भौतिकमा २० लाखका १८ सय टुक्रे योजना, प्रदेशमा पठाउन माग
२९ जेष्ठ २०७९
•
३ मिनेट पाठ
भौतिकमा २० लाखका १८ सय टुक्रे योजना, प्रदेशमा पठाउन माग
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २० लाख रूपैयाँसम्मका करिब १ हजार ८ सय योजना प्रस्ताव गरेको छ। ती टुक्रे योजनाहरूलाई प्रदेश सरकार मातहतमा पठाउन भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत कर्मचारीहरूको आधिकारिक ट्रेड  युनियन तथा अन्य कर्मचारी संघ, संगठनहरूले माग गरेका छन्।




ती संघ, संगठनहरूले भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई ज्ञापन पत्र बुझाएरै यस्तो माग गरेका हुन्। भौतिक पूर्वाधार मन्त्रालयको योजना महाशाखाका स्रोतका अनुसार वैकल्पिक सहायक राजमार्गको नाममा ७ सय ९६ वटा योजना प्रस्ताव गरिएका छन्। ती योजनाको कुल बजेट ७ अर्ब, २७ करोड ६५ लाख ९० हजार प्रस्ताव गरिएको छ।

यसैगरी स्थानीय पुलको नाममा १ हजार १ सय ४२ वटा पुल निर्माणको प्रस्ताव गरिएको छ। यसमा कुल बजेट ७ अर्ब ४३ करोड, २० लाख रूपैयाँ छुट्याइएको छ। मन्त्रालय स्रोतका अनुसार यी २ योजनाहरू अधिकांश २० लाख रूपैयाँ बराबरका छन्।

‘प्रदेश तथा स्थानीय तहमा जानुपर्ने साना–साना योजना संघीय सांसदहरूको सिफारिसका कारण केन्द्रले राखेको छ’ भौतिक मन्त्रालयका एक उपसचिवले भने-‘मन्त्रीहरूमा पनि आफ्नो निर्वाचन क्षेत्रमा प्रभाव देखाउन प्रदेशमा पठाउनु पर्ने योजना केन्द्रमै राख्ने प्रवृत्ति देखिएको छ’ उनले भने–‘यो भनेको संविधानको भावना विपरीत हो।’

संघीय सरकारले राष्ट्रिय राजमार्गहरू मात्र हेर्ने व्यवस्था संविधानमा गरिएको छ। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरू योजना माग गर्न केन्द्रमै सिफारिस गर्ने गरेकाले उनीहरूलाई खुशी बनाउन केन्द्रमा सानासाना योजना राख्नु परेको भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरू बताउँछन्।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा संवैधानिक व्यवस्था बमोजिम प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न सक्ने सडक आयोजनाहरू सम्बन्धित तहमा हस्तान्तरण गर्ने व्यवस्था गरेका थिए। अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसद्मा प्रस्तुत गरेको बजेट वक्तब्व्यमा संवैधानिक व्यवस्था बमोजिम प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न सक्ने सडक आयोजनाहरू सम्बन्धित तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाएको घोषणा गरेका थिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवले २० लाख रूपैयाँ बराबरका योजना स्थानीय निकाय मार्फत कार्यान्वयन गरिने बताउँछन्। ‘अहिले साना खालका सडक आयोजना स्थानीय तहमार्फत कार्यान्वयन गर्ने तयारी भइरहेको छ,’ उनले भने–‘साना सडक विभागले भन्दा सम्बन्धित तहले कार्यान्वयन गर्दा धेरै प्रभावकारी होला।’ मन्त्रालयले तराइ मधेस सडक पूर्वाधार कार्यक्रम र सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका ८ सय ८३ वटा योजना भने प्रदेशमा पठाउने जनाएको छ। यी दुई कार्यक्रम अन्तर्गत २ खर्ब ९ अर्ब बजेट छुट्याइएको छ। तराई मधेस सडक पूर्वाधार कार्यक्रम तराई/मधेसका २० जिल्लामा तथा सडक पूर्वाधार विकास कार्यक्रम पहाडी जिल्लाको  लागि छुट्याइएको हो।

मन्त्रालयमा कार्यरत निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठनहरूले केन्द्रबाट कार्यान्वयन भइरहेका टुक्रे योजनाहरू संघीय सरकारको कार्यक्रमबाट हटाइ सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्न माग गरेका छन्।

‘आ.व. २०७९/०८० को लागि प्रस्तुत गरिएको बजेटमा स्थानीय स्तरका कार्यक्रमहरू हटाइ संविधानसम्मत कार्यक्रमहरू मात्र समावेश गर्नुपर्छ’–ज्ञापन पत्रमा भनिएको छ। टुक्रे योजनाहरूको विषयले निम्त्याउन सक्ने असरको अन्दाज नगरी अमुक व्यक्ति वा संस्थालाई हित हुने गरी बजेटमा कार्यक्रम राख्नु दुखद् विषय भएको ज्ञापन पत्रमा भनिएको छ।

यता प्रदेश सरकारले पूर्वाधार विकासमा वर्सेनि ५० अर्बभन्दा बढीका योजना कार्यान्वयन गरिरहेकोमा त्यसरी निर्माण भएका भौतिक संरचनाको संरक्षण गर्न प्रणाली स्थापित नभएको र पूर्वाधारका अनुभवी प्राविधिकहरू संघीय संरचनामा समायोजन गरिएको हुँदा प्रदेश मार्फत भइररहेका खर्बौंका योजना नष्ट हुने अवस्थामा रहेको कर्मचारीहरूको भनाइ छ।  
अर्को समाचार
स्कुल बसको गतिमा गृहमन्त्री लामिछानेको चासो, सीमित गर्न भौतिक मन्त्रालयलाई पत्र
१६ वैशाख २०८१
•
१ मिनेट पाठ
स्कुल बसको गतिमा गृहमन्त्री लामिछानेको चासो, सीमित गर्न भौतिक मन्त्रालयलाई पत्र
गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ।




गाडीको गति बढि हुँदा बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम पनि हुने भन्दै उपप्रधान एवं गृहमन्त्रीको चासोपछि गृहले आज भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गर्दै मातहतका निकायलाई आवश्यक निर्देशन दिन तथा समन्वय गरिदिन आग्रह गरेको हो।

पत्रमा भनिएको छ, ‘मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयहरुमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनहरुको दुर्घटना न्यूनीकरण गर्न सो सवारी साधनहरुको गति निर्धारण गर्न आवश्यक देखिएकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई उक्त जिम्मेवारी तोकिएको हुँदा उक्त सवारी साधनहरुको गति निर्धारण नगरिएको भए  प्रति घण्टा ४० किलोमिटरभन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन  तथा गति निर्धारण भएको भए निर्धारित भन्दा बढी गतिमा सवारी चलाउने सवारी साधनहरुलाई ऐ। ऐनको् दफा १६४ बमोजिम जरिवाना गर्ने कानूनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न, गराउन त्यहाँ मन्त्रालयबाट आवश्यक निर्देशन तथा समन्वय हुन आदेशानुसार अनुरोध छ।’

गृहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ तथा कार्यार्थका लागि पनि पत्राचार गरेको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस