काठमाडौं–सरकारले जलविद्युत आयोजना निर्माणको काम गरिरहेका आधा दर्जन कम्पनीलाई सहजीकरण गर्नुको सट्टा तिनका अनुमतिपत्र खारेज गरेर ऊर्जा संकट बढाउँदै लगेको छ।५ कम्पनीले निर्माण गरिरहेका जलविद्युत आयोजनामा काम भइरहे पनि सरकारले लक्षित प्रगति नभएको भन्दै अनुमतिपत्र खारेज गरेको हो । ती आयोजना खारेज हुँदा विकासकर्ताले अहिलेसम्म निर्माणमा खर्च गरेको करिब ५७ करोड रुपैयाँ गुमाएका छन् ।
ऊर्जा मन्त्रालयले तोकिएको समयमा काम नगरेकाले १८ मेगावाटको माथिल्लो सोलु, १४.३ मेगावाटको माथिल्लो मैलुङ, ९.९ मेगावाटको इङ्वाखोला, साढे ७ मेगावाटको माथिल्लो खोरुंगाखोला र ३.४ मेगावाटको मिदिमखोलाको अनुमतिपत्र खारेज गरेको छ ।
मन्त्रालयले गत वर्ष नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका आधारमा यी ५ सहित १४ आयोजनाको अनुमति खारेज गरेको थियो । तर, खारेज भएको १५ दिन नहुँदै बुटवल पावर कम्पनीले निर्माणकोे जिम्मा लिएको ३७.६ मेगावाटको काबेली 'ए' उल्ट्याइसकेको छ ।
अन्य आयोजनाका विषयमा मन्त्रालय र विद्युत विकास विभागले दुई पटकसम्म समिति गठन गरेर अध्ययन गरेको थिए । मन्त्रालयले गठन गरेका दुवै समितिले ५ आयोजनाको प्रगति सन्तोषजनक रहेको प्रतिवेदन समेत पेस गरेको थियो । तर, समितिको प्रतिवेदन र मन्त्रिपरिषदको निर्देशन अवज्ञा गर्दै ऊर्जा सचिवले अनुमतिपत्र खारेज गरेका हुन् ।
मन्त्रिपरिषदको गत वर्ष फागुन २२ गतको बैठकले अध्ययन अनुमितपत्र लिएका बाहेकको हकमा प्रत्येक आयोजनाको वास्तविक लगानी, भौतिक प्रगतिलगायतको प्रगति हेरी उचित निर्णय लिन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । उक्त बैठकले तत्तत् आयोजनाको काम हेरी विद्युत ऐन, २०४९ को दफा ३५ अनुसार मन्त्रालयलाई आवश्यक र उपयुक्त निर्णय लिन भनेको थियो ।
मन्त्रिपरिषदको निर्देशनपछि मन्त्रालयले विभागका उपमहानिर्देशक चिरञ्जीवी चटौतको संयोजकत्वमा कमिटी गठन गरी ५ आयोजनाको स्थलगत अध्ययन समेत गरेको थियो । यसअघि विभागकै अर्का उपमहानिर्देशक प्रवीण अर्यालको संयोजकको कमिटीले आयोजनाको प्रगतिका विषयमा अध्ययन गरेको थियो ।
अर्याल कमिटीले केही आयोजनाको प्रगति सन्तोषजनक रहेको प्रतिवेदन पेस गरेको थियो । चटौत संजोजकको कमिटीले आयोजनाको हालसम्मको वास्तविक लगानी यति नै हो भनी किटान गर्न नसकिएको तथापि आयोजनालाई यस अवस्थासम्म पु¥याउन लगानी गरेको गरेको भन्दै वैशाख २७ गते नै प्रतिवेदन दिएको थियो ।
चटौत संयोजकको कमिटीको अध्ययनअनुसार माथिल्लो सोलुले सुरु गरेको र अन्य ४ आयोजना निर्माण चरणमा छन् । तर, प्रवद्र्धकले भने सोलुको सुरुङसमेत खन्न सुरु गरिएको जानकारी दिएका छन् । अन्य आयोजनाका प्रवद्र्धकले जग्गा खरिद, पहुँचमार्ग निर्माणलगायत काम गरेका छन् ।
मुलुकमा ऊर्जाको यति ठूलो संकट हुँदा प्रतिकूल समयमा पनि आयोजना बनाइरहेका प्रवद्र्धकलाई सरकारले निराश बनाएको तेह्रथुम पावर कम्पनी (माथिल्लो खोरुंगा खोला) का कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए । '२६ करोड रुपैयाँ प्रतिमेगावाट लागत पुग्ने काबेलीको पटक–पटक म्याद थपिँदै आएको छ,' उनले नागरिकसँग भने, 'बिपिसी (बुटवल पावर कम्पनी) को न्यादी ३ पटकसम्म म्याद थपियो तर वास्तविक लगानीलाई निरुत्साहित गरिएको छ ।'
मन्त्रालयले कोबेलीलाई गत चैतमा खारेजीको निर्णय उल्ट्याउँदै ६ महिनाको म्याद थपेको थियो । तर, लक्षित प्रगति नगरे पनि विदेशी लगानी रहेको भन्दै असोज ७ गते ६ महिना म्याद थपेको छ । काबेलीको दुईपटक म्याद थप्ने तर अन्य प्रगति भएका आयोजनाको अनुमति ऊर्जा सचिवले नियतवश खारेज गरेको डाँगीले आरोप लगाए ।
'तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले मन्त्रिपरिषद लगेका ९ आयोजनामध्ये ५ आयोजनासँग मन्त्रालयलाई करार सम्झौता गर्न निर्देशन दिइएको थियो,' डाँगीले भने, 'मन्त्रिपरिषदको निर्णयसमेत अवज्ञा गर्दै सचिवले वित्तीय व्यवस्थापन गर्न एक वर्ष पनि म्याद थप्ने काम गर्नुभएन ।'
सचिव राजेन्द्रकिशोर क्षेत्रीले भने प्रवद्र्धकलाई पटक–पटक निर्णयमा चित्त नबुझे अदालत जान सुझाव दिएका छन् । अख्तियारको निर्देशनअनुसार नै अनुमतिपत्र खारेज भएकाले आफू निर्णयबाट पछि हट्न नसक्ने बताउँदै आएका छन् । विद्युत ऐनले आयोजनाको अनुमतिपत्र दिने, म्याद थप्ने र खारेज गर्ने सम्पूर्ण अधिकार भने ऊर्जा सचिवलाई दिएको छ ।
'नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत खरिद सम्झौता (पिपिए) नगर्ने र मन्त्रालयले प्रक्रिया अगाडि बढाउन महिनौं लगाउने अनि कम्पनीले काम गरेन भन्दै अनुमति खारेज गर्ने नियत खराब छ,' डाँगीले भने । निर्माण सुरु भइसकेका आयोजनासमेत खारेज गर्दा जलविद्युत उत्पादनमा चासो नदेखाएर सरकारले ऊर्जा संकट बढाउन खोजेको उनको आरोप छ ।
काम भइरहेका आयोजनाको अनुमतिपत्र खारेज गर्न नमिल्ने भन्दै उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले यसमा मन्त्रालयले सहजीकरण गरिदिने आश्वासन दिएका छन् । 'काम भएका आयोजना खारेज नहुने र प्रगतिको आधारमा अनुमति दिइने मन्त्री रायमाझीलाई उद्धृत गर्दै बेनी हाइड्रोपावर कम्पनी (माथिल्लो सोलुखोला) का प्रवद्र्धक गणेश कार्कीले बताए ।
आयोजना खारेज भएको जानकारी दिँदै विभागले सोलुका प्रवद्र्धकलाई अघिल्लो शुक्रबार पत्र काटेको थियो । तर, ३ दिन नबित्दै विभागले सोमबार नै बेनी हाइड्रोलाई अर्को पत्र पठाएको छ । उक्त पत्रमा उत्पादन अनुमतिपत्रको सर्तअनुसार ६÷६ महिनामा प्रगति विवरण बुझाउनुपर्ने तर कम्पनी सो नगरेकाले ७ दिनभित्र सम्पूर्ण विवरण विभागमा पेस गर्न निर्देशन दिइएको छ ।
सोलुलगायत ५ आयोजनाको भौतिक र आर्थिक प्रगति प्रवद्र्धकले बुझाउँदै आएका छन् । मन्त्रालय र विभागले पनि दुईपटक कमिटी गठन गरेर भौतिक र आर्थिक प्रगतिको अध्ययन गरेका छन् । उक्त सम्पूर्ण काम हुँदाहुँदै विभागले पुनः प्रगति विवरण पेस गर्न निर्देशन दिनुमा अर्को नियत देखिएको एक प्रवद्र्धक बताउँछन् । 'मन्त्री रायमाझीको निर्देशनमा अनुमतिपत्र दिने तर त्यसमा मोटो कमिसन दिनुपर्ने लक्षण देखियो,' ती प्रवद्र्धकले भने ।
नयाँ अवस्थाका आधारमा ५ आयोजनालाई अनुमति दिने मन्त्रालयको तयारी भए थप ७ आयोजनालाई पुनः अध्ययन अनुमतिपत्र दिनुपर्ने अन्य प्रवद्र्धकको तर्क छ । उत्पादन अनुमतिपत्र लिएका ५ सहित १२ आयोजनामा हालसम्म झन्डै २ अर्ब रुपैयाँ खर्च भएको छ । मन्त्रालयले निर्माण भइरहेका, अध्ययन सकिएका, वित्तीय स्रोत जुटाउँदै गरेका र विद्युत खरिद सम्झौता (पिपिए) गर्ने तयारीका आयोजना खारेज हो ।
विद्युत ऐन, २०४९ को दफा ५ अनुसार आयोजनाको अध्ययन गर्न बढीमा पाँच वर्ष अनुमतिपत्र दिइन्छ । तर, सन्तोषजनक प्रगति नभएको कारण देखाउँदै मन्त्रालयले ५ वर्ष नपुग्दै आयोजनाको अध्ययन अनुमतिपत्र खारेज गरेको छ ।