यमार्फत अगाडि बढाए अवश्य सफल भइने छ।'
लगानीको वातावरण बनाउन सक्ने सरकार आयो भने त्यसले पर्यटन क्षेत्रमा सम्भावनाको ढोका उघार्ने उनी बताउँछन्। तर, त्यस्तो सरकार स्थिर र योग्य हुनुपर्ने उनको भनाइ छ। मुलुकमा शान्ति, सुव्यवस्था र लगानीको वातावरण भयो भने उड्डयन क्षेत्रले पनि फड्को मार्ने उनी बताउँछन्।
मुलुकमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण समस्या ज्युँकात्युँ रहेको उनी बताउँछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरणको विकल्प खोज्नैपर्ने बेला भएको र यसका लागि काठमाडौं नजिकैका नुवाकोट, काभ्रे वा सिन्धुपाल्चोक जहाँ मिल्छ, त्यहाँ आन्तरिक विमानस्थल बनाउनैपर्ने उनको भनाइ छ। र, त्यसलाई राजधानीसँग जोड्न द्रुतमार्ग वा रेलमार्ग बनाउनु आवश्यक छ।
'डाँडामा ढलान गरेर भए पनि त्रिभुवन विमानस्थलबाट आन्तकिर उडान–अवतरण हटाउनुपर्छ,' उनी भन्छन्, 'यसो भयो भने त्रिभुवन विमानस्थलको चाप ५० प्रतिशतले घट्ने छ। त्यसैगरी पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार गर्नसक्यो भने सुनमा सुगन्ध हुने छ।'
उनका अनुसार अब मुलुकले १० लाख पर्यटकको सट्टा ५० लाख लक्ष्य गर्नुपर्छ। कम्बोडियाले वार्षिक ४० लाख र भियतनामले ६० लाख पर्यटक ल्याइरहेका छन् भने तीभन्दा वृहत सम्भावना भएको नेपालले पनि त्यति नै संख्यामा पर्यटन ल्याउन सक्छ। 'लक्ष्य, दुरदृष्टि र कार्यान्वयन' बलियो भए यसमा सफलता हात लाग्ने छ।
'नयाँ संविधान ल्याउन जसरी सबै एकताबद्ध भएका थिए, त्यसैगरी अब आर्थिक समृद्धिका लागि पनि सबै एक हुनसके मुलुकको अर्थतन्त्रसँगै पर्यटन क्षेत्रले उचाइ लिनेमा दुई हुने छैन,' पाँडे भन्छन्।