काठमाडौं– यसै वर्षको डिसेम्बर अन्त्यसम्ममा ९० मेगावाट विद्युत् आयात गर्ने गरी निर्माण भइरहेको ढल्केबर–मुजफ्फरपुर सीमापार विद्युत् प्रसारण लाइन निर्माण कार्य पुनः अवरुद्ध भएको छ।यसै वर्षको अन्त्यसम्ममा उक्त लाइन निर्माण पूरा गरी १ सय ३२ केभिए क्षमताको कण्डक्टर(तार) जडान गरी उक्त लाईनमार्फत भारतबाट ९० मेगावाट विद्युत् आयात गर्ने विद्युत् प्राधिकरणको योजना थियो। प्रसारण लाइन निर्माण कार्य पूरा भई उक्त परिमाणमा विद्युत् आउने अवस्था बनेको भए हिउँदको लोडसेडिङ केही हदसम्म कम गर्न सकिने प्राधिकरणको आशा थियो।
'आन्दोलनरत पक्ष र ठेकेदार टाटा कम्पनीसँगको समन्वयमै केही दिनअघि मात्र उक्त लाइन निर्माण शुरु गरिएको थियो,' पावर ट्रान्समिशन कम्पनी नेपाल(पिटिसिएन)का प्रमुख अशोककुमार पण्डितले भने, 'टावर निर्माणका लागि आवश्यक स्काभेटरवालाले नै चलाउन मानेका छैनन्।' उक्त लाइन निर्माणको ठेक्का भारतीय टाटा कम्पनीले लिएको भए पनि उसले नेपालकै स्काभेटर भाडामा लिएर काम गर्ने गरेको छ। तर, आन्दोलनकारीको आक्रमण तथा सम्भावित क्षतिको डरले स्काभेटरवालाले नै काम गर्न नमानेको उनले बताए।
'आन्दोनलकारत पक्षले त काम गर्न दिने भनेकै हुन्, तर आजाभोलि अवस्था केही प्रतिकुल देखिएपछि स्काभेटर नै चलाउन मानेका छैनन्,' उनले भने। अवस्था केही सहज भयो भने पुनः सञ्चालनमा आउने उनले बताए । नेपाल तर्फको ४१ दशमलव ५ किलोमिटर भूमिमा १ सय १३ ओटा टावर मध्ये अब धनुषाको ढल्केबरमा पर्ने ५ ओटा टावर मात्रै निर्माण कार्य बाँकी रहेको छ। उक्त लाइनको डिजाइन ४ सय केभिए क्षमतामा गरिएको भए पनि ढल्केबरमा निर्माण गरिनु पर्ने सबस्टेशन निर्माण कार्य अघि बढ्न नसकेका कारण तोकिएकै समयमा उक्त क्षमताको लाइन सञ्चालन गर्न नसकिने भएको हो । हालका लागि १ सय ३२ केभिए क्षमताको कन्डक्टरबाट नै विद्युत् आयात गरिने तयारी प्राधिकरणले गरिरहेको छ ।
इन्धन अभावको समयमा भारतबाट आयात गरिने ९० मेगावाट विद्युत्ले पनि निकै ठूलो राहत दिने सक्ने प्राधिकरणको विश्वास छ । तर, भारततर्फको लाइन डिसेम्बरभित्रैमा निर्माण भए पनि नेपालतर्फ निर्माण पूरा नभएको अवस्थामा विद्युत् आयात गरी इन्धनअभावमा राहत पाउने सम्भावना पनि नेपालले गुमाउने देखिएको छ।