काठमाडौं-बास्केटमा रहेका जलविद्युत आयोजना निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट विकास गर्न दिन सरकारले कडा प्रावधानसहित अनुमतिपत्र वितरण सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ ।
ऊर्जा मन्त्रालयले विद्युत आयोाजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका जारी गर्दै प्रतिस्पर्धालाई पहिलेभन्दा थप कडा बनाएको हो । मन्त्रालयले शुक्रबार जारी गरेको 'विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका, २०७२' मा निजी क्षेत्रले बास्केटका आयोजना लिँदा क्षमताअनुसार अध्ययन अनुमतिपत्रको ५ वर्षको सम्पूर्ण दस्तुर र सरकारले अध्ययन गर्दा लागेको खर्च तिरेर लिनुपर्ने उल्लेख छ ।
निर्देशिकाको दफा १३ को उपदफा ३ को (ख) अनुसार ५ वर्षको अध्ययन अनुमतिपत्रको दस्तुर र सरकार वा सरकारी निकायले अध्ययन गर्दा लागेको सबै खर्च नघट्ने गरी हुन आउने कुल रकमलाई न्यूनतम कबोल अंक मानी सबैभन्दा बढी कबोल गर्ने प्रवद्र्धकलाई आयोजना दिइनेछ ।
आयोजना विकास गर्न इच्छुक व्यक्ति वा कम्पनीले उक्त रकममात्र बुझाएर मात्र पुग्दैन । विद्युत ऐन, २०४९, विद्युत नियमावली, २०५० र निर्देशकाको दस्तुर सहितको प्रक्रिया पूरा गरेपछि मात्र बास्केटका आयोजनाको अध्ययन अनुमतिपत्र लिन सक्नेछन् ।
'बास्केटका आयोजना प्रतिस्पर्धाबाट निर्माण गर्ने ढोका खुलेको छ,' मन्त्रालयको नीति महाशाखा प्रमुख तथा प्रवक्ता सञ्जय शर्माले भने, 'अहिलेसम्म कुन आयोजना कसरी निर्माण गर्ने भनेर प्राथमिकता दिइएको छैन, निर्देशिकाले त्यसलाई पनि जोड दिएको छ ।'
बास्केटका वा अन्य आयोजनाको उत्पादन अनुमतिपत्र दिँदा प्रस्ट प्रावधान नभएकोले नयाँ निर्देशिका जारी गरेको उनले बताए । पुरानो कार्यविधिमा पनि बास्केटका आयोजना सरकार आफैंले वा इच्छुक व्यक्ति वा कम्पनीलाई प्रतिस्पर्धाबाट दिन सकिने उल्लेख छ । जलस्रोत मन्त्रालय टुक्रिएर ऊर्जा र सिँचाइ भएपछि अनुमतिपत्र दिने प्रावधान योसहित पाँचौंपटक संशोधन गरिएको छ ।
ऊर्जा र सिँचाइ मन्त्रालय बनेपछि बाहालवाला ऊर्जामन्त्रीले आफू र पार्टीनिकट हुने गरी कार्यविधि संशोधन तथा परिमार्जन गर्दै आएका छन् । अहिलेको निर्देशिकाले गलत प्रावधानलाई निरुत्साहित गरेको शर्माको दाबी छ । माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला धेरैलाई भाग पु¥याउन तात्कालीन जलस्रोत मन्त्रालय टुक्र्याएको थियो ।
सरकारको आफ्नै खर्च वा विदेशी सहयोगमा अध्ययन भएका आयोजना, जुनसकै कारणले सर्वेक्षण र उत्पादन अनुमतिपत्रका दरखास्त तथा उत्पादन अनुमतिपत्र रद्द भएका आयोजना बास्केटमा राखिने प्रावधान छ । यस्ता आयोजना प्राथमिकताको आधारमा विद्युत विकास विभागले सूचना प्रकाशन गरेर प्रतिस्पर्धा गराइने निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार आर्थिक वा प्राविधिकरुपमा सक्षम प्रवद्र्धक छनोटको आवश्यक आधारलगायत विषय प्रतिस्पर्धाको लागि तयार गरिने प्रस्ताव (आरएफपी) मा उल्लेख भएअनुसार तय हुनेछ । बास्केटका आयोजना हिजो प्रतिस्पर्धाका आधारमा दिने भनिए पनि मन्त्री वा सचिवको चाहनाअनुरुप प्रतिस्पर्धा गराइन्थ्यो ।
गलत परम्परालाई यसले विस्थापित गर्ने शर्माको भनाइ छ । दफा १३ को उपदफा ४ अनुसार कुनै खास आयोजना वा निर्यातमूलक आयोजनाको छनोट तथा तिनको प्रतिस्पर्धा सरकारले आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछ ।
बास्केटमा आयोजना थुपारेर मात्र लक्ष्य पूरा नहुने भएकाले नयाँ निर्देशिका जारी गरेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । आयोजना निर्माणमा विदेशी र नेपाली संयुक्त कम्पनीको हकमा कसरी अनुमतिपत्र दिने भन्ने अहिलेको कार्यविधिमा उल्लेख नभएकाले यसमा समेत निर्देशिकाले बाटो खोलिदिएको शर्माको दाबी छ ।
अनुमतिपत्रको म्याद सकिएपछि नवीकरण गर्न आउने, दस्तुर बुझाउने र थप कागजपत्र बुझाउने लगायत आधा दर्जन समस्या भएकाले यसलाई खुकुलो बनाउनुपर्ने विभागका महानिर्देशक दिनेशकुमार घिमिरेले बताउँदै आएका थिए । सरकारको बास्केटमा अहिले १० हजार १ सय २५ मेगावाट बराबरका २ सय १० आयोजना छन् । १ हजार १ सय ११ मेगावाटको सुनकोसी–२, ५ सय ३६ मेगावाटको सुनकोसी–३ लगायत कर्णाली बेसिनका अधिकांश आयोजना बास्केटमै छन् ।
निर्देशिकाले विगतमा विभिन्न बहानामा उत्पादन अनुमतिपत्रको म्याद थप्न दबाब दिइरहने प्रवृत्तिलाई समेत निरुत्साहित गरेको छ । विद्युत खरिद सम्झौता (पिपिए) तथा वित्तीय व्यवस्थापन हुनुपर्ने समयसहित ससर्त उत्पादन अनुमतिपत्र दिइएकोमा तोकिएको समयभित्र उक्त काम पूरा नभए आवश्यकता एवं औचित्यको आधारमा पहिला तोकिएको अवधिसमेत गणना गर्दा जम्मा ३ वर्ष नबढ्ने गरी म्याद थपिने निर्देशिकामा उल्लेख छ ।
सुरुमा १ वर्षको म्याद दिइने र प्रगतिको आधारमा अर्को २ वर्षसम्म उत्पादन अनुमतिपत्रको म्याद थपिनेछ । उक्त अवधिभित्र पनि तोकिएका काम पूरा नभए अनुमतिपत्र स्वतः रद्द हुने पनि निर्देशिकामा व्यवस्था छ । यसअघि तोकिएको प्रगति नभए पनि विभिन्न बहानामा र सरकार वा ऊर्जामन्त्रीको दबाबमा म्याद थपिन्थ्यो ।
उत्पादन अनुमतिपत्र लिएर केही महिना वा वर्षपछि नै क्षमता बढाउन आवेदन दिने वा दबाब दिने परम्परा हटाएर निर्देशिकामै तोकेर निश्चित प्रावधानका आधारमा क्षमता बढाइनेछ । कुनै प्रवद्र्धकले ५ वर्षे अध्ययन अनुमतिको म्याद छँदै उत्पादन अनुमतिपत्र लिएर क्षमता वृद्धिको आवेदन दिँदा सर्वेक्षण अनुमतिको बाँकी समयको दस्तुर र उत्पादन अनुमतिपत्रको दस्तुर सोहीअनुसार तिर्नुपर्नेछ ।
'निर्माण अवधि छोट्याएर आयोजना समयमै पूरा गर्न प्रवद्र्धकलाई यसले नैतिक दबाब दिनेछ,' शर्माले भने, 'निर्देशिकामै व्यवस्था गरेपछि आयोजनाको फाइलैपिच्छे निर्णय गर्नुपर्ने झन्झट हुँदैन । आयोजना प्राथमिकीकरण गर्न अब विभागमा जिम्मेवारी थपिएको छ ।'
विभागले अनुमतिपत्र जारी गर्दा भविष्यमा निर्माण हुने जलाशय आयोजनामा असर नपर्ने गरी कारबाही गर्नुपर्नेछ । कोसी, कर्णाली, गण्डकी र महाकाली गुरुयोजनाअन्तर्गत पहिचान भएका आयोजनाको सम्बन्धमा गुरुयोजनाको उद्देश्यसँग प्रतिकूल प्रभाव नपर्ने गरी अनुमतिपत्र दिनुपर्ने निर्देशिकाको दफा १२ को उपदफा १ मा उल्लेख छ ।
मन्त्रालय टुक्र्याएपछि पहिलोपटक मन्त्री भएका प्रकाशशरण महतको कार्यकालमा रितपूर्वक परेको पहिलो निवेदन 'फस्ट कम फस्ट'का आधारमा अनुमति दिने व्यवस्था गरिएको थियो । उनीपछि मन्त्री बनेका गोकर्ण विष्टले यो क्षेत्रमा केही सुधारको प्रयास गरेका थिए ।
विष्टले पहिलो निवेदनको आधारमा नभई आयोजनाको अनुमतिपत्र प्रतिस्पर्धाबाट मात्र दिन सकिने कार्यविधि ल्याएका थिए । उक्त कार्यविधि कार्यान्वयन भएपछि खोलाको अनुमतिपत्र ओगट्ने व्यक्ति र निकाय निरुत्साहित भएका थिए । त्यतिबेला खोला ओगटेर बसेका करिब ३ हजार मेगावाट आयोजनाको अनुमतिपत्र खारेजसमेत गरिएको थियो ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री भएका पोष्टबहादुर बोगटीले विष्टले अनुमतिपत्र वितरणमा बसालेको पद्धतिलाई निरन्तरता दिएनन् र संशोधन गर्न दबाब दिए । उनकै कार्यकालमा दुईपटक कार्यविधि संशोधन भयो । पछिल्लो एक दसकयता ऊर्जा तथा जलविद्युत क्षेत्रको विकास गर्नेभन्दा मन्त्री हुने व्यक्ति र पार्टी निकट स्वार्थका कारण यसरी नै अनुमतिपत्र वितरणमा राजनीति हुँदै आएको छ ।