अघोषित लोडसेडिङले उपभोक्तालाई सास्ती
२१ असार २०७९
•
४ मिनेट पाठ
अघोषित लोडसेडिङले उपभोक्तालाई सास्ती
धादिङबेसीस्थित विद्युत फोलमा अव्यवस्थित ढंगबाट टाँगिएको ट्रान्समिटर र तारहरु।
धादिङका अधिकांश स्थानमा अहिले विद्युतमा नियमितता छैन। छिनमै बिजुली बल्छ छिनमै काटिन्छ। दिनको आधा समय त उपभोक्ताले बिजुली प्रयोग गर्न पाएका छैनन्।




अनियमित तरिकाले बिजुली काटिँदा सदरमुकाम र आसपासका व्यवसायीहरु बढी मारमा परेका छन्। कपडा उद्योग, होटल व्यवसाय र पोल्ट्री व्यवसायी समस्यामा छन्। ‘उखरमौलो गर्मी छ, फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सबै सामान बिग्रिएर जान्छ’ होटल व्यवसायी मुना गोतामे भन्छिन्–‘विद्युत प्राधिकरणको असावधानीले दैनिक घाटा व्यहोर्नु परेको छ।’

महिनौदेखि प्राय सबै शनिबार सुचना नै जारी गरेर प्राधिकरण दिनभरी विद्युत नआउने जानकारी गराउने गरेको छ। त्यसले पनि उपभोक्ता दिक्क भइसकेका छन्। नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले गत शनिबार विद्युत आपूर्ति बन्द हुने सम्बन्धी जारी गरेको सुचना आफ्नो फेसबुक वालमा पोष्ट गर्दै पत्रकार मनिष दुवाडी व्यङ्ग्यात्मक शैलीमा लेख्छन्–‘धादिङमा अब यसरी पढ्दा सजिलो हुने भो! आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहीबार अनि ‘विद्युत प्राधिकरणबार!’

सोलार, इन्भर्टर, लाइट लगायतका सामान बिक्रेताहरुको सेटिङमा प्राविधकरणले अनेकन बहाना बनाउँदै विद्युत कटौती गरेको टिप्पणीहरु पनि सामाजिक संजालमा छरपस्ट आइरहेका छन्। कमेन्टमा सुदर्शन दुवाडी लेख्छन्–‘रोजिरोटीको पनि त कुरा छ, व्यवसायीले इन्भर्टर र लाइट बेच्नु पर्‍यो अनि कर्मचारीले पनि माथीको निर्देशन मान्नै पर्‍यो।’

हिउँदमा समेत नियमित रहेको विद्युत बर्खा लागेदेखि झनै अनियमित बनेको हो। दिनमा दजनौं पटक बत्ती गइरहने समस्याले गर्दा आमनागरिकले त हैरानी खेपेकै छन्। सरकारी काम पनि अस्तव्यस्त बन्ने गरेको छ। दिनमै दशौं पटकसम्म विद्युत आउने जाने हुँदा व्यवसायीहरु बढी मारमा परेका छन्।

धादिङबेसीमा संचालित सम्राट लेडिज टेलरमा बिजुली नहुँदा थन्किएको सिलाई मेसिन र सानो सोलार बत्ति बालेर खुट्टाको प्रयोगले कपडा सिलाउँदै गरेकी एक महिला।
सरकारले प्राकृतिक इन्धनको खपत घटाउन विद्युतीय सामाग्री प्रयोगका लागि प्रोत्साहन गरिरेको छ। तर पटक पटक भइरहने अघोसित लोडसेडिङले विद्युतीय मेसिन प्रयोग गर्ने व्यवसायी झनै बढी समस्यामा छन्। बत्ती गइरहँदा दैनिक कामकाज पनि प्रभावित बन्ने गरेको धादिङबेसीका युवा व्यवसायी काजी श्रेष्ठ बताउँछन्।

श्रेष्ठले धादिङबेसीमा टेलरिङ व्यवसाय चलाउँछन्। ‘कपडा सिलाउन आउने ग्राहकलाई छिटो सुविधा दिन भनेर विद्युतीय मेसिन जडान गरियो, विद्युत आउने र जाने ठेगान नहुँदा उल्टै काममा ढिलासुस्ती हुने गरेको छ’, टेलर व्यवसायी श्रेष्ठ भन्छन्–‘कि दैनिक समय तोकेरै लोडसेडिङ गराइयोस् नत्र विद्युत आपूर्ति नियमित हुनुपर्छ।’

केही वर्ष अघि १८ घण्टासम्म लोडसेडिङ भएर बिजुली उपभोक्ताहरु हैरान हुन्थे। प्राधिरणले पूर्वसुचना दिएर दैनिक विद्युत् केटौती गरेका कारण उपभोक्ताहरु वैकल्पिक जोहो पनि गरेर बस्थे। अहिले देशमा लोडसेडिङ गर्नुपर्ने अवस्था छैन। तर दिनमै दश पटक विद्युत आउने जाने भइरहँदा काममा ठूलो क्षति व्यहोर्नु परेको धादिङबेसीमै गार्मेन्ट चलाइरहेका महिला व्यवसायी कल्पना अधिकारीको भनाइ छ।

‘प्राय सबै विद्युतीय मेसिन छन्, खुट्टाले मात्रै चलाउने मेसिन छैनन्, कालिगढ पनि अध्यारोमा बसेर खुट्टाले चलाउने मेसिन चलाउन मान्दैनन्, विद्युत अनियमित हुँदा व्यवसाय नै धरापमा पर्ने अवस्था आउन लाग्यो’ उनले भनिन्। विद्युत प्राधिकरणले पनि लोडसेडिङको समय तालिका जारी गर्नु परेको छैन। बरु बर्खायाममा बढी भएको बिजुली भारत निकासी हुन थालेको छ।

