जनसङ्ख्याको आधारमा ठूला आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने क्षेत्राधिकार तोकिएका कारण विगत ५ वर्षदेखि ग्रामीण दूरदराजका नागरिक स्वच्छ पिउने पानीबाट बञ्चित भएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्
संघीय संसद्को विकास तथा प्रविधि समितिका सांसद र खानेपानी मन्त्रालय तथा मन्त्रालय मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी दुई दिने गोष्ठीमा प्रतिनिधिसभाका सांसदहरूले यस्तो गुनासो गरेका हुन्। खानेपानी मन्त्री उमाकान्त चौधरीले समेत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै समस्याको समाधानका लागि आफूले पहल गर्ने बताएका छन्।
‘संघीय सरकारले समपूरक, ससर्त र विशेष अनुदान शीर्षकमा प्रदेश र स्थानीय तहलाई बजेट दिँदै आएकोमा जनसंख्याको आधार देखाउँदै खानेपानी मन्त्रालयको योजनाहरू प्रदेश र स्थानीय तहलाई कार्यान्वयनको लागि भन्दै पुनः बजेट जाँदा खानेपानीका थुप्रै आयोजना अलपत्र परेका छन्,’ मन्त्री चौधरीले भने।
मन्त्री चौधरीले मधेशमा १५ हजार, पहाडमा ५ हजार र हिमाली जिल्लामा १ हजार जनसङ्ख्याभन्दा बढीलाई सेवा पुग्ने आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने प्रावधानका कारण विपन्न र दलित समुदायलक्षित आयोजनाहरू निर्माण हुन नसकेको स्वीकारे। ‘खानेपानी मन्त्रालयले जनसंख्याको मापदण्डमा नपरेका आयोजना कार्यान्वयनको लागि प्रादेश र स्थानीय तहलाई बजेट दिए पनि त्यसको कहाँ खर्च भयो र कति प्रगति भयो भन्ने विवरण पाँच वर्षसम्म कुनै पनि प्रदेश र स्थानीय तहले उपलब्ध गराएका छैनन्,’ मन्त्री चौधरीले भने।
विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले जनसङ्ख्याको मापदण्ड नपुगेको भन्दै मन्त्रालयले पुराना र अधुरा आयोजनाबाट हात झिक्दै जाने प्रवृत्तिले खानेपानीको सुविधा नागरिकले पाउन नसकेको, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कुनै एउटै आयोजनामा बजेट छुट्याएको र कतै तीनै तहको सरकारले योजनामा नपारेको गुनासो गरिन्। सांसद गणेश पहाडीले पहाडी जिल्लाको ५ हजारभन्दा बढी जनसंख्याले सुविधा पाउने खानेपानी आयोजना मात्र संघीय सरकारले निर्माण गर्ने हो भने सिन्धुली जिल्लामा एउटा पनि योजना पर्न नसक्ने तर्क गरे। उनले जनसंख्यालाई आधार मानेर योजना छनोट गर्ने प्रावधानको अन्त्य गर्न सुझाव दिए।
सांसद संजय गौतमले खुला दिशामुक्त जिल्ला र क्षेत्र घोषणा गर्ने कार्य अव्यवहारिक र कागजी प्रक्रिया पूरा गरेर मात्र भएको भन्दै कार्यान्वयन नहुने त्यस्ता कार्यक्रम कर्मचारीले डलर भत्ता पचाउने उद्देश्यले मात्र राख्ने गरेको आरोप लगाए।
सांसद यज्ञ सुनुवारले स्थलगत अध्ययन र समस्या पहिचान नगरी ल्याइएको खानेपानी आयोजनाले गर्दा स्वच्छ खानेपानीको सुविधा नागरिकले नपाउने भन्दै २० वर्षदेखि निर्माण शुरु भएको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार कार्य सन्तोषजनक भए पनि पानी वितरणको परीक्षण नगर्दा खानेपानीको समस्या जटिल भएको बताए। गोष्ठीका सहभागी सबैजसो सांसदहरूले जनसंख्यालाई आधार मानेर संघीय सरकारले खानेपानी आयोजनाबाट हात झिक्दै गएर खानेपानीको विस्तार गर्न नसक्ने बताए।