काठमाडौं-लगातार तीन दिनको सार्वजनिक बिदामा थानकोट डिपोबाट वितरण नभएपछि बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको नेपाल आयल निगमले प्रस्ट्याएको छ।
थानकोट डिपोमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ हुँदाहुँदै पनि ३ दिन सार्वजनिक बिदा परेकाले पम्पसम्म तेल नपुग्दा वितरणमा समस्या आएको हो। 'थानकोट डिपोमा १ हजार ८० किलोलिटर (केएल) पेट्रोल, ४ हजार केएल डिजेल र २७ सय केएल हवाई इन्धन स्टक छ,' निगमका प्रवक्ता दीपक बरालले भने, 'शनिबार, आइतबार र सोमबार तीन दिन लगातार सार्वजनिक बिदा परेकाले पम्पलाई तेल बाँड्न नसक्दा मंगलबार आपूर्ति केही असहज भएको हो।'
नेपाल आयल निगमले भारतबाट स्कर्टिङ गराएर भए पनि थानकोट डिपोमा तेल स्टक गरेको छ। तर, लगातार सार्वजनिक बिदा परेकाले काठमाडौंका पम्पमा साबिक बमोजिम तेल जान नसकेपछि बजारमा अभाव देखिएको निगम स्रोतले बताएको छ।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले बुधबारदेखि तेल अभाव नहुने बताए। 'निगमबाट तीन दिनदेखि तेल वितरण हुन सकेन, त्यसको असर मंगलबार देखिएको हो,' उनले भने, 'मंगलबार २ बजेबाट तेल वितरण सुरु भएको छ, बुधबारबाट सहजै पाइन्छ।'
भारतबाट सहज रुपमा पेट्रोलियम पदार्थ नआएपछि उपभोक्ताले ग्यालिनमा समेत तेल भरेर स्टक गरेपछि लाइन लामो देखिएको स्रोतले बताएको छ। निगमका अनुसार डिपोमा भएको तेलले अझै केही दिन धान्छ।
अध्यक्ष प्रधानले मंगलबार मात्रै काठमाडौंमा ८ सय केएल पेट्रोलको माग भएको बताए। तर, निगमले ३ सय केएल मात्रै वितरण गरेको छ। मंगलबार र बुधबार बाँडेको तेलले बजार सहज हुने उनको अनुमान छ।
निगमका प्रवक्ता बरालले स्कर्टिङ गरेर तेल भित्र्याइएको बताए। 'कुनै हालतमा पनि तेल अभाव हुँदैन,' निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिकसँग भने, 'आजै (मंगलबार) पनि रक्सौलबाट तेलका ट्यांकर छुटेका छन्।'
भारतले तेल आयातमा कुनै अवरोध नगरेको निगमले जनाएको छ। मंगलबार २३ वटा ट्यांकर नेपालतर्फ लागेको निगमले जनाएको छ। निगमले संवेदनशील भएर सहज आपूर्ति गराउने प्रयास गराइरहेको खड्काले जानकारी दिए। 'उपत्यकामा तेल अभाव छैन,' उनले भने, 'अभाव हुन्छ भन्ने हल्लाका आधारमा पम्पमा लाइन लागेको हो।' उनले हल्लामा लागेर अनावश्यक मौज्दात राख्ने नराम्रो परिपाटी समाजमा बढेको बताए।
झन्डै एक सातालाई धान्ने पेट्रोलियम मौज्दात रहेको निगमले जनाएको छ। 'अहिले १ हजार ८० किलोलिटर पेट्रोल र ४ हजार किलोलिटर डिजेल मौज्दात छ,' उनले भने, 'पेट्रोल ५–६ दिन र डिजेल १०–१२ दिनसम्म पुग्छ। उनले मौज्दात छ भने निगम चुप नलागेको बरु आपूर्ति व्यवस्थालाई सहज गर्न लागिपरेको पनि बताए।
'मागअनुुसार आपूर्ति पनि त हुनुपर्योर,' उनले भने, 'आपूर्ति धान्न पेट्रोलियम पदार्थ भिœयाउनै पर्योस नि।' उनका अनुसार मंगलबार बेलुका ५ बजेपछि २३ वटा ट्यांकर रक्सौलबाट नेपालतर्फ आइसकेका छन्।
त्यसैगरी, बरौनीतर्फ ८ वटा ट्यांकर र ९५ वटा ग्यास बुलेट भारतीय भूीममै अड्किएर बसेको उनले बताए। सवारी साधनको लामो लाइन भएकाले बीच बाटोमै अड्किएर बसेको स्रोतको दाबी छ। तर, ती ट्यांकर भने भारतले सहज रुपमा नछोड्ने स्रोतको दाबी छ।