यसले अर्थतन्त्रका थोरै भएपनि टेवा पुगेको छ। देशका लागि खुसीकै कुरा हो। तर झ्याप्प झ्याप्प गइरहने विजुलीका कारण आम उपभोक्ता मर्कामा छन्। नियमनकारी निकाय प्राधिकरणले भने बर्खा समय भएकाले अहिले विजुली गइरहने समस्या भएको हलुका जवाफ दिने गरेको छ। टाढाबाट विजुली आपूर्ती गर्नुपर्ने र बीच बीचमा आउने समस्याले गर्दा विजुली जाने आउने भैरहने विद्यूत प्राधिकरण धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपाले बताए।

ट्रान्समिटर पड्किने, जल्ने, हावाहुरीका कारण तार चुँडिने, बाढि पहिरोले पोल ढाल्ने र न्यून भोल्टेजको बिजुली आउने लगायतका समस्या रहेको प्राधिकरण नै स्वीकार छ। न्यौपाने भन्छन्–‘विगत वर्षको तुलनामा हावाहुरी र चट्याङ बढी भएकोले विद्युत आपूर्तिमा समस्या भएको हो।’

इन्धनको मूल्य बढेकाले बिजुलीको प्रयोग बढाउन सुझाव दिँदै आएको सरकार सामु प्राधिकरणले दिने गरेको यस्ता झिनामसिना जवाफ उपभोक्तालाई पाच्य छैनन्। राइस कुकरमा खाना बसाउन नभ्याउँदै काटिएको विजुली कुनबेला आउने हो पत्तो छैन।

‘बत्ति गएपछि प्राधिकरणको फोन प्राय लाग्दैन, ‘लागिहाले पनि त्रिशुलीबाटै गएको हो कुन बेला आउँछ थाहा भएन’ भन्ने जवाफ आउछ’, नीलकण्ठ ८ का श्याम श्रेष्ठ भन्छन्–‘राइस कुकरमा भिजाएको चामल फेरी झिकेर अर्काेमा पकउने की भोकै हिँड्ने?’ बत्ती गइरहँदा खानेकुरा फ्याक्नुपर्ने र राती सुत्नसम्म नसकिएको उपभोक्ताको गुनासो छ। लोडसेडिङ अन्त्य भएपनि अझै पनि उपभोक्ताले भरपर्दो बिजुली प्रयोग गर्न सकेका छैनन्।
अर्को समाचार
बाटो, पानी, ग्याँस, इन्टरनेट ल्याईदिने कुरा विकास होइन आधारभुत आवश्यक्ता होः निश्चल बस्नेत
२७ असोज २०७९
•
२ मिनेट पाठ
बाटो, पानी, ग्याँस, इन्टरनेट ल्याईदिने कुरा  विकास होइन आधारभुत आवश्यक्ता होः निश्चल बस्नेत
अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्।




उनले पछिल्लो समय देशमा जनताले अनुभुति गर्नसक्ने कुनै राम्रा काम नभएकाले देशको नेतृत्व परिवर्तन गर्नुपर्ने बेला आएको बताए। उनले देश विकास गर्ने दृढ इच्छाशक्ति भएमा हरेक मानिसले देशको लागि सही कामगर्नसक्ने बताए। उनले हरेक नेपालीहरु नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्नु जरुरी रहेको उल्लेख गरे। उनले भने, ‘म राजनीतिमा चासो राख्छु तर बुझ्दिन। पछिल्लो समयमा चित्त बुझ्दो काम भएको छैन। कतिपयले पछिल्लो समय गरेका कामहरुले अहिले धेरै परिवर्तनहरु आइरहेका छन्। अहिले यसरी हामी बोल्न पाउनु, लोडसेडिङको अन्त्य हुनु भनेको कुलमान घिसिङ आउँदाको परिवर्तन हो। इच्छा शक्ति भएको मान्छे ठाउँमा पुग्यो भने काम गर्नसक्दो रहेछ । उदाहरण हो यो। सही व्यक्ति सही ठाउँमा पुग्नुपर्छ कुनैपनि चिज राम्रोसँग हुनका लागि। जो मान्छेले देश विकासको सम्भावना देखाउँछ, त्यो मान्छेलाई साथ दिएनौँ भने हामीलाई रुल गर्ने नालायकहरुले हुन्छ। हामीले हाम्रो नेतृत्वलाई खबरदारी गर्नसक्ने पोजिशनमा पुग्न जरुरी छ। सबै पार्टीले अवधारण ल्याउँछन्, बाटो, पानी ल्याउँछौँ, ग्याँस ल्याइदिन्छौँ, इन्टरनेट लगिदिने सुविधा दिन्छौँ भन्नुहोला, यो हामीले जन्मिनेबित्तिकै पाइने कुरा हो। यो विकास होइन। पानी ल्याउने, बाटो बनाइदिने कुरालाई विकासमा गनेर हुँदैन। यो हाम्रो आधारभुत आवश्यक्ता हो। सरकार बनेकै राम्रो सुविधा दिनको लागि हो। जनताले गरिखानसक्ने ठाउँ उपलब्ध गराइदिनुस् आफैँ गरेर खान्छन् जनताले।’

अभिनेता बस्नेतले निर्वाचनताका हरेक पार्टीहरुले देश विकासको नाममा बाटो निर्माण, पानी, ग्याँस, इन्टरनेका सुविधा दिने कुरा गरेको भन्दै यो कुरा सरकारले नागरिकलाई दिनैपर्ने अधिकार भएको बताए। उनले सरकारले जनतालाई गरिखान सक्ने वातावरण सिर्जना गरे हरेक नागरिकले काम गरेर जीवन यापन गर्न सक्षम रहेको दाबी गरे।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस