तरकारीले रोक्यो कालापहाडको यात्रा
१० असार २०७९
•
४ मिनेट पाठ
तरकारीले रोक्यो कालापहाडको यात्रा
तरकारी खेतीको स्याहार गर्दै बराहताल–५ रक्सेनीका डिल्लीराम वन । तस्बिरः नगेन्द्र/नागरिक
बराहताल गाउँपालिका–५ रक्सेनीका डिल्लीराम वन कालापहाड (भारत)मा मजदुरी गर्थे। कालापहाडमा वनले बगाएको पसिनाले रक्सेनीमा पाँच जना परिवारको छाक टर्दथ्यो। गाउँमा जमिन भएपनि सिँचाइ सुविधा दिएन। धान रोप्नका लागि पनि वर्खाको भेल छोप्नु पर्दथ्यो। नजिकै भेरी नदी र सोतखोला थियो। नदी किनारका बस्तीहरु भने बाँझै हुन्थे।  




दुई वर्ष भयो सोतखोलाको पानी उनको जमिनमा आउन थालेको छ। र, दुई वर्ष भयो अर्काको देशमा पसिना बनाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। खेतबारीमा पानी आएसँगै उनले व्यवसायिक तरकारी खेती गरेका छन्। भैंसी र बाख्रा पालेका छन्। ‘पहिले जमिन थियो, सिँचाइ थिएन, खानेपानीका लागि पनि घण्टौं समय लाग्थ्यो,’ वनले भने, ‘सोलार लिफ्टमार्फत खेतवारीमा सिँचाइ सुविधा उपलब्ध भएपछि मेरो कालापहाडको यात्रा रोकिएको छ।’

संघीय सरकारको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी)ले सोतखोलाको पानी सोलारलिफ्टमार्फत सात सय मिटरमाथि डाँडामा पुर्‍याएको छ। त्यहाँबाट साइपलाइनमार्फत कृषकहरुको खेतबारीमा पानी पुग्छ। ‘वर्खाको भल छोपेर धान रोप्ने हामीले बाह्रै महिना खेतवारीमा पानी आउला भन्ने कल्पना पनि गरेका थिएनौं,’ उनले भने, ‘पानीले खेतबारी हरियाली मात्रै भएको छैन, घरमै मेहनत गरेर आम्दानी पनि गरिरहेका छौं।’

वनले अहिलेको खडेरीमा दुई रोपनी जमिनमा बोडी, करेला, खुर्सानीलगायतका तरकारी रोपेका छन्। ‘यो सिजनमा गाउँमा हरियो देख्न पाइन्नथ्यो,’ उनले भने, ‘म मात्रै होइन, अहिले सबै घरले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न थालेका छन्।’ कालापहाडमा वर्षमा ४०–५० हजार कमाएर ल्याउने उनी अहिले एकै सिजनमा तरकारी र दूध बेचेर त्यति पैसा कमाउँछन्।

एएसडीपीका कार्यक्रम संयोजक विनोद भट्टराईले सोलार लिफ्टमार्फत सिँचाइ सुविधा पुगेपछि कृषकको जीवनस्तरमा पनि सुधार आएको बताए। ‘रक्सेनीमा सिँचाइको समस्या थियो, हामीले सोतखोलाको पानी सोलार लिफ्टमार्फत सात सय मिटर माथि तानेर कृषकको खेतबारीमा पुर्‍याएका छौं,’ उनले भने, ‘सिँचाइ नहुँदा जमिन बाँझै हुन्थे, छाक टार्न यहाँका प्रायः पुरुषहरु भारत कमाउन जानुपर्दथ्यो, अहिले भारत जानेक्रम रोकिएको मात्रै छैन्, गाउँमै आम्दानी गरेर कृषकको जीवनस्तरमा पनि सुधार आएको छ।’

कार्यक्रम संयोजक भट्टराईले सोतकोलाको पानीलाई रक्सेनीको सिरानीमा पुर्‍याएर ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ। त्यसमार्फत कृषकको खेतबारीमा पाइपलाइनमार्फत पानी पुर्‍याइएको छ,’ उनले भने, ‘सिँचाइ सुविधा उपलब्ध भएसँगै यहाँका नागरिकहरु मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन्।’

बराहताल–५ चेपाङकी गीता रामजाली दुई वर्षदेखि तरकारी खेतीमा लागेकी छन्। उनको जमिन नजिकैबाट भेरी बग्छ। बर्खामा भेरीले खेत डुबाउँछ। अरु बेला त्यहीँ खेत पानी नपाएर बाँझै हुन्थ्यो। अहिले उनको खेतमा बाह्रै महिना सिँचाइ सुविधा पुग्छ। ‘खेतको छेउबाटै भेरी बग्थ्यो, सँगैका जमिन पानी नपाएर चिरा परेका हुन्थे,’ उनले भनिन्, ‘अहिले सिँचाइ सुविधा पुगेपछि भेरीका फाँट हराभरा हुन थालेका छन्।’

एएसडीपीले सोतखोलामार्फत भेरी किनारको बस्तीमा सिँचाइ सुविधा पुर्‍याएको छ। ‘सबै खेतमा अहिले सिँचाइ कुलो पुगेको छ, बाह्रै महिना सिँचाइ हुन्छ,’ उनले भनिन्, ‘सबैले तरकारी खेती गरेका छौं, केहीले टनेलमा बेमौसमी तरकारी पनि उत्पादन गर्ने गरेका छन्।’ रामजालीले तरकारी बेचेर एक छोरा र एक छोरीलाई सदरमुकाम वीरेन्द्रनगरमा पढाइरहेकी छन्।

‘सिँचाइ नहुँदा जमिन बाँझै हुन्थे, यस्तोमा तरकारी खेती कहाँबाट हुन्थ्यो,’ उनले भनिन्, ‘लोग्ने मान्छे कमाउन भारत, जान्थे, अहिले सिँचाइ सुविधा पुगेपछि अर्काको देशमा जानु पनि परेको छैन्, आम्दानी पनि राम्रै भइराखेको छ।’ चेपाङ र रक्सेनीमा विद्युतको सुविधा छैन्। भेरी र सोतखोलाको पानी अहिले सोलार लिफ्टमार्फत जमिनमा पुगेको छ। दुबै बस्तीका २४६ घरधूरी सोलार लिफ्टमार्फत लाभान्वित भएका छन्। पहिले–पहिले दशैं, तिहार र नयाँ वर्षमा मात्रै देखिने पुरुषहरु अहिले गाउँमै उद्यम गर्न थालेका छन्।

एएसडीपीका कृषि अधिकृत डिल्लीरमण गिरीले सिँचाइ सुविधा पुगेसँगै गाउँमा परिवर्तनको थालनी भएको बताउँछन्। ‘अहिले रक्सेनी र चेपाङको तरकारी सदरमुकाम वीरेन्द्रनगरसम्म पुग्न थालेको छ,’ उनले भने, ‘भेरी किनारका फाँटहरु हरियाली हुँदै गएका छन्, कृषकहरुको जीवनस्तरमा सुधार आइरहेको छ।’ एएसडीपीले कृषकका उत्पादनलाई बाह्रै महिना बजारसम्म पुर्‍याउनका लागि गिमिनेखोलादेखि रक्सेनीसम्मको सात किलोमिटर सडकको स्तरोन्नति गरिरहेको छ। ‘बर्खामा गाडी नचल्दा कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउन समस्या भइरहेको छ,’ कार्यक्रम संयोजक भट्टराईले भने, ‘त्यसैले गिमिनेखोलादेखि रक्सेनीसम्मको सात किलोमिटर सडकको स्तरोन्नतिको काम पनि गरिरहेका छौं।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस