काठमाडौं–सरकारले आपतकालीन व्यवस्था लागू गरेर धादिङको गल्छीदेखि रसुवागढी नाकासम्मको सडक साढे २ वर्षभित्र स्तरोन्नति सक्ने लक्ष्य राखेको छ। व्यापार विविधीकरण र इन्धन आपूर्ति सहज गर्ने उद्देश्यसहित तोकिएको समयमै निर्माण पूरा गर्ने योजना अघि सारिएको हो।भारतले नाकाबन्दी गरेपछि इन्धन आपूर्तिलगायत सामान आयात गर्न चीनतर्फका नाका विस्तारमा सरकारले जोड दिएको छ । ती सडक विस्तार गर्दा व्यापार विविधीकरण र इन्धन आपूर्तिमात्र नभई भारतसँगको निर्भरता कम हुने उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छेदारले बताए ।
गल्छीदेखि रसुवागढीसम्म सञ्चालित सिंगल लेनको सडक छिट्टै डबलमा विस्तार गरिसक्ने प्रतिबद्धता सरकारले जनाएको छ । सडकको स्थलगत अवलोकन गर्न रसुवागढी पुगेका गच्छेदार र अर्थमन्त्री विष्णु पौडेलले उक्त सडक डबल लेनमा विस्तार गरी साढे २ वर्षमा पूरा गर्न सडक विभागलाई निर्देशन दिए ।
रसुवाको बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसीसम्म नयाँ ट्र्याक खोलेर दुरी छोट्याएर रसुवागढी पु¥याइनेछ । बेत्रावतीबाट धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५४ किलोमिटर छ । बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक निर्माण गर्दा झन्डै २६ किलोमिटर दुरी कम हुने सडक विभागले जानकारी दिएको छ ।
त्रिशूली नदीको किनार हुँदै निर्माण हुने सडकको २० किलोमिटर ट्र्याक खुलिसकेको छ । त्यस क्षेत्रमा निर्माणाधीन तीनवटा जलविद्युत आयोजनाले बनाएका सडकको स्वामित्व सरकारले लिएर काम गर्ने विभागका महानिर्देशक माधवकुमार कार्कीले बताए ।
ट्र्याक खोल्न बाँकी आठ किलोमिटरको जिम्मा नेपाली सेनालाई दिने तयारी भइरहेको उपप्रधानमन्त्री गच्छेदारले जानकारी दिए । 'यो सडक खन्न सरकारले अविलम्ब बजेट व्यवस्था गर्छ,' उनले भने, 'विभागले निर्माणको प्याकेज तथा कार्ययोजना बनाएर छिटो पेस गर्नुप¥यो ।' चीनले समेत रसुवागढी नाका विस्तारमा जोड दिएकाले छिटो काम सुरु गर्नुको विकल्प नरहेको उनले बताए ।
बेत्रावती, धुन्चे हुँदै स्याफ्रुबेसी पुग्ने सडक लामो हुने हुँदा बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडकलाई नै जोड दिनुपर्ने अर्थमन्त्री पौडेलले बताए । डबल लेनमा सडक विस्तार गरी कालोपत्रे गर्न आवश्यक बजेट विभागले कार्ययोजना पेस गर्नासाथ निकासा हुने पौडेलले बताए ।
ट्र्याक खोलिएको बेत्रावती–मैलुङ खण्डमा भूकम्पका कारण ठाउँठाउँमा पहिरो गएको छ । पहिरो हटाउन नसक्दा माथिल्लो त्रिशूली ३ ए, माथिल्लो त्रिशूली–१ लगायत जलविद्युत आयोजनाको निर्माण ठप्प छ । आयोजनाका लागि समेत बाटो चाहिने हुँदा प्रवद्र्धकसँग परामर्श गरेर निर्माणको जिम्मा विभागले लिने कार्कीले बताए ।
वन, वातावरण र जग्गा प्राप्तिमा हुने प्रक्रियागत ढिलाइ छोट्याएर सडक निर्माण गर्न यस्ता कानुन निलम्बन गरिने मन्त्री गच्छेदारको भनाइ छ । जग्गा प्राप्ति ऐनले विशेष परिस्थितिमा सरकारले जग्गा प्राप्त गर्न सक्ने विशेष अधिकार दिएको छ ।
सोही ऐनको प्रावधान अनुसार सडक निर्माण र स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण गर्नुपर्ने महानिर्देशक कार्कीले बताए । 'सरकारले जग्गा प्राप्ति, वन र वातावरणमा देखिने समस्या समाधान गरिदिए साढे दुई वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको डबल लेन सडकको निर्माण पूरा हुनेछ,' उनले भने ।
विभागका अनुसार गल्छी–त्रिशूली–बेत्रावती ३६ किलोमिटर खण्डको सिंगल लेनको सडक पुल डबल लेनमा स्तरोन्नति गर्नुपर्नेछ । सडक विस्तार गर्न थप जग्गा आवश्यक पर्ने हुँदा यसमा सरकारले विशेष निर्णय गर्नुपर्ने विभागका अधिकारी बताउँछन् ।
यसैगरी, बेत्रावती–मैलुङ हुँदै स्याफ्रुबेसी २८ किलोमिटर खण्डमा भूकम्पले खुलेको ट्र्याकसमेत भत्केको छ । ट्र्याक खोल्न बाँकी करिब ८ किलोमिटर खण्डको काम सेनालाई जिम्मा दिएर डेढ वर्षमा काम सकिनेछ । साथै उक्त खण्डमा त्रिशूली ३ ए आयोजनालाई हस्तान्तरण भएको सडक ऊर्जा मन्त्रालयसँग समन्वय गरी विभागमा हस्तान्तरण गर्नुपर्ने कार्कीले बताए ।
कार्कीका अनुसार सोही खण्डमा हाल विद्युत आयोजनामा हस्तान्तरण भएको खण्डसमेत ट्र्याक खोल्न सेनालाई हस्तान्तरण गरी सेनाबाट २ वर्षभित्र पूरै २८ किलोमिटर डबल लेनको ट्र्याक खोलेर विभागको जिम्मामा आउनुपर्छ । गल्छी–बेत्रावती खण्ड डबल लेन गर्न ठेक्काको तयारी भइसकेको पनि उनले जानकारी दिए ।