बैतडीका सामुदायिक वनमा टिमुरका बिरुवा लगाउन थालिएको छ। स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न वन क्षेत्रमा टमुरका बिरुवा लगाउन थालिएको हो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र डावर नेपालको सहकार्यमा डिभिजन वन कार्यालय बैतडीले ९ हजार टिमुरका बिरुवा खरिद गरी दशरथचन्द नगरपालिका–९ को तालकुल्ला सामुदायिक वनमा लगाउन थालिएको डिभिजन वन अधिकृत भीमप्रसाद कंडेलले बताए।
स्थानीय समुदायको आयस्तर बढाउन गैरकाष्ठ वनपैदावार टिमुर, ओखर लप्सी, लगायतका बिरुवा लगाउन थालिएको हो। कृषि वन प्रर्वद्धन कार्यक्रम अन्तर्गत यो वर्ष बैतडीमा २२ हजारभन्दा बढी टिमुरका बिरुवा वितरण गर्ने लक्ष्य रहेको डिभिजन वन प्रमुख कंडेलले जानकारी दिए। गैरकाष्ठ वनपैदावारबाट समुदायले छोटो समयमै आम्दानी गर्ने भएकाले निजी वन, कवुलियती वन र खाली रहेको जग्गामा समेत जडीबुटी, फलपूmल लगायत आयमुलक बोटविरुवा लगाउन थालिएको डिभिजन वन प्रमुख कंडेलले बताए।
टिमुरका बिरुवा काभ्रे र सल्यानबाट खरिद गर्न थालिएको छ भने जिल्लाका तीन वटा नर्सरीमा ओखर, लप्सी, बाँस लगायतका बिरुवा उत्पादन गरिएको छ। नर्सरीमा उत्पादन भएका बिरुवा केही दिनमै लगाउन सुरु गरिने सहायक वन अधिकृत श्यामसुन्दर माझीले बताए।
वन क्षेत्रमा उत्पादन दिने बिरुवा लगाउन आवश्यक देखिएको छ। काम नलाग्ने रुखमात्रै हुर्काएर सामुदायिक वनबाट किसानले फाइदा लिन नसक्ने भएकाले वनमा उत्पादन गर्न सकिने जडीबुटी तथा फलफूलका बिरुवा लगाउन सुरु गरिएको डिभिजन वन कार्यालयले जनाएका छ। वनबाट उपभोक्ताले बढीभन्दा बढी लाभ लिन सकिने खालका बिरुवा लगाएर उपभोक्ताको आयस्तर बढाउने खालका कार्यक्रम निरन्तर जारी रहेको डिभिजन वन प्रमुख कंडेलले बताए।