काठमाडौं–नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई नेपाल आयल निगमले मंगलबार मध्याह्नबाट हवाई इन्धन उपलब्ध गराउन नसक्ने घोषणा गरेपछि केहीले उडान रद्द गरेका छन् भने केहीले उडान गाभेका छन्।नेपालमा नयाँ संविधान जारी भएका विषयमा भारतले अघोषित नाकाबन्दी लगाएका कारण पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ । यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा देखिएको हो। आयल निगमले आन्तरिक वायुसेवा कम्पनीका जहाजलाई दसैंसम्म इन्धन दिन सकिने तर अन्तर्राष्ट्रिय वायुसेवालाई इन्धन दिनै नसक्ने जनाएको हो । आ–आफ्ना देशबाट काठमाडौं आएका वायुसेवाका जहाजले यहाँ इन्धन भर्न नपाउने भएपछि बाध्य भएर 'ट्रान्जिट' विमानस्थलमा 'प्राविधिक अवतरण' गरी इन्धन भर्न थालिएको सम्बद्ध वायुसेवाले जनाएका छन्।
'ट्रान्जिट विमानस्थलमा ओर्लेर इन्धन भर्ने व्यवस्था तत्काल गर्न नसक्ने भएका कारण हामीले झन्डै दुई साताका लागि सबै उडान रद्द गरेका छौं,' चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्न एयरलाइन्सका डेपुटी सेल्स म्यानेजर धीरज श्रेष्ठले मंगलबार नागरिकसँग भने, 'काठमाडौंमा इन्धन भर्न नपाएपछि उडान गर्न सम्भव भएन त्यही भएर रद्द ग¥यौं ।'
उनका अनुसार मंगलबार (असोज १२ गते) बाट असोज २३ सम्मका सबै उडान रद्द गरिएका छन् । चाइना साउदर्नले हाल सातामा तीन उडान गरिरहेको छ। दुई साताका लागि आठ उडान रद्द गरिएका हुन् । असोज २० बाट काठमाडौंका लागि दैनिक एक उडान तथा असोज ३० बाट दैनिक दुई उडान गर्ने योजना थियो ।
'तर, काठमाडौंमा इन्धन भर्न नपाउने भएपछि उडान थप्ने योजना केही पर सारेका छौं,' उनले भने, 'काठमाडौंमा इन्धन भर्न नपाउने भएपछि तालिकामा रहेका उडान त रद्द गर्नुपरेका बेला उडान संख्या थप्नु अहिलेलाई व्यावहारिक छैन।'
चाइना साउदर्नले चीनको ग्वाङझाउबाट काठमाडौं दुईतर्फी उडान गरिरहेको छ । यसको एकतर्फी उडान चार घन्टा दुरीको हुन्छ । यसले १ सय १५ सिट क्षमतायुक्त 'ए३१९' सिरिजको जहाज प्रयोग गरिरहेको छ। चाइना साउदर्नका आठ उडानबाट जान तयार औसत ५ सयदेखि साढे ६ सय यात्रुलाई अन्य वायुसेवाबाट जाने व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिए । असोज २३ पछि भने बंगलादेशको ढाकालाई ट्रान्जिट विमानस्थल बनाएर इन्धन भर्ने योजना रहेको उनले बताए ।
'दसैंका बेला भएर उताबाट आउने यात्रु चाप उच्च भएका कारण काठमाडौंमा इन्धन भर्न नपाएर पनि बाध्य भएर उडान गरिरहेका हौं,' खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट काठमाडौं उडान गरिरहेको एयर अरेबियाको नेपालस्थित राष्ट्रिय बिक्री प्रबन्धक संगीता रौनियारले भनिन्, 'सामान्य बेला थियो भने हामी उडान गर्ने थिएनौं ।'
एयर अरेबियाले काठाडौं आएर फर्कंदा भारतको लखनऊमा प्राविधिक अवतरण गरी इन्धन भर्न थालेको रौनियारले जानकारी दिइन् । 'यो असाध्यै महँगो पर्न जान्छ । लखनऊमा अवतरण, उडान, नेभिगेसनल शुल्कलगायत सबै तिर्नुपरेपछि हामी बाध्य भएर घाटाको व्यापार गरिरहेका छौं,' उनले नागरिकसँग भनिन् । रौनियारका अनुसार एयर अरेबियाले काठमाडौंका लागि प्रत्येक आइतबार र बुधबार दैनिक चार÷चार उडान गरिरहेको छ । त्यस्तै अन्य पाँच दिन दैनिक तीन÷तीन उडान गरिरहेको छ । उसले सानो आकार (न्यारो बडी) जहाज 'ए३२०' प्रयोग गरिरहेको छ ।
कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजले उडान कटौती गरेको छ । न्यारो बडी जहाजबाट काठमाडौंका लागि दैनिक तीन उडान गरिरहेको कतारले अब एक कटौती गरेको छ । आयल निगमले हवाई इन्धन उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि कतारले उडान कटौती गरेको हो । न्यारो बडी जहाजबाट गरिरहेको तीन उडानलाई दुईमा झारेर ठूलो आकार (वाइड बडी) बाट यात्रु लगिने कम्पनीले जनाएको छ ।
'वाइड बडीबाट उडान गर्दा दोहादेखि काठमाडौं दुईतर्फी पुग्ने इन्धन उतैबाट लिएर आउँछौं,' कतारका एक अधिकारीले भने, 'यसो गर्नुको विकल्प छैन, नत्र काठमाडौंबाट उड्नासाथ अर्को देशको विमानस्थलमा ओर्लिएर तेल भर्दा लागत उच्च हुने गर्छ ।' युएईकै इतिहाद एयरवेजले पनि काठमाडौंका लागि न्यारो बडीबाट गरिरहेको दैनिक दुई उडानलाई कटौती गरी एकमात्र गर्न थालेको छ । यसका लागि उसले वाइड बडी जहाजबाट दैनिक एक उडान गर्न थालेको हो । यसो गर्दा वाइड बडीबाट दुईतर्फी इन्धन उतैबाट ल्याउन मिल्छ र यहाँ पुनः इन्धन भर्नु पर्दैन ।
युएईको दुबईबाट आइरहेको फ्लाइ दुबईले पनि यहाँबाट उडेपछि भारतको लखनऊमा ओर्लिएर इन्धन भर्ने भएको छ । मलेसियाबाट आइरहेका मलेसिया एयरलाइन्स, एयर एसिया एक्स र मालिन्दो एयरले भने काठमाडौंबाट उडेपछि ढाका ओर्लिर इन्धन भर्ने जनाएका छन् । त्यसैगरी टर्कीको टर्किस एयरलाइन्सले भारतको नयाँदिल्ली, दक्षिण कोरियाको कोरियन एयरले ढाका वा थाइल्यान्डको बैंकक र ओमानको ओमान एयरले लखनऊमा पुनः इन्धन भरेर आफ्ना गन्तव्य जाने जानकारी दिएका छन् ।
थाइल्यान्डको थाई एयर तथा भारतका एयर इन्डिया, जेट एयरवेज, इन्डिगो एयरलाइन्स, स्पाइसजेट एवं बंगलादेशको बिमान बंगलादेश एयरलाइन्सले काठमाडौं नजिकको गन्तव्य भएका कारण उतैबाट दुईतर्फी इन्धन लिएर आउने गर्छन् । त्यस्तै हङकङको ड्रागन एयर भने ढाकालाई ट्रान्जिट बनाएर काठमाडौं आइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक करिब ६० वटासम्म उडान–अवतरण गरिरहेका छन् । यसअघि दैनिक ८५ उडान–अवतरण हुने गरेको थियो ।
विमानस्थल व्यवस्थापनका अनुसार २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अधिकांशले सानो आकार (न्यारो बडी) जहाज ल्याउने गरेका छन् । यस्ता जहाजमा १ सय ५० देखि बढीमा २ सय सिट क्षमता हुन्छन् । अधिकांशले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित 'ए३२०' र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित 'बि७३७' सिरिजका न्यारो बडी जहाज काठमाडौं ल्याइरहेका छन् ।
सम्बद्ध कम्पनीका अनुसार न्यारो बडी जहाजलाई चारदेखि साढे चार घन्टा दुरीबाट काठमाडौं आउदा एकतर्फी १५ देखि १६ टन इन्धन आवश्यक पर्छ । त्यसपछि यहाँबाट फर्कंदा त्यति नै परिमाणमा इन्धन चाहिन्छ ।
उनका अनुसार बढीमा साढे चार घन्टा दुरीका गन्तव्यबाट आउने जहाजले दुईतर्फी उडानलाई पुग्ने इन्धन ल्याउन सक्दैनन् । दुईतर्फी पुग्ने इन्धन भरेर ल्याए यात्रु वा कार्गो कम बोक्नुपर्ने वाध्यता हुन्छ । यसले गर्दा अधिकांश जहाजले एकतर्फी उडानका लागि पुग्नेमात्र लिएर आउँछन् र फर्कंदा त्रिभुवन विमानस्थलमा आयल निगमले भरिदिने गरेको छ ।