डेढ महिनामा १७ लाख सवारीसाधनमा कसरी जडान होला इम्बोस्ड नम्बर प्लेट?
२३ जेष्ठ २०७९
•
३ मिनेट पाठ
डेढ महिनामा १७ लाख सवारीसाधनमा कसरी जडान होला इम्बोस्ड नम्बर प्लेट?
यातायात व्यवस्था विभागले आगामी डेढ महिनाभित्र बाग्मती प्रदेशका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको छ। बाग्मती प्रदेशमा गत कात्तिक मसान्तभित्र दर्ता भएका सवारीसाधनको संख्या मात्रै १७ लाख बढी छ।

विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जिम्मेवारी दुई वटा कार्यालयलाई मात्रै तोकेको छ। यातायात कार्यालयले सवारीचालक अनुमतिपत्र र नवीकरणको काम पनि तोकिएको समयमै गर्न गर्न सकेको छैन। त्यस्तै इम्बोस्ड नम्बर प्लेट पनि तोकिएको समयभित्रै गर्न सक्ने सम्भावना देखिँदैन।

त्यति मात्रै होइन्, इम्बोस्ड नम्बर प्लेटको नम्बर सिफारिस गर्ने कार्यालय पनि दुई वटा मात्रै तोकिएको हुँदा समस्या आउने निश्चित छ। विभागले यसका लागि विभागले यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारालाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न परिपत्र गरेको छ।

यी दुवै यातायात कार्यालयको संरचना हेर्दा डेढ महिनामा १७ लाखभन्दा धेरै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य संभव देखिँदैन। यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुनाका प्रमुख मदन पोखरेलले आफ्नो कार्यालयले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने नभएर नम्बर मात्रै सिफारिस गर्ने बताए। ‘हाम्रो कार्यालयले इम्बोस्ड नम्बर मात्रै सिफारिस गर्ने हो। इम्बोस्ड नम्बर प्लेट निर्माण र जडानको कार्य भने ठेकेदार कम्पनी मार्फत हुने गर्छ।’

प्रमुख पोखरेलले कार्यालयमा नम्बर सिफारिस गर्नका लागि मात्रै एक जना कर्मचारी खटाइएको बताए। ‘विभागले कुनै काम गर भनेर भन्यो भने हामीलाई त्यो काम गर्न प्रदेश सरकारले जनशक्तिदेखि अन्य पूर्वाधार व्यवस्था गरिदिए मात्र हामी काम गर्न सक्छौं’, उनले भने–‘त्यस्तो प्रबन्ध गरेन भने हामीले जति भ्याउँछौं सो क्रमशः गर्दै जानेछौं।’ कार्यालयका अनुसार अहिलेसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्न आउनेको खासै भीड छैन। सम्भवतः अब विभागको सूचनासँगै सेवाग्राहीको संख्या वृद्धि हुन सक्नेछ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले इम्बोस्ड नम्बर प्लेट अत्यधिक उत्पादन भएर राख्ने ठाउँ समेत नभएकाले जडानमा कुनै समस्या नहुने दाबी गरे। ‘सवारीधनीले जडान नगरिदिने हो भने नेपाल सरकारले ल्याएको पोलिसी नै फेल होला भन्ने डर भइसक्यो’, उनले भने–‘अहिले सबै पूर्वाधार तयार भइसकेको र प्राविधिक पनि तयारी अवस्थामा रहेकाले जडानमा समस्या नहोला भन्ने नै छ।’

विभागका महानिर्देशक नमराज घिमिरेले यातायात व्यवस्था कार्यालयहरूसँग छलफल गरेर सवारीसाधनको लट अनुसारको समय निर्धारणका लागि अनुरोध गर्ने बताए। ‘हामी यातायात कार्यालयहरूसँग एक पटक छलफल गरेर लटअनुसार काम सुरु गर्न अनुरोध गर्ने तयारीमा छौं’, उनले भने–‘लट निर्धारण गरेपछि पनि इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई कानुनअनुसार कारबाही गरिनेछ।’

विभागले कार्यालयसँग समन्वय गरेर कार्यतालिका समेत प्रकाशन गर्ने तयारी गरिरहेको बताए। विभागले इम्बोस्ड नम्बर प्लेट तोकिएको समयमै जडान नगरेको खण्डमा अनुगमन कसरी हुने र कारबाही कस्तो गर्ने भन्ने प्रावधान ऐनमा स्पष्ट छैन।
अर्को समाचार
इम्बोस्ड नम्बर प्लेटमा पनि अर्बौं भ्रष्टाचारको आशंका
०७ चैत्र २०८०
•
४ मिनेट पाठ
इम्बोस्ड नम्बर प्लेटमा पनि अर्बौं भ्रष्टाचारको आशंका
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इम्बोस्ड नम्बर प्लेट जडान ठेक्कामा अर्बाैं रूपैयाँ घोटाला भएको आशंकामा भुक्तानी विवरण मागेको छ।

चार अर्ब ७८ करोड ७७ लाख रूपैयाँको ठेक्कामा आधाभन्दा बढी अनियमितता भएको आशंका छ। आर्थिक अनियमितताको आशंका गर्दै परेको उजुरीमा अख्तियारले गत फागुन १ गते यातायात व्यवस्था विभागलाई पत्राचार गरी ठेक्का रकम भुक्तानी विवरण मागेको हो।

सरकारले २०७३ जेठ १७ मा ६० महिना (२०७८ जेठ १८ सम्म) भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न ‘डेकाटुर टाइगर आइटी’ कम्पनीसँग चार अर्ब ७८ करोड ७७ लाख रूपैयाँ (चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर) मा बुट मोडलमा सम्झौता गरेको थियो।

विभागले सम्झौताअनुसार सबै रकम भने भुक्तानी गरिसकेको छैन। विभागका महानिर्देशक उद्धव रिजालले आर्थिक गडबडी भएको आशंकामा बाँकी रकम भुक्तानी गर्न मानेका छैनन्।

‘यातायात व्यवस्था विभागबाट आह्वान भएको इम्बोस्ड नम्बर प्लेट खरिदसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा निश्चित कम्पनीलाई लाभ पुर्‍याउने गरी लागत अनुमान तथा स्पेसिफिकेसन तयार पारेको भन्ने बेहोराको उजुरी सम्बन्धमा अनुसन्धान प्रयोजनार्थ इम्बोस्ड नम्बर प्लेट आपूर्ति कार्यबापत डेकाटुर टाइगर आइटी नामक कम्पनीलाई सुरुदेखि हालसम्म भुक्तानी गरिएको रकमको विवरण भुक्तानी सम्बद्ध कागजात, सम्बद्ध गोश्वरा भौचरलगायतका सम्पूर्ण कागाजातको प्रमाणित प्रतिलिपि यथाशीघ्र आयोगको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध छ’, अख्तियारले विभागलाई पठाएको पत्रमा लेखिएको छ।

स्रोतका अनुसार इम्बोस्ड नम्बर प्लेट जडानका लागि फ्रान्सेली कम्पनी एसइएलपी एसएएस, बंगलादेशी दुईवटा कम्पनी– कम्प्युटर सर्भिस लिमिटेड र डेकाटुर टाइगर आइटी तथा पिङाओ–जेकेजी कन्सोटियमले टेन्डर हालेका थिए। जसमध्ये डेकाटुर–टाइगर आइटीले ठेक्का पाएको थियो। सोही कम्पनीलाई उपयुक्त हुनेगरी लागत अनुमान तथा स्पेसिफिकेसन तयार पारिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार विभागले अख्तियारको मागअनुसारका कागजपत्र उपलब्ध गराइसेकेको छ। विभागका महानिर्देशक रिजालले नवनियुक्त उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई यसको भुक्तानी आफूले गर्न नसक्ने जानकारी गराइसकेका छन्।

‘विभागका महानिर्देशक उद्धव रिजालले इम्बोस्ड नम्बर प्लेट जडानको रकम भुक्तानी गर्न नसक्ने जानकारी दिएका छन्’, मन्त्रालय स्रोतले भन्यो। डेकाटुरले ५ भदौ २०७४ सालदेखि इम्बोस्ड नम्बर प्लेट प्रिन्ट गरी जडान गर्न थालेको थियो। विभागले २५ लाख थान नम्बर प्लेट उत्पादन गर्ने सम्झौता भएको थियो।

उक्त कम्पनीले विभागलाई रकम भुक्तानीका लागि ताकेता गरेको छ। ठेकेदार कम्पनीले हालसम्म ४ लाख १२ हजार इम्बोस्ड नम्बर उत्पादन गरेकोमा ७८ हजार जडान भएका छन्। अनुगमनका लागि १० वटा आरएफआइडी गेट निर्माण हुनुपर्नेमा अहिलेसम्म तीन वटा पनि बनेका छैनन्।

यसको अर्थ यो नम्बर प्लेट जडान नै असफल भैसकेको निष्कर्ष निकालिएको छ। यसका १०० थान आरएफआइडी डिभाइस विभागले प्राप्त गरेको छ।

इम्बोस्ड नम्बर प्लेट जडान ठेक्का दिँदा सरकारले आफू कमजोर हुनेगरी सम्झौता गरेकाले राज्यकोषमा अतिरिक्त भार पर्ने र जरिवानासमेत बेहोर्नुपर्ने अवस्था आउने स्रोतको दाबी छ ।

बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनी डेकाटुर टाइगर आइटीसँग गरिएको सम्झौतामा ‘सरकारका कारण बाधा भई तोकिएको समयावधिमा काम पूरा नभए ठेक्काको ९५ प्रतिशत रकम ठेकेदार कम्पनीले पाउने’ प्रावधान राखिएको छ।

विभागका महानिर्देशक रिजालले अख्तियारले भुक्तानीको विवरण माग गरेको सम्बन्धमा आफूलाई जानकारी नभएको बताए। ‘अख्तियारले के गरेको छ भन्ने मलाई जानकारी छैन, भुक्तानी विवरण माग गरेको पनि जानकारी छैन, अरू नै कुनै विषयमा हो कि, आज म बाहिर भएँ, कार्यालयमा पुगेपछि बुझ्नेछु’, रिजालले नागरिकसँग भने।  

सवारीसाधनलाई व्यवस्थित गर्न अत्याधुनिक प्रविधि प्रयोग गरिएको नम्बर प्लेट नै इम्बोस्ड नम्बर प्लेट हो भन्दै सर्वसाधारणलाई अनावश्यक भार थप्ने काम भएको अख्तियारको बुझाइ छ। यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली भएकाले अनुगमन गर्न सहयोग पुग्ने भए पनि जिपिएस बेस्ड मोडलमा जडान गरिए मात्र यसले आधुनिक प्रविधिसँग मेल खाने सूचना प्रविधिका जानकारको दाबी छ।

अीख्तयारले पनि यो प्रविधिबारे सूचना प्रविधि विज्ञसँग परामर्श गरिरहेको स्रोतले जनाएको छ। विभागका तत्कालीन महानिर्देशक मधुसुदन बुर्लाकोटीले जिपिएस बेस्डको इम्बोस्ट नम्बर प्लेट जडान गर्न जोड गरेका थिए।

तर उनलाई हटाएर चन्द्रमान श्रेष्ठलाई महानिर्देशक बनाई आरएफआइडी मोडलमा जडान गर्ने निर्णय गराई कार्यान्वयनमा ल्याइएको थियो। ठेक्का सम्झौताको थपिएको म्याद गत मंसिरमा सकिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस