बजेटको विरोधमा प्रदर्शन, अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको आरोप
२६ जेष्ठ २०७९
•
६ मिनेट पाठ
बजेटको विरोधमा प्रदर्शन, अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको आरोप
बजेटमा गरिएको करवृद्धिको विरोधमा मोरङको बुढीगंगामा प्रदर्शन गर्दै उद्योगी र मजदुरहरू। तस्बिरः चुमन बस्नेत/नागरिक
सरकारको बजेटमार्फत  एउटा उद्योगलाई फाइदा हुनेगरी कर नीति परिवर्तन गरेको विरोधमा मोरङका उद्योगीले प्रदर्शन गरेका छन्। बिहीबार मोरङको बुढीगंगामा उद्योगी व्यवसायी र मजदुरहरूले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हुन्।  




विरोध प्रदर्शनसहितको र्‍यालीपछि आयोजित कोणसभामा उद्योगीहरूले अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरी एउटा उद्योगलाई लाभ हुने र सयौं उद्योगलाई नोक्सान हुनेगरी बजेटमा कर नीति परिवर्तन गरेको आरोप लगाए। हुलास वायरका महाप्रबन्धक मुकेश कोठारीले विगतमा आफ्ना उत्पादनहरू विदेश निकासी गर्दै आएको हुलास वायर सरकारकै गलत नीतिका कारण स्वदेशी बजारमा सीमित हुन पुगेको बताए।

आन्तरिक बजारमा सीमित भएको हुलास वायरका उत्पादनहरू अहिलेको सरकारको नीतिले आन्तरिक बजारमा समेत प्रतिश्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाई छ। कोठारीले भने, ‘पहिले विदेश निर्यात गर्थ्याैं। अहिले आन्तरिक बजारमा सीमित छौं। आगामी आर्थिक वर्षका लागि सरकारले बजेटमा ल्याएको नीतिले अब, उद्याेग नै बन्द हुने अवस्थामा पुगेको छ।’

नेपालको अस्थिर नीति उद्योगहरूका लागि घातक भएको उनले बताए। त्यति मात्रै हैन यो वर्ष अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरी जगदम्बा स्टिल्सलाई मात्रै पोस्नेगरी ल्याइएको नीतिले नेपालका सबैजसो जिआई उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। उनले सरकारले बजेटमा गरेको नीतिगत परिवर्तन तत्काल नसच्याए उद्योगमा हाल भएको कच्चा पदार्थ हुन्जेल उद्योग सञ्चालन हुने त्यसपछि बन्द हुने उनले बताए। एउटा उद्योगको एकाधिकार कायम गर्नेगरी अर्थमन्त्री जनार्दन शर्माले बजेटमा नीतिगत परिवर्तन गरेको उनको आरोप छ। ‘जगदम्बा स्टिल्सलाई नेपाली बजारमा एकाधिकार कायम गराउन अर्थमन्त्रीले बजेटमा नीतिगत भ्रष्टाचार गरे,’ महाप्रबनधक कोठारीले भने।  

प्रिमियर वायरका सञ्चालक सौरभ सारडाले एउटा उद्योगको फाइदाका लागि सरकारले अन्य सबै जिआई उद्योग बन्द गर्ने नीति बजेटमा ल्याएको आरोप लगाए। उनले सरकारले एउटा उद्योगलाई पोसेर अरु सबै जिआई उद्योग बन्द गर्ने नीति लिएका करण आफूहरू विरोधमा उत्रन बाध्य भएको बताए। बजेटमा सीमित उद्योगहरूलाई फाइदा पुर्‍याउने गरी लिइएको नीतिगत व्यवस्थाले देशभरका तीन क्षेत्रका साना ठूला २ सय भन्दा बढी उद्योगहरू मारमा परेको उद्योगीहरूले बताएका छन्।

विशेष गरी जिआई वायर, सेनेटरी प्याड र वनस्पति घ्यूका अधिकतर उद्योगहरू सरकारको नीतिका कारण बन्द हुने अवस्थामा पुगेकाले सडक आन्दोलनमै उत्रन बाध्य भएको उद्योगीहरूले बताए। मोरङका उद्योगीले एक महिनाभित्र देशका तीन थरीका २ सयभन्दा बढी उद्योग बन्द हुने भएकाले मजदुर र कर्मचारीलाई बेलैमा अर्को रोजगारी खोज्न सुझावसमेत  दिएका छन्। मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले एक महिनाभित्रै देशका स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमाआधारित गरी तीन प्रकारका उद्योग बन्द हुने बताए। ‘एक महिनाभित्रै देशभरिका सानाठूला गरी करिब २ सय उद्योग बन्द हुनेछन्,’ उनले भने, ‘उद्योगहरू बन्द हुँदा त्यहाँ कार्यरत कर्मचारी–मजदुर गरी ६ हजारको बढीको रोजगारी गुम्दैछ।’ अर्थमन्त्रीले  राजस्व संरचनामा सुधार नगरे उद्योग बन्द गर्नुको विकल्प नभएको उनले स्पष्ट पारे।  

हुलास वायरका सञ्चालक युक्ति गोल्छाले विगतमा आफ्नो उद्योगले एक वर्षमै २८ हजार टनसम्म जिआई वायरको निकासी गरेर सिआईपी पाएको स्मरण गरिन्। उद्योगी गोल्छाले अर्थमन्त्रीले निर्धारण गरेको राजस्व संरचनाबाट जिआई वायरको उत्पादनगर्दा ३१ प्रतिशतको महँगो राजस्व लाग्ने तर भारतबाट त्यही जिआई वायर ६ प्रतिशतभन्सार महसुल र प्रतिकिलो १० रुपैयाँ अन्तःशुल्क तिरेर सस्तोमा पैठारी गर्न सकिने बताइन्। सरकारको नयाँ नीतिले जगदम्बा स्टिल्सबाहेक अन्य उद्योग सञ्चालनमा आउनै नसक्ने उद्योगीहरूको दाबी छ। उनीहरूले एउटा मात्रै उद्योगलाई फाइदा पुग्ने अरु सबै उद्योग बन्द हुनेगरी सरकारले नीतिगत व्यवस्था गर्नु दुर्भाग्यपूर्ण भएको बताए। उद्योगीहरूले एउटा मात्रै उद्योगलाई हेरेर नीतिगत व्यवस्था नगर्न र सबै उद्योगको अभिभावक बनेर नीतिगत व्यवस्था गर्न सरकारलाई आग्रह गरे।  

गत २२ मे २०२२ बाट भारत सरकारले फलामजन्य सामग्रीको बढ्नो मूल्य नियन्त्रण गर्न भन्दै कच्चा पदार्थ निर्यातमा १५ प्रतिशत अन्तशुल्क लगाएको छ। भारतले अन्तशुल्क लगाएपछि नेपाली एमएस् वायर रोडबाट तयारी बस्तु उत्पादन गर्ने उद्योगहरू मारमा परेका छन्। उद्योगीहरूले भारतसरकारले निर्यातमा लगाएको १५ प्रतिशत अन्तशुल्क हटाउन कुटनीतिक पहल गरिदिन सरकारलाई आग्रह गर्दै आएका थिए। यसैबीचमा नेपाल सरकारले आर्थिक वर्ष ०७९/८०को बजेटमा एम एस् वायर रोडको भन्सार महशुल ५ प्रतिशतबाट वृद्धि गरी १० प्रतिशत पुर्‍याएको छ। यस्तै प्रतिटन २ हजार ५ सय लाग्दै आएको अन्तशुल्क वृद्धि गरी ४ हजार ५ सय पुर्‍याएको छ।

भारत सरकारले अन्तशुल्क लगाएपछि मारमा परेका उद्योगहरूलाई नेपाल सरकारले थप कर लगाएर बन्द गर्ने अवस्थामै पुर्‍याएको उद्योगीको गुनासो छ। कच्चा पदार्थ आयातमा भारत सरकारले लिने र नेपाल सरकारले वृद्धि गरेको करसमेत गर्दा  कच्चा पदार्थ  आयातमा ३१ प्रतिशत कर  पुग्ने उद्योगीहरू बताउँछन्। अर्को तर्फ तयारी जीआई वायर आयात गर्दा ३० प्रतिशत भन्सार महशुल तोकिएको भए पनि साफ्टाको छुटका कारण तयारी बस्तु आयात गर्दा ६ प्रतिशत मात्रै कर लाग्ने देखिएको उद्योगीहरूको भनाई छ। परिवर्तीत भन्सार महशुल तथा अन्तशुल्क कार्यान्वयनमा आउँदा स्वदेशी उद्योगको उत्पादन भन्दा तयारी बस्तु आयात गर्दा प्रति मेट्रिकटन १५ हजार ४३ रुपैयाँले सस्तो पर्ने छ।  

यता जगदम्बाले आयात गर्ने कच्चा पदार्थ स्पोन्स आइरनमा भने भारत सरकारले अन्तशुल्क नलगाएको, नेपाल सरकारले पनि १ प्रतिशत मात्रै भन्सार शुल्क लिँदा उसले आयात गर्ने कच्चा पदार्थ सस्तो हुने र लागत कम भई मुनाफा बढी हुने उद्योगीहरू बताउँछन्। जगदम्बाले सरकारबाट विद्युतमा पनि छुट पाउने भएकाले एउटा उद्योगले सरकारबाट कर, विद्युतलगायतका सबै छुट पाउँदा अन्य उद्योगहरू प्रतिश्पर्धा गर्न नसकी बन्द हुने उद्योगीहरूको भनाई छ। यति मात्रै हैन एउटा उद्योगले मात्रै उत्पादन गर्दा उत्पादित बस्तुको गुणस्तर राम्रो हुने अवस्था पनि नरहने उनिहरूको भनाइ छ।  

यस्तै बनस्पति घीउ तेल उद्योगको कच्चा पदार्थमा १० प्रतिशत भन्सार महशुल र प्रशोधित पाम तेलको आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएकोमा आर्थिक वर्ष ०७९/८०को बजेटमा प्रशोधित पाम तेलमा ५ प्रतिशत छुट दिइएका कारण नेपालका बनस्पति घीउ उद्योगहरू प्रतिश्पर्धा गर्न नसकी बन्द हुने अवस्थामा पुग्ने उद्योगीहरू बताउँछन्। यस्तै सेनेटरी प्याड पनि स्वदेशमा उत्पादन गर्नुभन्दा विदेशबाट तयारी बस्तु आयात गर्दा नै सस्तो पर्ने उनिहरूबो भनाई छ। सेनेटरी प्याडको कच्चापदार्थ आयात गर्दा ३० प्रतिशत भन्सार महशुल, ५ प्रतिशत अन्तशुल्क र सेनेटरी प्याडमा प्रयोग हुने ग्लु,स्माप पाउडरलगायतका कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुल लाग्ने गरेको छ। तर, सरकारले  बजेटमा तयारी सेनेटरी प्याडको आयातमा १५ प्रतिशत भन्सार लाग्दै आएकोमा ९० प्रतिशतले घटाएर १.५ प्रतिशत कायम गरेका कारण  नयाँ नीति कार्यान्वयनसँगै नेपाली सेनेटरी प्याड उद्योगहरू बन्दहुने उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए।    

उद्योगीको माग सम्बोधन गर्ने आश्वासन  

बजेटमा सरकारले लिएको कर नीतिको विरोधमा उद्योगीहरू सडक आन्दोलनमै उत्रिन थालेपछि सरकारले एक दुई दिन भित्रै उद्योगीले उठाएका विषयको सम्बोधन गर्नै आश्वासन दिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले केन्द्रबाट उद्योगी व्यवसायीले उठाएका मागका विषयमा एक/दुई दिनभित्रै सम्बोधन गर्ने जानकारी दिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए।

रिजालले भने, ‘केन्द्रबाट उद्योगीहरूले उठाएका माग एक/दुई दिनभित्रै सम्बोधन गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत आश्वासन पाएका छौं।’ रिजालले सरकारले आफूहरूले उठाएका मागको सम्बोधन गर्ने भने पनि व्यवहारमा कार्यान्वयन नगरेसम्म विभिन्न किसिमका दबाबमूलक आन्दोलनका कार्यक्रम जारी राख्ने बताए।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
२३ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस