टिआइएमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम?
२४ जेष्ठ २०७९
•
४ मिनेट पाठ
टिआइएमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) देशको पुरानो ऐतिहासिक विमानस्थल हो। टिआइए सञ्चालनमा आएको करिब ७० वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ। निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ।




मुलुकभित्र तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्। करिब २८ वर्षदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बहस पनि जारी छ। तर देशको राजधानीमा रहेको पुरानो ऐतिहासिक टिआइए पूर्ण क्षमतामा सञ्चालन हुँदा पनि हवाई यात्रुको चाप धान्न हम्मेसी छ। भूधरातलीय स्वरुप, मनसुनी प्रभाव तथा एयरलाइन्सको स्लट व्वस्थापन प्रभावकारी नहुँदा टिआइएमा बारम्बार हवाई ट्राफिक जाम हुने गरेको पाइएको छ।

अन्तर्राष्ट्रिय उडान डेढ घण्टासम्म आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने गरेका छन्। अन्तर्राष्ट्रिय मात्र हैन आन्तरिक उडानमा पनि बेलाबेलामा होल्ड तथा जहाज अन्यन्त्र मोडिनु ‘डाइभर्ड’ हुने गरेका छन्। त्यसो त टिआइएमा बारम्बार दोहोरिने यो समस्या समाधानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, टिआइए नागरिक उड्डयन कार्यालय तथा सञ्चालित एयरलाइन्सले पहल नगरेका भने हैनन्। तर, टिआइएको समस्या जहाँ को तहीँ छ। सरोकारवाला विज्ञ विमानस्थल साँघुरो भएकाले विस्तार गर्ने योजना कार्यक्रम अघि बढाइरहेका छन्।

कूल ९२ लाख यात्रु क्षमताको टिआइएको क्षमता अभिवृद्धि र एयर ट्राफिक कन्ट्रोल र स्लट व्यवस्थापनमा जुटिरहेकै देखिन्छ। तथापि, टिआइएमा जहाज होल्ड हुने र उडान समयावधि तलमाथि हुने समस्या निदान हुन सकेको छैन। अहिले हवाई ट्राफिक जामले जहाज होल्ड हुनाका साथै डाइभर्ड गर्नुपर्ने विमानस्थलको बाध्यता छ। यसमा विशेषगरी हवाई यात्रुले त्रसित र जोखिमपूर्ण हवाई यात्रा गर्नुपर्ने बाध्यता बढेको छ।

किन टिआइएमा बारम्बार हवाई ट्राफिक जाम हुनेबारे प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम विशेषगरी मौसम र स्लट व्यवस्थापन प्रभावकारी हुन नसक्दा एयर ट्राफिक जाम हुने गरेको अनुभव सुनाउछन्। 'कहिलेकाहीँ डेढ घण्टासम्म हामी आफैँ पनि एयर ट्राफिक जाममा परेको अनुभव छ, मौसमी कारण हो भिजिबिलिटी कमजोर हुँदा जहाज अवतरण उडानमा समस्या हुने गर्दछ।'  

मनसुनको समयमा टिआइएमा बढी जहाज होल्ड हुने गरेका छन्। विदेशी एयरलाइन्स पनि सहज समयमा मात्रै उडान भर्न चाहने अर्थात् दिउँसोको समय उनीहरुको रोजाइ पर्ने भएकाले पनि स्लट व्यवस्थापनमा चुनौती देखिएको पूर्वमहानिर्देशक गौतमको भनाइ छ। आन्तरिक उडानमा पनि एयरलाइन्स प्रायः एकै समयमा स्लट लिने भएकाले उडान चाप हुने बताइन्छ। प्राधिकरणले टिआइए २४ घण्टा र आन्तरिक उडान १८ घण्टा अर्थात् आन्तरिक उडान पनि बिहान ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

