काठमाडौं–नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयभित्र मंगलबार ४\५ जनाको समूह खाना बनाउन मिल्ने गरी नियमित बिजुली उपलब्ध गराइदिन आग्रह गरिरहेको थियो। भारतको नाकाबन्दीपछि ग्यास हाहाकार भएकाले प्राधिकरणमा अहिले दिनहुँ कम्तीमा आधा दर्जन समूह यस्तै गुनासो र आग्रह लिएर आउने गरेका छन्।ग्यास नपाइएपछि बिजुलीबाट हिटर, इन्डक्सन चुलोलगायत बालेर दैनिक खाना बनाउन पाइने आसमा सर्वसाधारण प्राधिकरण धाइरहेका छन्। तर, प्राधिकरण भने नियमित विद्युत आपूर्तिको लोड धान्न नसक्दा पछिल्लो एक महिनामा देशभर करिब दुई सय ट्रान्सफर्मर जलेपछि उत्पन्न समस्या सुल्झाउन हम्मे परिरहेको बताउँछ । यसरी ट्रान्सफर्मर जल्दा १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणको दाबी छ ।
दिनहुँ २÷३ वटासम्म ट्रान्सफर्मर पड्किँदा काठमाडौं उपत्यकामा मात्र एक महिनामा २३ वटा ट्रान्सफर्मर जलेका छन् । ट्रान्सफर्मरका साथै केबल (तार), ट्रान्सफर्मर फ्युज, एमसिसिबीलगायत उपकरणमा क्षति पुगेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले जानकारी दिए ।
'जलेका वा पड्केका ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गर्दा लक्षित क्षेत्रमा पु¥याउन सकिएको छैन,' उनले मंगलबार नागरिकसँग भने, 'काठमाडौंमा मात्र २३ भन्दा बढी ट्रान्सफर्मर जलेका छन्, नयाँ ठाउँका लागि ल्याइएका उपकरण ती ठाउँमा राख्नुपर्ने बाध्यता छ ।'
खाना पकाउने साँझ र बिहानको समय उपभोक्ताले उच्च भोल्टेजका विद्युतीय उपकरण प्रयोग गर्ने तर त्यस्तो लोड धान्ने क्षमताका ट्रान्सफर्मर नहुँदा पड्किने समस्या बढ्दै गएको प्राधिकरणका अधिकारी बताउँछन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार ट्रान्सफर्मर क्षमताको २० प्रतिशतसम्म एक घन्टामात्र लोड धान्ने गरी बनाइएको हुन्छ । तर, अहिले ३५ प्रतिशतसम्म बढी लोड थपिएको पाण्डेयले बताए ।
'ट्रान्सफर्मरमा बढी लोड पर्दा त्यो स्वतः अफ हुन्छ वा पड्किन्छ । यही समस्याका कारण उपभोक्ताले खाना पकाइरहँदा झ्याप्प बत्ती जाने गरेको हो,' उनले भने । दिनहुँ ट्रान्सफर्मर पड्किँदा स्थानीयको गुनासो तथा 'डेलिगेनस' आउने क्रम बढेको छ । केन्द्रीय कार्यालयमा मात्र दिनको ३÷४ जनाको समूह ट्रान्सफर्मर पड्केको वा लाइन काटिएको समस्या लिएर आउने पाण्डेयले बताए ।
भारतले गरेको नाकाबन्दीपछि औद्योगिक क्षेत्र ठप्प हुँदा त्यता खपत हुने बिजुली प्राधिकरणले सर्वसाधारणलाई वितरण गरिरहेको छ । औद्योगिक क्षेत्रमा करिब तीन सय ५० मेगावाट बराबर विद्युत माग छ । तर, उद्योगतर्फको बिजुली सर्वसाधारणलाई बाँड्दा पनि उपभोक्ताले सहज महसुस गर्न सकेका छैनन् ।
