झापा— बिदाको दिन पनि तेल दिने वचन दिएर नेपाली ट्यांकर बोलाएको भारतीय आयल कर्पोरेशनले पूर्वी नाकामा वचन अनुसार तेल दिएको छ । आइतबार मात्रै काँकडभिट्टा नाका हुँदै १७ वटा इन्धनका ट्यांकर नेपाल भित्रेका छन्।'अब रोकावट नगरी तेल दिने वचन आएको छ', मेची पेट्रोलियम डिलर्स एशोशिएसनका अध्यक्ष लय भण्डारीले भने ' त्यसैले अब आशावादी छौं । हामीले खाली ट्यांकर अब लगातार पठाउनेछौं ।'
मेची भन्सार कार्यालयका अनुसार आइतबार विभिनन सामान बोकेका १ दसय १० वटा साधन काँकडभिट्टा भित्रेका छन्।
१४ वटा पेट्रोलका ट्यांकर र ३ वटा खाना पकाउने ग्याँसका बुलेट पनि नेपाल भित्रेका हुन्। अघिल्लो दिनसम्म आएका ट्यांकरहरु राजधानी पठाइए पनि आइतबार आएका सबै इन्धन मेची अञ्चलमै वितरण गरिनेछ । स्थानीय नेपाली प्रशासनका अनुसार आइतबार पनि पूर्वी नाकामा आवतजावत सहजै भएको छ। यसरी सहज रुपमा आवागमन हुन थालेको तीन दिन भएको छ ।