सेयर कारोबारमा आएको गिरावटका कारण साताको दुई दिनमा नै नेप्से परिसूचक ८६ बिन्दुले ओरालो लागेको छ। गत साताभरमा नेप्से परिसूचक करिब ७५ बिन्दुले घटेकामा यो साताको दुई दिनमा नै ८६ बिन्दुले ओरालो लागेको हो।
आइतबार ३७ र सोमबार ४९ बिन्दुले नेप्सेमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार ४९.३१ बिन्दुले गिरावट आएर नेप्से परिसूचक १८८४.८१ मा झरेको छ। सोमबारको गिरावट २.५५ प्रतिशत हो। सोमबारको कारोबार १९३४ बिन्दुबाट सुरु भएको थियो। दिनभर अधिकांश समय कारोबारमा गिरावट आएको थियो। दिनभरमा नेप्से अधिकतम १९३४ सम्म र न्यूनतम १८८० बिन्दुसम्म झरेको थियो। बजार बन्द हुँदा भने नेप्से १८८४ बिन्दुमा रोकिएको हो।
एक्सचेञ्जका अनुसार सोमबार नेप्से बाहेकका अन्य तीन प्रमुख सूचक सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा गिरावट आएको छ । सेन्सेटिभ ७ र फ्लोट एवं सेन्सेटिभ फ्लोट क्रमशः ३ र २ प्रतिशत भन्दा धेरै बिन्दुले घटेका छन्। सेयर बजारका अन्य १३ उपसूचकमध्ये सबै उपसूचकको कारोबारमा गिरावट आएको छ। यसमध्ये निर्जीवन बिमा उपसूचक २ सय ३४ बिन्दुले घटेको छ भने जीवन बिमा उपसूचकमा २३४ बिन्दुले गिरावट आएको छ। यस्तै विकास बैंक १३५ र लघुवित्त ११० बिन्दुले घटेका छन्।
जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन उपसमूह पनि ५० बिन्दु भन्दा बढीले घटेका छन्। कारोबारमा सबैभन्दा कम बिन्दुको गिरावट सामूहिक लगानी कोषमा आएको छ भने बैंकिङ उपसमूह २१ बिन्दुले घटेको छ। एक्सचेञ्जका अनुसार सोमबारको कारोबारमा ४ वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने १९१ कम्पनीका सेयर मूल्य घटेका छन्। यस्तै सेयर मूल्य घटबढ नभएका कुनै पनि कम्पनी छैनन्।
एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढ्ने कम्पनीमा आँधिखोला लघुवित्त परेको छ। यसको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै सिवाईसी लघुवित्तको सेयर ९.९८ प्रतिशतले बढेको छ।
यस्तै कारोबार भएका कम्पनीमध्ये प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घट्ने कम्पनीमा तेह्रथुप पावर परेको छ। यसको सेयर मूल्य १० प्रतिशतले घटेको हो। यस्तै कालिका र रिभर फल्स् कम्पनीको सेयर मूल्य क्रमशः ९.३७ र ९.२३ प्रतिशतले घटेको हो। यस्तै ८ प्रतिशत भन्दा धेरैले सेयर मूल्य घट्ने कम्पनी ८ वटै रहेका छन्। एक्सचेञ्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै कारोबार प्रभु बैंकको प्रमोटर सेयर भएको छ। यसको ११ करोड ८३ लाख २० हजार रूपैयाँको कारोबार भएको हो। यस्तै नेपाल दूरसञ्चार कम्पनीको पनि १० करोड ९२ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर प्रभु बैंकको प्रमोटर सेयरको भएको छ। यसका ८ लाख १६ हजार कित्ता सेयर बिक्री भएको हो।
एक्सचेञ्जका अनुसार सोमबार २३० कम्पनीका ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब ७५ करोड ६ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण २६ खर्ब ८७ अर्ब रूपैयाँमा झरेको छ।