काठमाडौं- नेपाल आयल निगमले आन्तरिक वायुसेवा कम्पनीलाई 'एक थोपा' पनि हवाई इन्धन उपलब्ध गराउन नसक्ने भनेपछि शुक्रबारका निर्धारित दुई तिहाइ उडान रद्द भएका छन्।भारतीय नाकाबन्दीपछि हवाई इन्धनको अभाव टार्न आयल निगमको आग्रहमा नेपाल वायुसेवा निगमले भारतबाट उडानमार्फत तेल ल्याउने गरेको छ। वायुसेवाले बिहीबार आन्तरिक कारणले तेल ल्याउन नसकेकै आधारमा निजी वायुसेवालाई तेल नदिने जनाएको हो।
'कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यबाट यो प्रेरित देखिन्छ,' नाम उल्लेख नगर्ने सर्तमा एक निजी वायुसेवा सञ्चालकले भने, 'नेपाल वायुसेवालाई यसबाट हटाएर यो ठेक्का लिन चाहने विदेशी वायुसेवा कम्पनीलाई दिने नियतले यसो गरिँदैछ।'
नेपाल वायुसेवाबाट तेल ल्याउँदा कमिसन नपाइने भएकाले पनि आयल निगम नेतृत्व बिस्तारै उसलाई यसबाट अलग गर्न चाहन्छ। साथै, हवाई इन्धन अभाव सिर्जना गराउन सकियो भने त्यस किसिमको वैकल्पिक व्यवस्थाका निम्ति सरकारलाई दबाब सिर्जना गराउनसमेत सहयोग पुग्ने निगम नेतृत्वको बुझाइ छ।
हवाई इन्धन बिक्रीको जिम्मेवारी लिएको आयल निगमको सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवका अनुसार बिहीबारसम्मको हवाई इन्धनको मौज्दात १ लाख ८ हजार लिटर हो। 'आज नेपाल वायुसेवाले तेल ल्याउन नसकेका कारण भोलि कुनै विपत्ति पर्योौ भने मौज्दात राख्नका निम्ति मात्र तेल दिन नसकिने भनिएको हो,' यादवले भने, 'भोलि उहाँहरूले तीन उडान गरेर ल्याइदिने भन्नुभएको छ।'
नेपाल वायुसेवाका प्रवक्ता एवं कर्पोरेट डाइरेक्टर रामहरि शर्माले एअरबसका पाइलटहरू तालिममा जानुपरेकाले बैंगलोरको उडान तेल ल्याइरहेको बोइङले गर्नुपरेका कारण मात्र ल्याउन नसकिएको बताए। उनले शुक्रबार तीन उडान गरेर हवाई इन्धन ल्याउने तयारी भएको पुष्टि गरे।
आयल निगमले तत्कालीन संकट समाधानका निम्ति आग्रह गरेअनुसार सम्झौता गरेर चार्टर्ड उडानमार्फत तेल ल्याइदिने गरेको छ। शुक्रबारका तीन उडानबाट उसले ६६ हजार लिटर हवाइ इन्धन ल्याउने जानकारी शर्माले दिए।
निगमले इन्धन नदिने भने पनि वायुसेवा कम्पनीले जगेडा तेलबाट केही उडान भने गर्ने जानकारी दिएका छन्। निगमले त्रिभुवन विमानस्थलस्थित काठमाडौं डिपोबाट शुक्रबार हवाई इन्धन नदिने घोषणा गरे पनि पोखरा, विराटनगर, नेपालगन्जलगायत बाहिरी विमानस्थलमा भने इन्धन दिइने जनाएको छ।
'निगमले शुक्रबार हामीलाई इन्धन उपलब्ध गराउन नसक्ने मौखिक जानकारी दिएपछि काठमाडौंबाट शुक्रबार तालिकाअनुसार हुनुपर्ने अधिकांश आन्तरिक उडान अवरुद्ध हुनेछन्,' वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बिहीबार नागरिकसँग भने, 'निगमले इन्धन उपलब्ध नगराएसम्म यस्तै अवस्था रहन्छ। त्यसैले काठमाडौं विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग समन्वय गर्न यात्रुहरूलाई आग्रह गर्छौं।'
