गण्डकी प्रदेश: दोहोरो बजेट नदिँदा कांग्रेस असन्तुष्ट
०५ असार २०७९
•
३ मिनेट पाठ
गण्डकी प्रदेश: दोहोरो बजेट नदिँदा कांग्रेस असन्तुष्ट
गण्डकी प्रदेशको बजेटमा प्रतिसांसद पाँच करोड बराबरको योजना दिइएको छ। प्रतिपक्षी नेकपा एमालेका सांसदलाई कम बजेटका योजना दिइए पनि सत्तापक्षीय सांसदहरू सबैलाई प्रतिसांसद पाँच करोडको योजना दिइएको हो। यसलाई लिएर एमाले सांसदहरूले असन्तुष्टि व्यक्त गरेपनि विरोधको स्वरले ठूलो रूप लिएन। तर पाँच करोडको योजना पाएर पनि कांग्रेस सांसद असन्तुष्ट छन्।  




यसअघि सांसदले नै योजना छनोट गर्नेगरी सञ्चालन गरिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा राखिएको बजेट यसपटक कटौति गरिएपछि उनीहरू अर्थमन्त्री रामजीप्रसाद बरालमाथि खनिएका छन्। अर्थमन्त्री बराल पहिलेदेखि नै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विपक्षमा थिए। यो कार्यक्रम अलोकप्रिय मात्र नभई यो बजेट सदुपयोग पनि नभएको उनको बुझाइ थियो। कनिका छरेजसरी सांसदले बजेट बाँढ्ने खुद्रे योजनाले विकास गर्नु भनेको बालुवामा पानी हालेजस्तै हो भन्ने बुझाइमा रहेका उनले यसपटक जसरी पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कटौती गर्ने योजना बनाए। त्यही अनुरूप उनले नीति तथा कार्यक्रम र बजेट बनाए।

बजेट भाषण अघिसम्म निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले निरन्तरता पाउनेमा कांग्रेस सांसदहरू आशावादी थिए। तर जब बजेट आयो तब त्यो कार्यक्रम नदेखेपछि कांग्रेस सांसदहरू खिस्रिक्क भए। बजेट भाषण हुँदाहुँदै मुख्यमन्त्री र मन्त्रीहरू एकले अर्कोलाई हेर्दै असन्तुष्टि भाव झल्काए। स्रोतका अनुसार आवधिक निर्वाचन अघिको अन्तिम बजेट भएकाले यसपटक जनतालाई प्रभावित पार्न निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा कांग्रेस उभिएको थियो। यो कार्यक्रमलाई निरन्तरता नदिए सांसदहरू असन्तुष्ट हुने र त्यसको रिस सरकारमाथि पोखिने उनीहरूको बुझाइ थियो।  

मुख्यमन्त्री पोखरेल जसरी पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न चाहन्थे। तर अर्थमन्त्री बराल कुनै पनि हालतमा यो कार्यक्रम कटौती गर्न चाहन्थे। मुख्यमन्त्रीको नियत बुझेका उनले तत्काल छैन भनेमा राख्नका लागि दबाब बढाउने देखेपछि उनले कार्यक्रम छ भनेर जवाफ दिएको अर्थमन्त्री निकट स्रोतले बतायो। अर्थमन्त्रीले कार्यक्रम नहालेर मुख्यमन्त्रीलाई धोका दिएको कांग्रेसका मन्त्रीहरूको बुझाइ छ। ‘मन्त्रिपरिषद्ले नै निर्णय गरेको कुरा अर्थमन्त्रीले कसरी काट्नसक्नुहुन्छ?,’ पर्यटनमन्त्री शर्माले बताए।  

तर अर्थमन्त्री बराल भने आफूले मुख्यमन्त्री वा अरू कसैलाई पनि नढाँटेको जिकिर गर्छन्। मुख्यमन्त्रीले बजेटबारे सोधेपछि मैले ‘नीति तथा कार्यक्रममा समावेश सबै कार्यक्रमका लागि बजेट छ। कुनै पनि छुटेको छैन भनेको हुँ,’ उनले भने, ‘नीति तथा कार्यक्रममा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश थिएन। त्यसैले अहिले बजेटमा पनि परेन। त्यसैलाई आधार मानेर धोका दिएको भनेर बुझ्नु हुँदैन।’ बैठकमा मन्त्रीहरूले बजेटमा समावेश सबै योजना र बजेट प्रोजेक्टरमार्फत प्रस्तुत गर्नुपर्छ भनेजसरी प्रस्तुत भएपछि आफूले बजेट निर्माण गर्दा अपनाउनुपर्ने गोपनीयताको धर्म नछाडी टार्नका लागि मात्र स्वीकृति जनाएको उनको तर्क छ। उनले घुमाउरो बाटोबाट सांसदको माग पूरा भएपछि फेरि दोहोरो बजेट पार्न दबाब दिनु अनुचित हुने बताए।  

बजेटमा कांग्रेस सांसदहरूको चाहना अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नपरेपछि असन्तुष्ट बनेका मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीलाई स्पष्टीकरण सोधेका छन्। तर उनले अनौपचारिक रूपमा स्पष्टिकरण सोधेर आफ्ना सांसदहरूलाई थमथमाउन खोजेको देखिएको छ।

कांग्रेस मन्त्रीहरू भने बजेट आइसके पनि राजनीतिक सहमतिमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आउनेमा आशावादी छन्। ‘केही न केही निकास आउला। राजनीतिक, कानुनी गाँठो केही न केही गरी फुक्ला भन्नेमा आशावादी छौं,’ एक मन्त्रीले भने।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस