काठमाडौं- राष्ट्रिय योजना आयोगले १५ वर्षे ऊर्जा उपयोग सम्बन्धी कार्ययोजना निर्माणको काम सुरु गरेको छ। 'सबैका लागि ऊर्जा' कार्यक्रम परिचालन गर्दै मुलुकका सबै क्षेत्रमा ऊर्जा पुर्याउने लक्ष्यले कार्ययोजना बनाउन लागिएको हो।सन् २०१६ मा सुरु भएर २०३० मा सकिने 'दिगो विकास लक्ष्य'को उद्देश्य पूरा गर्दै ऊर्जामा पहुँच र ऊर्जा दक्षता विकास गर्न पनि आयोग कार्ययोजना निर्माणको तयारीमा जुटेको हो। दिगो विकास लक्ष्यको उद्देश्य प्राप्त गर्न सबैको पहुँचमा ऊर्जा पुर्याणउन जरुरी रहेकाले यसको काम सुरु गरिएको आयोग उपाध्यक्ष युवराज खतिवडाले बताए।
'अहिले पर्याप्त ऊर्जा र यसको विस्तार दुवै चुनौतीपूर्ण छ,' उनले भने, 'मुलुकमा जलविद्युत प्रमुख स्रोत हो, यसका अलावा वैकल्पिक ऊर्जाको उपयोगसमेत बढाउँदै लैजानुपर्छ।' पर्याप्त ऊर्जा भएमात्र सबै नागरिकको पहुँचमा यसलाई पुर्याकउन सकिने हुँदा ऊर्जा उत्पादन र पहुँच विस्तार ठूलो चुनौती रहेको उनले बताए।
सन् २०३० सम्म सबैमा ऊर्जाको पहुँच पुर्यारउने कार्यक्रम परिचालन गर्न आयोगले तीनवटा उपयोजना तय गरेको छ। सबैमा ऊर्जाको पहुँच, ऊर्जा दक्षता र वैकल्पिक ऊर्जा उपयोग अहिलेको तुलनामा दोब्बर बनाउने रणनीतिका साथ काम भइरहेको आयोग सहसचिव गोपिनाथ मैनालीले बताए।
'अन्य निकायले जिम्मेवारी नलिँदासम्म आयोगले नै यो काम गरिरहेको छ,' उनले बिहीबार नागरिकसँग भने, 'कार्ययोजना निर्माणसँगै ऊर्जाको पर्याप्तता र पहुँचमा देखिएको अन्तरबारे अध्ययन भइरहेको छ।' उनका अनुसार २०७३ असार दोस्रो सातासम्म कार्ययोजना तयार हुनेछ।
आयोग उपाध्यक्ष खतिवडाको संयोजकत्वमा गठित निर्देशन समितिले कार्ययोजनाको काम सुरु गरेको आयोगले जानकारी दिएको छ। समितिमा ऊर्जा, अर्थ, वातावरण, परराष्ट्र मन्त्रालय र जल तथा ऊर्जा आयोगका सचिव सदस्य छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक, सरकारी तथा गैरसरकारी संस्था एवं ऊर्जा प्रवर्द्धकसमेत कार्ययोजना निर्माण कमिटीमा छन्।
दिगो ऊर्जा विकासको अवधारणालाई संयुक्त राष्ट्र संघले सन् २०१२ देखि अघि बढाएको हो। नेपाल यसमा २०१३ देखि सहभागी छ। 'इनर्जी प्लस' कार्यक्रमअन्तर्गत सबैका लागि ऊर्जा अभियानमा नर्वेले सहयोग गर्न चासो देखाएको मैनालीले जानकारी दिए।
'जलविद्युत तथा वैकल्पिक ऊर्जाका केही आयोजनामा सहयोग गर्न नर्वेले इच्छा देखाएको छ,' उनले भने, 'तर, हामीले छिटो काम गर्न सकेनौं भने यस्तो सहयोग अन्य देशमा जान सक्छ। यसैले छिटो कार्ययोजना बनाएर काम सुरु गर्नुपर्ने चुनौती छ।'
ऊर्जा विकासमा सहयोग गर्ने जलवायु परिवर्तन वित्त, जर्मन प्राविधिक सहयोग निकाय (जिटिजेड) लगायत अन्तर्राष्ट्रिय निकायबाट सहयोग लिन कार्ययोजना छिटो बनाउनुपर्ने पनि मैनालीको भनाइ छ। आयोगले मुुकभर ऊर्जा उपयोगको लक्ष्य पूरा गर्न तीनवटा प्राविधिक समूहसमेत गठन गरेको छ।
आयोगका अनुसार ऊर्जा पहुँचको कार्ययोजना बनाउने जिम्मा ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिलाई दिइएको छ। यस्तै, ऊर्जा दक्षता र वैकल्पिक ऊर्जा उपयोग दोब्बर बनाउने योजना तयारीका लागि जल तथा ऊर्जा आयोग र विज्ञान, प्रविधि तथा वातावरण सचिवको संयोजकत्वमा गठित समितिलाई जिम्मा दिइएको छ।
काठमाडौंमा बिहीबारबाट सुरु भएको दुईदिने संस्थागत ऊर्जा दक्षताका लागि अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा समेत नेपालमा ऊर्जा विकास र यसमा पहुँचको विषयमा छलफल भएको थियो। जलविद्युत तथा वैकल्पिक ऊर्जा विकासका क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय संघ–संस्थाले ऊर्जामा पहुँच र दक्षता विकास गर्न सरकारले उत्पादकलाई सहुलियत दिनुपर्ने धारणा राखेका थिए।
जिटिजेडले ऊर्जा 'दक्षता विकास कार्यक्रम'का लागि नेपाललाई ४० लाख युरो (करिब ४५ करोड रुपैयाँ) सहयोग गरेको छ। २०७१ जेठ दोस्रो सातादेखि सुरु भएको ४ वर्षे कार्यक्रम ऊर्जा मन्त्रालयबाट परिचालन भइरहेको छ।
विश्वव्यापी मान्यताअनुसार मुलुकमा उत्पादन भएको कुल ऊर्जाको करिब ८५ प्रतिशत उत्पादन र औद्योगिक क्षेत्रमा उपयोग भएमा त्यसलाई ऊर्जा दक्षता मानिन्छ। तर, नेपालमा प्राप्त ऊर्जाको झन्डै ८० प्रतिशत घरायसी प्रयोजनमा उपयोग हुन्छ।
सन् २०३० सम्म सबै नागरिकको पहुँचमा ऊर्जा पुर्या।उन करिब पाँच हजार मेगावाट बिजुली आवश्यक पर्ने नेपाल विद्युत प्राधिकरणले अनुमान गरेको छ। तर, अहिले आठ सय मेगावाटमात्र उत्पादन छ। साना तथा मझौला जलविद्युत आयोजनाबाट अहिलेसम्म २५ मेगावाट बिजुली उत्पादन भइरहेको छ। केन्द्रले मिश्रित ऊर्जा अवधारणाअनुसार बायोग्यास र सोलारका कार्यक्रमसमेत अगाडि बढाइरहेको छ।
दिगो विकास लक्ष्यमा आउँदो १५ वर्षसम्म विश्वका सबै देशबाट गरिबी उन्मूलन गर्ने बुँदासमेत छ। २०३० मा सकिने उक्त कार्यक्रमअन्तर्गत १ सय ६९ उद्देश्य प्राप्तिका लागि १७ लक्ष्य तय गरिएको छ।