त्रिभुवन विमानस्थलबाट बुद्ध एयर, यती एयरलाइन्स, सिमि्रक एयरलाइन्स, तारा एयर, सीता एयरलगायत प्रमुख वायुसेवा कम्पनीले मुलुकका विभिन्न गन्तव्यमा उडान भरिरहेका छन्।
'आयल निगमले इन्धन दिन नसक्ने भनेपछि ७० प्रतिशतजति उडान रद्द हुने निश्चित छ,' बुद्धका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले भने, 'हामी विराटनगर, नेपालगन्ज र धनगढी उडान भने गर्छौं। तुम्लिङटार रद्द गरिसकेका छौं। हेरौं, शुक्रबार बिहानसम्म केही हुन सक्छ।'
यतीले सबैभन्दा बढी शुक्रबार तालिकामा रहेका २२ उडान रद्द गरेको र ६ उडान मात्र सञ्चालन गर्ने जानकारी दिएको छ। 'इन्धन नै नभएपछि बाध्य भएर उडान रद्द गर्नुपरेको हो, यसबाट यात्रुलाई परेको समस्यामा हामी दुःखी छौं,' यतीका मिडिया प्रबन्धक भीमराज राईले भने।
उनका अनुसार पोखराका नौमध्ये पाँच उडान रद्द गरिएका छन्। भरतपुरको १ तथा विराटनगरका ३ उडान रद्द गरिएका छन्। त्यसैगरी भद्रपुर, धनगढी, नेपालगन्ज, भैरहवा, तुम्लिङटार, जनकपुरका सबै उडान तथा माउन्टेन फ्लाइट पनि सबै रद्द गरिएका छन्।
भद्रपुर, नेपालगन्ज, भैरहवा र जनकपुरका दुई–दुई, धनगढी र तुम्लिङटारका १–१ तथा माउन्टेन फ्लाइट ३ उडान रद्द गरिएको यतीले जनाएको छ। तर, पोखराका ४ एवं भरतपुर र विराटनगरका १–१ उडान भने हुने कम्पनीको भनाइ छ।
यतीकै भगिनी वायुसेवा तारा एयरले पनि शुक्रबार तालिकाअनुसार हुनुपर्ने लुक्लाका ६ उडान रद्द गरेको छ। १० उडानमध्ये चार वटा भने यथावत हुने मिडिया प्रबन्धक राईले जानकारी दिए।
अर्को वायुसेवा सिमि्रक एयरलाइन्सले पनि कुल उडानको ६० प्रतिशत रद्द गर्ने घोषणा गरिसकेको छ। 'आयल निगमले कहिलेसम्म इन्धन नदिने हो, थाहा छैन, शुक्रबार त उडान प्रभावित हुने नै भो, त्यसपछि पनि भन्न सकिन्न,' सिमि्रकका बजार प्रबन्धक प्रज्ज्वल थापाले भने।
उनका अनुसार शुक्रबारका तीनवटै माउन्टेन फ्लाइट रद्द गरिएका छन्। पोखराका पाँचमध्ये तीनवटा रद्द गरिए पनि दुईवटा भरिनेछन्। लुक्लाका लागि भने तीनमध्ये दुई रद्द र एक यथावत हुनेछन्।
आयल निगमले कात्तिक २२ मा पनि आवश्यकभन्दा आधा मात्र इन्धन उपलब्ध गराएकाले वायुसेवाले ७० प्रतिशत हाराहारी उडान रद्द गरेका थिए। त्यसबेला निगमले करिब ३५ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको थियो।
आन्तरिक वायुसेवालाई नियमित तालिकाअनुसार उडान गर्न औसत ५० हजार लिटर हवाई इन्धन आवश्यक पर्छ। माग बढेका बेला र बन्द, नाकाबन्दी र असामान्य अवस्था आए दैनिक थप १० हजार लिटर बढी खपत हुने गर्छ।
आयल निगमलाई हवाई इन्धन आपूर्ति गरिरहेको नेपाल वायुसेवा निगमले अधिकतम दैनिक तीन उडान गरी उडान गरी भारतको कोलकाताबाट हवाई इन्धन ल्याइरहेको छ।