चितवन- उपभोक्तालाई कुखुराको स्वस्थ र स्वच्छ मासु उपलब्ध गराउन नवलपरासीको गैंडाकोटमा १५ करोड रुपैयाँको लगानीमा आधुनिक शैलीको मासु उत्पादन उद्योग सञ्चालनमा आएको छ। तीन वर्षअघि उत्पादन सुरु गरेको नेपाल मिट प्रोसेसिङ इन्डस्ट्रिज प्रालि कुखुराको छनौटदेखि मासु उत्पादन र प्याकिङ तथा वितरणसम्म स्वस्थ र स्वच्छता कायम गर्न कटिबद्ध रहेको उद्योगका सञ्चालकको भनाइ छ।
'भेटेरिनरी डाक्टरले स्वस्थ भनेर प्रमाणीत गरेको कुखुरा मात्रै हामी प्रयोग गर्दछौं। स्वचालित मेसिनबाट कुखुरा काट्नेदेखि मासु तयार पार्ने काम हुन्छ। माइनस ४० डिग्री सेन्ट्रिग्रेटमा चिस्याएपछि बल्ल बाहिर पठाइन्छ,' उद्योगका प्रबन्ध निर्देशक दिर्घमान श्रेष्ठले भने।
तयारी मासु माइनस ४० डिग्री सेन्टिग्रेडमा सात घण्टा राखेपछि झिकेर चिसो कोठामा भण्डार गरिन्छ। यस्तो मासु एक वर्षसम्म पनि नबिग्रने श्रेष्ठको भनाइ छ। 'मासु उत्पादन गर्दा कुनै पनि प्रकारको संक्रमण नहोस भन्नका लागि स्वस्थ कुखुरा छनौट गर्नुका साथै मासु उत्पादनका बेलामा प्रयोग हुने पानीसमेत टि्रटमेन्ट गरेर शुद्ध बनाइएको हुन्छ,' श्रेष्ठले भने।
एक घण्टामा एक हजार २० वटा अर्थात लगभग एक टन कुखुराको मासु उत्पादन गर्न सक्ने क्षमता भएको सो उद्योग अहिले पूर्ण क्षमतामा सञ्चालन हुन भने सकेको छैन। महिनामा ४२ टनसम्म मासु उत्पादन गरेर बजारमा लैजान सकेको श्रेष्ठले जानकारी दिए। सुरुमा महिनामा सात आठ टन मासु उत्पादन र बिक्री गर्दै आएको उद्योग एक वर्षअघि नयाँ व्यवस्थापनले सम्हालेको छ।
गत वर्षको पुसबाट नयाँ व्यवस्थापनमा सञ्चालन भएको सो उद्योगमा ३५ जनाको साझेदारी रहेको श्रेष्ठले बताए। उद्योगले माग बमोजिम होल चिकेन, ब्रेस्ट बोनलेस, खुट्टाको मासु, कटिङ पिस, ड्रम स्टिक जस्ता विभिन्न १६ प्रकारका मासु उत्सादन गर्दै आएको छ। आम उपभोक्ताले भन्दा पनि तारे होटलहरुमा आफ्ना उत्पादनहरु खपत हुने गरेको श्रेष्ठले जानकारी दिए।
चिसोमा जमाएको मासुभन्दा सामान्य उपभोक्ताले ताजा मासु राम्रो मान्ने गर्छन्। त्यसैले आम उपभोक्ता नभएर होटलहरुमा आफ्नो उत्पादनको माग बढी हुने गरेको श्रेष्ठको भनाइ छ। 'मासु पकाएपछि मात्रै पनि हानिकारिक किटाणु जिवाणु नष्ट हुन्छन् भन्ने आम धारणा छ। तर सबै खालका हानिकारक किटाणु नष्ट गर्न उपयुक्त तापमानमा चिस्याउनु पनि पर्छ। यो कुरा सबैलाई थाहा छैन,' श्रेष्ठले भने।
उद्योगले किसानलाई दाना चल्ला उपलब्ध गराएर कुखुरा पाल्नसमेत प्रेरित गरेको छ। उद्योगमा ४२ जानले रोजगार पाएका छन्। जसमध्ये २२ जना स्थानीय महिला छन्। 'मासु उत्पादनका विषयमा उनीहरुलाई काठमाडौं लगेर हामीले नै तालिम दिएर काममा लगाएका हौं,' उद्योगका प्रबन्ध निर्देशक दिर्घमान श्रेष्ठले भने।