प्राधिकरणसँग अहिले सर्वसाधारणलाई विरतण गर्ने बिजुली भए पनि उच्च क्षमताका ट्रान्सफर्मर जडान गर्न नसक्दा छिनछिनमै काटिने समस्याले उपभोक्ता हैरान भएको त्यहाँका अधिकारी समेत स्वीकार्छन् । तर, पाण्डेयले भने ट्रान्सफर्मरको अभाव नरहेको दाबी गरे । उनका अनुसार हेटौंडा भण्डारण कार्यालयमा अहिले ६ सय ५० थान ट्रान्सफर्मर रहेको र काठमाडौंका लागि मात्र तीन सय ३५ थान छुट्याइएको छ ।
उपभोक्ताको आधारमा स्थानीयस्तरमा ५० देखि २०० केभीएसम्मका ट्रान्सफर्मर जडान गर्छ । ५० केभिएको ट्रान्सफर्मर जडान भएका क्षेत्रमा २० जनाभन्दा बढी उपभोक्ताले नियमित बिजुली उपभोग गर्न सक्दैनन् । ग्राहकको संख्या बढ्दै गए पनि उच्च क्षमताका ट्रान्सफर्मर जडान नहुँदा छिनछिनमा बिजुली काटिने वा पडकिने समस्या देखिएको प्राधिकरणका इन्जिनियर बताउँछन् ।
'उपभोक्ताले बिजुली आउनासाथ 'इन्डक्सन' जस्ता 'हेभी' उपकरण एकसाथ प्रयोग गर्छन्, लोडले कति धान्छ, धान्दैन भन्ने प्राविधिक ज्ञान हुँदैन,' भारप्रेषण केन्द्रका निर्देशक भुवनकुमार क्षेत्रीले भने, 'यस्ता हेभी उपकरण एक पटकमा एउटामात्र प्रयोग गर्नुपर्छ ।'
प्राधिकरणले बिजुली आपूर्ति सहज हुन नसकेको कारण उपभोक्तामा पन्छाउने गरे पनि उच्च क्षमताका ट्रान्सफर्मर जडान नगर्नु र समयमा मर्मत नगर्नु प्रमुख कारण हुन् ।
डिजेल तथा पेट्रोल अभावले सवारी नचल्दा समयमा बिग्रेका ट्रान्सफर्मर मर्मत र नयाँ जडान गर्न नसकिएको पाण्डेयले दोहो¥याए । 'इन्धन छैन, सवारी चल्दैनन् । गुनासा यति धेरै आउँछन् । त्यहीअनुसार सेवा दिन सकिएको छैन,' उनले प्रतिप्रश्न गरे, 'ट्रान्सफर्मरमात्र भएर के गर्नु ?'
प्राधिकरणले उपभोक्ताको आधारमा उच्च क्षमताका ट्रान्सफर्मर राख्न नसकेको उनले स्वीकारे । 'अहिले भूकम्पका बेलाजस्तो आकस्मिक समस्या देखिएको छ, ट्रान्सफर्मर भए पनि इन्धन अभावले सवारी नचल्दा समयमा फेर्न सकिएको छैन,' श्रेष्ठले भने ।'
उपत्यकामा तीन हजार ट्रान्सफर्मर जडान भएका छन् । तत्काल तीन सय ट्रान्सफर्मर भए लोड व्यवस्थापन गर्न सकिने काठमाडौं क्षेत्रीय कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार महाराजगन्ज, बानेश्वर, जोरपाटी, कुलेश्वर, कीर्तिपुर, पुल्चोक, जावलाखेल, भक्तपुरलगायत दर्जनौं ठाउँमा ट्रान्सफर्मर पड्केर समस्या देखिएको छ ।
इन्धन अभावले मर्मत र नयाँ जडानमा समस्या देखिएको छ । तर, सामान्य अवस्थामा पनि यी समस्या समाधानमा सुधार हुन नसकेको प्राधिकरणकै अधिकारीको टिप्पणी छ । जीर्ण हुँदै गएको वितरण प्रणाली सुधार गर्न उच्च क्षमताका नयाँ ट्रान्सफर्मर मर्मत तथा जडान, केबल वा तार फेर्नेलगायत काम गर्नुपर्ने देखिन्छ ।
कमजोर ट्रान्सफर्मर जल्दा वा पड्किँदा र तार जल्दा हरेक वर्ष सयौं सर्वसाधारणको मृत्यु हुने गरेको छ । प्राधिकरणले भने वितरण तथा प्रसारण प्रणाली सुधारमा कम ध्यान दिएर पीडितलाई क्षतिपूर्ति बाँड्दै विगतदेखि नै यस्ता घटना पन्छाउने गरेका उदाहरण छन् ।