टिआइएको हालको दुवैतर्फको टर्मिनल भवन साँघुरो रहेको र कतिपय प्राविधिक उपकरण व्यवस्थापन हुन नसक्दा पनि हवाई उडान व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको छ। वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्मा पनि मौसम खराबीका साथै स्लट व्यवस्थापन राम्रो नभएकाले हवाई ट्राफिक जाम बढेको बताउँछन्। उनले भने, 'विमानस्थलको स्लट क्यापासिटी कम छ, जहाज थपिइरहेका छन् तर विमानस्थल विस्तार भएको छैन, एक मात्रै धावनमार्गमा सबै जहाज एक समय उडान भर्न चाहन्छन् यसले पनि चाप बढेको देखिन्छ।' मौसमी कारण पनि उडान तालिकाअनुरुप जहाज नउड्दा हवाई चाप बढाएको छ।

त्यस्तै आइएफआर भिजिबिलिटीको मापदण्डअनुरुप एयरलाइन्सले उडान गर्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको छ। क्षणभरमै मौसम परिवर्तन हुने भौगोलिक अवस्थितिले पनि जहाज होल्ड हुनुपर्ने बाध्यता थपिएको छ। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि समय समयमा होल्ड हुने गरेका छन्। उनको अनुभवमा पछिल्लो साता पोखरा, भैरहवालगायत गन्तव्यबाट काठमाडौँ आउने जहाज ४५ मिनेटदेखि १ घण्टा ट्राफिक जाममा परेका थिए। आन्तरिक जहाज पनि आइएफआर उडानमा गएपछि स्वाभाविक रुपमा जाममा पर्ने गर्छन्।

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमको भनाइमा एक जहाज होल्ड हुनासाथ त्यसले आउँदै गरेका सबैजसो जहाज होल्ड हुन्छन्। जसले उडानको तयारीमा रहेका जहाजलाई पनि असर गर्छ। सोही कारण उडान ‘डिले’ हुने गरेको छ। एकमात्रै धावनमार्गमा प्यारालल ट्याक्सी वे पूर्ण नभएको तथा जहाजको सङ्ख्या बढिरहेकाले पनि हवाई ट्राफिक जाम हुने गरेको एयरलाइन्सहरुको बुझाइ छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा टिआइएमा दोस्रो टर्मिलन भवन बनाउने योजना समेटेको छ। विमानस्थलको क्षमता विस्तारका लागि विभिन्न आयोजना पनि सञ्चालन भइरहेका छन्। भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा हालको टिआइएको चाप व्यवस्थापन हुने भनिए पनि वार्षिक हवाई यात्रुवृद्धि दर हेर्दा हालको पूर्वाधारले नधान्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताउँछन्। कूल ९२ लाख यात्रु क्षमताको टिआइएको ‘अकुपेन्सी फुल’ भइसकेको छ।  

नेपालको हवाई यात्रु सङ्ख्या हरेक वर्ष १० लाखका दरले बढिरहेको छ। ‘एयर ट्राफिक ग्रोथ’ वार्षिक १० प्रतिशतको छ। एसिया प्रशान्त क्षेत्र तथा छिमेकी मुलुक भारत र चीनको हवाई यात्रु सङ्ख्या पनि १० प्रतिशत हाराहारीको वृद्धि छ।

अबका २० वर्षमा संसारको हवाई यात्रु सङ्ख्या हालको चार अर्बबाट दोब्बर वृद्धि भई आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ। 'नेपालले वार्षिक तीन करोड हवाई यात्रु धान्नुपर्ने बाध्यात्मक अवस्था छ, अर्को विमानस्थल बनाउन सकेनौँ भने अब हाम्रो आकास बन्द हुने अवस्थामा छ,' महानिर्देशक अधिकारीले भने।  

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० एयरलाइन्स तथा अन्तराष्ट्रिय उडानमा दुई नेपालीसहित २४ वटा एयरलाइन्सले उडान भर्दै आएका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस