साताको पहिलो दिन अचानक उच्च बिन्दुले बढेको सेयर बजार एक दिन पनि टिक्न सकेन। आइतबार ९४.९२ बिन्दुले बढेको नेप्से परिसूचकमा सोमबार दोहोरो बिन्दुको गिरावट आएको हो। कारोबार रकम भने सोमबार पनि २ अर्ब रूपैयाँमाथि पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक २३.८५ बिन्दुले घटेर १९३३.१३ मा आएको छ। यो १.२२ प्रतिशतको गिरावट हो। आइतबार ठूला लगानीकर्ताले चलखेल गरी करिब ९५ बिन्दुले सेयर बजार बढाउन सफल भएका थिए तर यो बढोत्तरी एक दिनभन्दा बढी टिक्न सकेन।
सरकारले सेयर बजार सुधारका लागि गत शुक्रबार एउटा समिति बनाएको थियो। यस्तै ठूला लगानीकर्ताले आगामी मौद्रिक नीतिमा ४–१२ को प्रावधान हट्ने थप हल्ला चलाएर सेयर बढाउन चलखेल गरेका थिए। त्यसअनुसार आइतबार २१ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले र ३१ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढाइएको थियो।
एक्सचेञ्जका अनुसार सोमबार १९६७ बिन्दुबाट दिनको कारोबार सुरु भएको थियो। सेयर कारोबारमा दिनभर जसो उतारचढाव आइरह्यो। त्यसक्रममा नेप्से परिसूचक अधिकतम १९८७ र न्यूनतम १९३२ बिन्दुसम्म झरेको थियो। बजार बन्द हुँदा भने नेप्से १९३३ मा रोकिएको हो। एक्सचेञ्जका अनुसार सोमबार सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा गिरावट आएको छ। सेन्सेटिभ ७.०२, फ्लोट १.९२ र सेन्सेटिभ फ्लोट २.६४ बिन्दुले घटेका हुन्।
यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये ११ वटाको कारोबारमा गिरावट आएको छ भने २ वटा उपसूचक बढेका छन्। कारोबारमा गिरावट आउने उपसूचकहरूमध्ये सबैभन्दा धेरै बिन्दुले घट्नेमा विकास बैंक परेको छ।
यो ११७ बिन्दुले घटेको हो। यस्तै निर्जीवन बिमा ९७, होटल तथा पर्यटन ७०, लघुवित्त ६७ र जलविद्युत्मा ६० बिन्दुले गिरावट आएको छ। कारोबारमा गिरावट आउने अन्य उपसूचक ५० बिन्दु भन्दा कमले घटेका छन्। सबैभन्दा कम गिरावट आउनेमा सामूहिक लगानी कोष ०.१९ रहेको छ। नेप्से परिसूचकमा सबैभन्दा धेरै अंश ओगटेको बैंकिङ उपसमूह पनि १२ बिन्दुले घटेको छ।
यस्तै कारोबारमा सुधार आउने २ उपसूचकमध्ये सबै भन्दा बढी जीवन बिमा ११३ र लगानी ०.६४ बिन्दुले बढेका छन्।
एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सिवाईसी नेपाल लघुवित्तको सेयर सबैभन्दा धेरै प्रतिशतले बढेको छ। यसको सेयर ९.९९ प्रतिशतले बढेको हो। यस्तै न्यादी हाइड्रो र एलआईसी नेपालको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
यस्तै कारोबार भएका कम्पनीमध्ये प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घट्ने कम्पनीमा उन्नति सहकार्य लघुवित्तको परेको छ। यसको सेयर १० प्रतिशतले घटेको हो। यस्तै प्राइम डिभेञ्चर र तेह्रथुम पावरको प्रतिसेयर मूल्य पनि ७ प्रतिशत भन्दा धेरैले घटेका छन्।
यस्तै रकमका आधारमा सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको भएको छ। यसको १५ करोड ६५ लाख रूपैयाँको कारोबार भएको हो। हिमालयन डिष्टिलरीको ९ करोड ७ लाख र एलआईसी नेपालको ८ करोड २ लाख रूपैयाँको कारोबार
भएको छ। सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर एचआइडिसिएलको भएको छ। यसका २ लाख १४ हजार ३ सय ३७ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै सनराइज बैंकको प्रमोटर सेयर पनि एक १ लाख ९५ हजार ७ सय ५६ कित्ता सेयर बिक्री भएका छन्।
एक्सचेञ्जका अनुसार सोमबार २२९ कम्पनीका ५६ लाख ४१ हजार ५ सय ४० कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब ४ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २७ खर्ब ५६ अर्ब रूपैयाँमा आएको छ।