अविरल वर्षामै सिन्धुलीका भुकम्प पिडितहरु आवास पुर्ननिर्माणको अनुदान लिन कार्यालय धाइरहेका छन्। सरकारले आवास पर्नुनिर्माण बापतको अनुदान लिनका लागि असार १५ गतेसम्म कागजात पेश गर्नु समय तोकेपछि भुकम्प पीडित रोपाइँ छाडेर अनुदान रकम लिन कार्यालयमा छाता ओढेर लाइन लागेका हुन्। असार १५ गतेसम्म तोकिएपनि सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर १६ गतेसम्म कार्यालयले कागजात लिएको थियो।
भुकम्प गएको झन्डै सात वर्षसम्म सिन्धुलीमा पुर्ननिर्माणका कार्य बाकी रहेकाले अझै कार्यालयमा भुकम्पको अनुदान लिनेको लर्कोनै लागि रहेको छ। २०७२ साल वैशाख १२ र २९ गते गएको बिनाशकारी भुकम्पपछि क्षति भएका सिन्धुलीका ४० हजार बढी लाभग्राही सरकारले दिने तीन लाख अनुदानको लिष्टमा परेपछि अझै पुर्ननिर्माणको रकम लिन लाभग्राहीहरु कार्यालय धाइरहेका छन्।
शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगतको जिल्ला आयोजना कार्यन्वयन इकाई भवन तथा आवास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा ४० हजार ३ सय ८ जना पुर्ननिर्माणका लाभग्राही छन्। जसमध्ये अनुदान सम्झौता ३८ हजार ९ सय ३६ जनाले गरेका छन् भने पहिलो किस्ता ३८ हजार ८ सय १५ जनाले लगिसकेका छन्। यस्तै घरको जग राखि दोस्रो किस्ता ३८ हजार १ सय ८ जनाले लिएका छन् भने घर निर्माण सम्पन्न गरि तेस्रो किस्ता लिने ३७ हजार ७४ रहेको कार्यालयका नायब सुब्बा लक्ष्मण कार्कीले जानकारी दिए।
कार्यालयका अनुसार भुकम्पबाट क्षतिभएका तर प्रबलिकरण मात्रै गर्नुपर्ने लिष्टमा िसिन्धुली जिल्लाका १२ हजार ६ सय ४ लाभग्राही छनौटमा परेका छन्। जसमध्ये पहिलो किस्ता पचास हजार १० हजार ६ सय ३५ जनाले लिएका छन् भने दोस्रो किस्ता बापतको रकम १ हजार ५ सय ८० जनाले मात्रै हालसम्म सम्झौता गरि अनुदानको प्रक्रियामा सहभागि भएका छन्।
सरकारले अन्तिम मिति भनेकाले कार्यालयमा कागजात बुझाउने लाभग्राहीको बुधबार छाता ओढेरनै दिनभर लाइनमा थिए। कार्यालयमा काम गर्न कर्मचारी अभाव रहेकाले दिनभर लाग्राहीले लाइन बस्नुपर्ने बाध्यता रहेको कार्यालयका नासु कार्कीले जानकारी दिए। दुधौली नगरपालिकाका छबिलाल कुमर घर निर्माण गरिसकेकाले आवश्यक कागजात बुझाउन अविरल बर्षामै कार्यालय आउनु परेको बताउछन्। कार्यालय आज(बुधबार) सम्मलाई मात्रै समय दिएको सुनेर म आज आएको हुँ, उनले भने।
कागजात पुर्ण रुपमा पेश गरिसकेका लाभग्राहीको समेत अनुदान रकम अर्थमन्त्रालयले पठाएको छैन। गत मंसिरमै कागजात पुरा गरि कार्यालयमा बुझाएका लाभग्राहीको समेत हालसम्म भुक्तानी दिन सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ। चैतबाट सरकारले पुर्ननिर्माण प्राधिकरण खारेज गरेसँगै आयोजनाको कार्यालयबाट आवासको काम भइरहेको छ। तर कार्यालयमा कर्मचारी अभावका कारण काम गर्न कठिनाई भएको कार्यालयले जनाएको छ।