काठमाडौं–प्रजातन्त्र प्राप्तिपछिका २७ वर्षका सरकारहरुका कमजोरी तथा दुरदृष्टिको अभावमा नेपाल पूर्णरुपमा दक्षिणतिरमात्र निर्भर अर्थतन्त्र बन्दै गएको छ । गत एक सातादेखि भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि बल्ल नेपालीमा आफ्नो गल्तीको महसुस हुन थालेको भन्सार अधिकारी बताउँंछन्।विगतका प्रत्येक सरकारले दक्षिणका नाका जोड्ने बाटोघाटो बनाउने र बनेकालाई बेलाबेलामा मर्मतसम्भार गर्ने प्रयास नगर्दा नै हाल नेपाल पूर्णरुपमा नाकाबन्दीमा परेको उनीहरुको विश्लेषण रहेको छ । भारततिर नेपालको आठ प्रमुख नाका छन् भने चीनतिर पनि उत्तिकै संख्यामा प्रमुख नाका छन् । तर, तातोपानी र रसुवागढी बाहेक अन्य नाकाको प्रयोग अत्यन्त कम छ । तातोपानी र रसुवागढीबाहेक अन्य उत्तरतिरका भन्सारसम्म बाटोघाटो अभावका कारण उत्तरी नाकाबाट न कुने विशेष आयात निर्यात हुन्छ न त यिनको राजस्वमा कुनै योगदान छ । तातोपानी र रसुवागढी पनि वैशाखको विनाशकारी भूकम्पपछि बाटोमा पहिरो गएको कारण हाल चलनचल्तीमा छैनन् ।
पछिल्लो एक साताको भारतीय नाकाबन्दीले उत्तरी भन्सार नाकाको रणनीतिक महत्वलाई झन् बढाएको छ । विकास साझेदारलाई नेपालको हालको संकटबारे जानकारी दिँदै अर्थमन्त्री रामशरण महतले सोमबार भारतको नाकाबन्दीले बजारमा उपभोग्य सामग्रीको अभाव भएको मात्र नभई अर्थतन्त्रलाई नै गम्भीर धक्का लागको बताए । भन्सार राजस्व अन्य सामान्य अवस्थाको भन्दा धेरै कम भएर ५ प्रतिशतमा झरेको पनि उनले जानकारी दिए । हालको नाकाबन्दी बढ्दै गए अत्यावश्यक सामग्रीको अभावमा मानवीय संकटसम्म पर्न सक्ने पनि उनले बताए ।
भन्सार विभागका महानिर्देशिक शिशिर ढुंगानाका अनुसार चालु आर्थिक वर्षको कुल राजस्वको लक्ष्य ४ सय ७५ अर्ब रुपैयाँमा भन्सार लक्ष्य भने २ सय ५ अर्ब ८६ करोड रहेको छ । तर, उनका अनुसार पछिल्लो करिब दुई महिनादेखिको तराई मधेस आन्दोलन र एक साताको भारतको नाकाबन्दीले भन्सार लक्ष्य पु¥याउन गाह्रो हुने देखिएको छ ।
उत्तरी सीमाका प्रचलनमा रहेका दुवै भन्सार तातोपानी र रसुवागढी भूकम्पपछि अझै चालु नभएको र दक्षिणका भन्सार पनि ठप्प रहेकोले पनि भन्सार लक्ष्य पु¥याउन गाह्रो हुने उनको अनुमान छ । भन्सार अधिकारीका अनुसार सरकारले तातोपानी भन्सार पुग्ने बाटो खोलाउन त्यत्ति ध्यान दिएको छैन । त्यस्तै, उनीहरुका अनुसार मुस्ताङको मेचुङ नाका र हुम्लाको यारी नाकासम्म पुग्ने बाटा छन् । तर सरकारले ती नाकालाई पनि ध्यान दिएर स्तरवृद्धि गर्न आवश्यक छ ।