काठमाडौं-नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो एउटा जहाज मर्मतमा जाने भएपछि आयल निगमलाई हवाई इन्धन आपूर्ति गर्न नसक्ने भएको छ ।
राष्ट्रिय ध्वजावाहक नेवानिको 'बि७५७' सिरिज तथा '९एन–एसिबी' कलसाइन भएको जहाज नियमित मर्मत (सि–चेक) गर्न सिंगापुर जाने मिति तय भएपछि आयल निगमलाई पत्राचार गरी आफ्नो व्यवस्था गर्न भनेको हो ।
नेवानिको बोइङ ७५७ मंसिर २९ मा मर्मतका लागि सिंगापुर जाने तय भएको छ । यो जहाज आगामी पुस २८ सम्म उतै रहने छ । नेवानिसँग रहेका यही सिरिजका दुई जहाजबाट आयल निगमलाई भारतको कोलकाताबाट 'एयरलिफ्ट' गरी हवाई इन्धन आपूर्ति गर्दै आएको छ ।
'अब जहाज नै नहुने भएपछि इन्धन ल्याउन सक्ने कुरो भएन, दुई जहाज हुँदा अलि सहज हुन्छ, अब एउटामात्र हुने भएपछि नियमित उडानमै केन्द्रित हुनुपर्छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, 'त्यही भएर इन्धन आपूर्तिको व्यवस्था आफैं गर्न आयल निगमलाई पत्राचार गरेका हौं ।'
भारतको नाकाबन्दीपछि आयल निगले नेपाल उडान गरिरहेका विदेशी अन्तर्राष्ट्रिय वायुुसेवा कम्पनीका जहाजलाई हवाई इन्धन वितरण बन्द गरिसकेको छ । यसको मारमा आन्तरिक वायुसेवा कम्पनीसमेत परेका छन् । आन्तरिक उडान नियमित गर्न भन्दै आयल निगमले नेवानिका जहाजबाट इन्धन आपूर्ति गर्दै आएको छ ।
'एउटामात्र जहाज हुनेभएपछि इन्धन एयरलिफ्ट गर्न समस्या पर्नसक्छ, त्यही भएर अग्रिम जानकारी दिएका हौं,' शर्माले भने, 'मंसिर २८ सम्म हामीले आयल निगमलाई इन्धन ल्याइदिन सक्छौं ।'
हाल नेवानिले दैनिक दुई उडान गरी कोलकाताबाट हवाई इन्धन आपूर्ति गरिरहेको छ । एक उडानबाट २२ हजार लिटर ल्याउन सक्छ । नेवानिले प्रतिघन्टा १३ हजार २ सय अमेरिकी डलर (१३ लाख २० हजार रुपैयाँ) चार्टर भाडा लिई इन्धन आपूर्ति गरिरहेको छ । छुट्टै ट्यांकीमा नभई जहाजकै ट्यांकीमा भरेर इन्धन ल्याइन्छ । यसरी ल्याइएको इन्धन आयल निगमले झिकेर भण्डारण गर्छ र आन्तरिक वायुसेवाका जहाजलाई बिक्री गरिरहेको छ । काठमाडौंबाट कोलकातासम्मको हवाई दुरी एकतर्फी ५५ मिनेट छ ।
आयल निगम र नेवानिबीच भएको सम्झौतामा भने दैनिक चार उडान गरी इन्धन ल्याउने उल्लेख छ । तर नियमितबाहेक चार्टर उडान भएका कारण सम्झौता गर्नुपरेको तथा जहाज र चालकदल उपलब्ध भएसम्म बढी उडान गरी इन्धन आपूर्ति गर्ने नेवानिले बताउँदै आएको छ ।
आन्तरिक वायुसेवालाई नियमित तालिकाअनुसार उडान गर्न औसत ५० हजार लिटर हवाई इन्धन आवश्यक पर्छ । माग बढेका बेला र बन्द, नाकाबन्दी र असामान्य अवस्था आए दैनिक थप १० हजार लिटर बढी खपत हुने गर्छ ।
'संकट परेका बेला हामीले सहयोगमात्र गरेका हौं, नाफा कमाउने उद्देश्य होइन,' शर्माले भने, 'हामीले भ्याएसम्म उडान गरेकै छौं । त्यसमाथि हामी नियमित उडान गर्ने कम्पनी हौं । यात्रुलाई अलपत्र पारेर इन्धनमात्र ओसार्न सकिँदैन ।'
यता नियमित मर्मतमा सिंगापुर जान लागेको बोइङका लागि करिब २१ करोड रुपैयाँ खर्च गर्नुपर्ने नेवानिले प्रारम्भिक अनुमान गरेको छ । नेवानिले आफ्ना ठूला जहाजको मर्मत सिंगापुरको 'सिंगापुर टेक्नोलोजिज एरोस्पेस इन्जिनियरिङ लिमिटेड' मा गरिरहेको छ । 'पूरै मर्मत सकिएपछि मात्र खर्चबारे थाहा हुन्छ,' प्रवक्ता शर्माले भने ।
एउटामात्र जहाज हुने भएपछि नेवानिले मलेसियाको क्वालालम्पुर उडान कटौती गरेको छ । हाल दैनिक एक उडान गरिरहेको र जहाज मर्मतमा गएपछि सातामा चारमात्र उडान गर्ने तालिका बनाइएको शर्माले जानकारी दिए । यसबारे यात्रुलाई अग्रिम जानकारी दिइसकिएको उनको भनाइ छ ।
निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न हाल अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादित दुईवटा बि७५७ तथा युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित 'ए३२०–२००' सिरिजका दुईवटा जहाज छन् । करिब तीन दशक पुराना बि७५७ मा १ सय ९० सिट तथा हालै खरिद गरिएका ए३२० मा १ सय ५८ सिट छन् । ए३२० ले हङकङ, बैंकक, नयाँदिल्ली, मुम्बई र बैंगलोर उडान गरिरहेको छ भने बि७५७ ले मलेसिया र दोहा उडान गरिरहेको छ ।
निगमले ५ हजार घन्टा उडान वा १८ महिनामध्ये जुन पहिला आउँछ, त्यसैअनुसार सि–चेक गर्छ भने इन्जिन ओभरहल (पूर्णमर्मत) चाहिँ १२ हजार घन्टा उडेपछि गर्छ । इन्जिनबाहेक सम्पूर्ण परीक्षण तथा मर्मत गर्ने कामलाई सि–चेक भनिन्छ ।