भक्तपुर नगरपालिकाले नगरको गाईजात्रा मार्गलाई पर्यटक मार्गको रुपमा विकास गर्ने भएको छ। नगरको घनावस्तीको मुख्य मार्गकोरुपमा रहेको नगर घुम्ने मार्गलाई पर्यटक मार्गको रुपमा विकास गर्ने योजना बनाएको हो। बुधबारदेखि सुरु भएको बाह्राैं नगरसभाको उदघाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले उक्त मार्गमा समयसमयमा सन्धयाकालिन पदयात्रा कार्यक्रम आयोजना गर्ने पनि जनाए।
पुरानो सहरको मुल सडकको दायाँंवायाँं हरियाली प्रबद्र्धनको नीति लिएको पनि उनेल बताए। भक्तपुर नगरको सौदर्यता अभिबृद्धि गर्न यस्तो नीति लिएको उनको भनाई थियो। नगरसभामा आर्थिक वर्ष २०७९/८० को १४ पृष्ठ लामाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले त्यसका लागि घरधनी र पसल धनीहरुसँंग समन्वय गर्ने बताए।
नगरसभाको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका थिए। त्यस अवसरमा उनले नेपालका युवाहरुलाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गरे। साथै उनले एसियामा तेस्रो विश्वयुद्ध हुने सम्भावना प्रबल रहेको प्रक्षेपण पनि गरे।
प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताए। उनले नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको दावी पनि गरे।
कार्यक्रममा बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाई, अर्का प्रदेशसभा सदस्य सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुरका अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेल, भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतले नगरको विकासमा सवैजना एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।