बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
२० जेष्ठ २०७९
•
२ मिनेट पाठ
बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७९/८०को बजेट जनअपेक्षा अनुसार आएको बताउँदै प्रभावकारी कार्यान्वनयमा सरकारवालाले जोड दिएका छन्। नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थमन्त्रालयको सहकार्यमा आयोजित बृहत् अन्तरक्रियाका सहभागीले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताएका छन्। ‘बजेट निर्माण पूर्व हरेक सरोकारवाला पक्षहरूसँग छलफल तथा अन्तरक्रिया गरी सरोकारवालाहरूकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसहरूका आधारमा बजेट निर्माण गरिएको हो’– उनले भने। 

बजेटको सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गरे। शर्माले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षहरूलाई समेत आग्रह गरे।

कार्यक्रममा नेपाल आर्थिक संघका अध्यक्ष प्रा डा विश्वम्भर प्याकुर्‍यालले बजेट समग्रतामा सकारात्मक भए तापनि राजस्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने, मुद्रास्फीति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताए। ‘ऋण ३६ प्रतिशतबाट बढेर ४४.५ प्रतिशतसम्म पुगेको छ,’ उनले भने– ‘तर विश्व बैंकका प्रतिवेदनहरू अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छु।’

अर्थविद डा पोषराज पाण्डेले बजेटले पोलिसी डिरेक्सन र आशा मात्रै जगाउने खालको देखिएको भए तापनि सकारात्मक सोच र सफा नियतका साथ आएको बताए।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भइ सकारात्मक सोचका साथ बजेट आएको बताए।

तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको र कतिपय कर छुटका व्यवस्थाहरूले निर्यात प्रबद्र्धन भन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शंका उत्पन्न गराएको गोल्यानले बताए।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगत ४–५ वर्षका बजेटहरूको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताए। ‘बजेट राजनैतिक–आर्थिक दस्तावेज पनि भएकोले केही महत्वकांक्षी छ’– उनले भने।

अर्थ मन्त्रालयका सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले सबै क्षेत्रको अपेक्षा र आवश्यकताहरू समेट्दै सबैलाई अपनत्व महसुस हुने गरी बजेट आएको दाबी गरे।
अर्को समाचार
प्रतिनिधिसभा शून्य समय : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
२२ वैशाख २०८२
•
२ मिनेट पाठ
प्रतिनिधिसभा शून्य समय : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड
सांसद शक्ति बस्नेतले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। आज बसेको प्रतिनिधि सभाको शून्य समयमा उनले नीति तथा कार्यक्रम र आगामी वर्षका लागि विनियोजित हुने बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन्।

यसैगरी, अन्य सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए। सांसद सुदन किरातीले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आवश्यक बजेट व्यवस्था गरी जनतालाई ऋणमुक्त गर्ने व्यवस्थाका लागि अपिल गरे।

यसैगरी, सांसद सुनिता बरालले सरकारी कार्यालयमा भएका प्रयोगविहीन सवारीसाधनलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएन्। 'पुराना सवारीसाधनले वातावरणमा समेत असर गरेको छ। विद्युतीय सवारीसाधनमा समेत परिवर्तन गर्न सकिन्छ,' उनले भनिन्।

सांसद सुरेन्द्रराज आचार्यले वर्षायाम सुरु भइसकेको उल्लेख गर्दै कपिलवस्तुस्थित वाणगङ्गा नदीमा आउने बाढीका कारण बस्ती जोखिममा रहेकाले राज्यले सजकता अपनाउनुपर्नेमा जोड दिए।

सांसद सुशीला श्रेष्ठले नेपालको पूर्वी पहाड पर्यटकीय विकासका लागि सुरक्षित बन्दोबस्त गरिनु आग्रह गरिन्। सुहाङ नेम्वाङले राकेँ–रबी–भेरेटार सडकखण्डको कालेपत्र सुस्तगतिमा अगाडि बढेको भन्दै समयमा नै सम्पन्न गर्न र फिदिम रङ्गशालालाई पूर्णता दिनुपर्नेमा जोड दिए।

सांसद सूर्यकुमारी श्रेष्ठले पेट्रोल खानी उत्खनन दैलेखमा भइरहेको भन्दै सडक दुई लेनका सडकखण्ड विस्तारका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन्। सांसद सूर्यप्रसाद ढकालले राप्ती सोनारी गाउँपालिकाअन्तर्गतको बाँकी रहेको क्षेत्रमा हुलाकी राजमार्गको काम समयमा नै सम्पन्न गर्न आग्रह गरे।

सांसद सूर्यमान तामाङ दोङले अरनिको राजमार्ग सडक खण्डको विस्तार समयमा नै सम्पन्न गर्नका लागि अनुरोध गरे। सञ्जयकुमार गौतमले बर्दियाको सदरमुकाम नै बाढीको जोखिममा रहेको भन्दै बबई भेरी नदी नियन्त्रणका लागि आवश्यक पहल गर्न आग्रह गरे।

सांसद हितराज पाण्डेले नेपालमा विद्युत् विकासको सम्भावना भएको र खानीको उत्खननले मुलुकको विकास हुने भन्दै तामाखानी उत्पादनका लागि जनशक्ति उत्पादनमा पहल गर्न आग्रह गरे। सांसद हेमराज राईले रेशम चौधरीमाथि गैरकानुनी रूपमा पक्राउ गर्नुले कानुनी राज्यको गिल्ली उठाएको भन्दै संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन अनुरोध गरे।

सांसद हृदयराम थानी कर्णाली प्रदेश विकासमा पछि परेको भन्दै कर्णालीलाई उपेक्षा नगर्न आग्रह गरे। 'बजेट जति आफ्नै निर्वाचन क्षेत्रमा खन्याउँदा कर्णालीलाई अन्याय भएको छ,' उनले भने।

शून्य समयमा बोल्दै सांसदहरू बीना जैसवाल र हर्कमाया विश्वकर्माले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस