काठमाडौं–नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीहरूलाई शुक्रबार एकथोपो तेल उपलब्ध गराउन नसक्ने घोषणा गरेपछि ७० प्रतिशतहाराहारी उडान रद्द हुने भएको छ।निगमबाट हवाई इन्धन (एयर टर्बाइन फ्युल) उपलब्ध नहुने भएपछि वायुसेवा कम्पनीले शुक्रबारलाई उक्त परिमाणबराबरको उडान रद्द गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २ सय हाराहारी आन्तरिक उडान–अवतरण हुने गरेका छन्।
निगमले थोपै इन्धन नदिने भने पनि वायुसेवा कम्पनीले जगेडा तेलबाट केही उडान भने गर्ने जानकारी दिएका छन्। निगमले त्रिभुवन विमानस्थलस्थित काठमाडौैं डिपोबाट शुक्रबार हवाई इन्धन नदिने घोषणा गरे पनि पोखरा, विराटनगर, नेपालगन्जलगायत बाहिरी विमानस्थलमा भने इन्धन दिने जनाएको छ ।
'निगमले शुक्रबार हामीलाई इन्धन उपलब्ध गराउन नसक्ने मौखिक जानकारी दिएपछि काठमाडौंबाट शुक्रबार तालिका अनुसार हुनुपर्ने अधिकांश आन्तरिक उडान अवरुद्ध हुनेछन्,' वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले भने, 'निगमले इन्धन उपलब्ध नगराएसम्म यस्तै अवस्था रहने छ। त्यसैले काठमाडौं विमानस्थल जानुअघि सम्वन्धित वायुसेवा कम्पनीसँग समन्वय गर्न यात्रुलाई आग्रह गर्छौं।'
हाल त्रिभुवन विमानस्थलबाट बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयरलगायत प्रमुख वायुसेवा कम्पनीले मुलुकका विभिन्न गन्तव्यमा उडान गरिरहेका छन्।
'आयल निगमले इन्धन दिन नसक्ने भनेपछि ७० प्रतिशतजति उडान रद्द हुने निश्चित छ,' बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले भने, 'हामी विराटनगर, नेपालगन्ज र धनगढी उडान भने गर्छौं । तुम्लिङटार रद्द गरिसकेका छौं । हेरौं, शुक्रबार बिहानसम्म केही हुनसक्छ।'
अर्को वायुसेवा यतीले भने सबैभन्दा बढी उडान रद्द गरेको छ। उसले शुक्रबार तालिकामा रहेका २२ उडान रद्द गरेको छ भने ६ उडान मात्र सञ्चालन गर्ने जानकारी दिएको छ। 'इन्धन नै नभएपछि वाध्य भएर उडान रद्द गर्नुपरेको हो, यसबाट यात्रुलाई परेको समस्यामा हामी दुःखी छौं,' यतीका मिडिया प्रबन्धक भीमराज राईले भने।
सिम्रिक एयरलाइन्सले पनि कुल उडानको ६० प्रतिशत रद्दको घोषणा गरिसकेको छ । 'आयल निगमले कहिलेसम्म इन्धन नदिने हो थाहा छैन, शुक्रबार त उडान प्रभावित हुने नै भो, त्यसपछि पनि भन्न सकिँदैन,' सिम्रिकका बजार प्रबन्धक प्रज्ज्वल थापाले भने ।