असारको अन्तिम साता बित्न लागिसक्यो। धान बाली लगाउन पुग्ने गरी पानी परिरहेको छ। किसानका खेतमा धानको व्याड पनि तयार छ तर अहिले धानवालीका लागि आवश्यक पर्ने मलको हाहाकार छ।
गहुँ र मकैका लागि पर्याप्त मल नपाएका किसानले धानबालीका लागि समेत नपाएपछि निराश छन्। असारे झरी सुरु भएपछि रोपाइँ गर्नुपर्ने भन्दै किसानहरू गत जेठदेखि नै मल खोज्न भैरहवा धाइरहेका थिए तर एक महिना धाउँदा पनि किसानले मल पाएनन्। लुम्बिनीका ११ जिल्लासहित, गण्डकीको प्युठान, स्याङ्जा र पूर्वी नवलपरासीमा समेत मल वितरणको जिम्मा लिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाको गोदाम अहिले पनि रित्तै छ। मल नपाएपछि कम्पनी अन्तर्गतका विभिन्न जिल्लाका डिपो र सहकारी संस्थाका किसानहरू भैरहवाबाट रित्तै फर्कन बाध्य छन्।
समयमै मलको आपूर्ति नहुँदा त्यसको मारमा किसानहरू परेका छन्। केही किसान अहिले पनि रोपाइँ छाडेर मल खोज्न धाइरहेका छन्। केहीले मल बिनै रोपाइँ गर्नु परेको गुनासो गरेका छन्। रूपन्देहीको तिलोत्तमा १५ सखुवानीका किसान विजय चौधरीले सधैं खेती लगाउने बेला पानी र मलको अभाव झेल्नु परेको गुनासो गरे। यसअघि मकै र गहुँका लागि पनि मल नपाएपछि भारतीय बजारबाट महँगोमा किनेर छरेको भन्दै उनले धान बालीका लागि पनि भारतबाट तस्करी गरी ल्याइएको मल महँगोमा किन्नुको विकल्प नरहेको बताए। ‘सरकारले किसानलाई अनुदानको मल दिन्छ भन्छन् तर हामी जस्ता किसानले कहिल्यै पाउँदैनौं। गहुँ र मकैमा पनि मल हाल्न पाएनौं अहिले पनि पारी (भारत) नगई मल नपाइने भयो,’ चौधरीले भने।
अनुदानको मल नपाएपछि सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट महँगोमा कमसल मल ल्याउने गरेका छन् तर त्यसरी मल ल्याउँदा भारतीय सुरक्षाकर्मी र नेपालतर्फका नेपाल प्रहरी र सशस्त्रले उल्टै दुःख दिने गरेको गुनासो किसानको छ। ‘कि हामीलाई समयमै मल देउ हैन भने भारतबाट किसानले ल्याउने एक दुई बोरा मलमा कमिसन माग्ने नदिए साइकल र मल खासेर लैजाने काम पुलिसले बन्द गरोस्,’ चौधरीले आक्रोश पोखे।
चौधरीले मलका लागि कृषि सामग्री कम्पनी भैहरवा र घर नजिकैको कृषि सहकारीमा थुप्रै पटक धाउँदा पनि नपाएको बताए। यो समस्या रूपन्देहीका चौधरीको मात्रै होइन। लुम्बिनी प्रदेशका सबै जसो जिल्लाहरूमा अहिले मलको हाहाकार छ। मल वितरणको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडको ७० प्रतिशत र साल्ट ट्रेडिङको ३० प्रतिशत हो। धान बालिका लागि आवश्यक पर्ने डिएपी, पोटास र युरिया मध्ये कृषि सामग्री कम्पनी भैरहवासँग अहिले जम्मा ६ सय ३५ टन पोटास १ हजार टन डिएपी मौज्दात छ।
युरिया मलको मौज्दात शून्य छ। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नारायणप्रसाद शर्माले युरिया मलको मौज्दात शून्य रहेको र डीएपी पनि पर्याप्त नभएको बताए। शर्माले युरिया यो महिनाको अन्त्य वा साउनको पहिलो सातासम्म आउने जानकारी दिए। साल्ट ट्रेडिङ कर्पोरेशन भैरहवाका प्रमुख हरिचन्द्र श्रेष्ठले पनि माग अनुरूप नभए पनि उपलब्ध मल कोटा अनुसार वितरण गरिएको बताए।
धानवालीका लागि लुम्बिनी प्रदेशमा युरिया ५० हजार टन र डिएपी ३० हजार टन माग छ तर प्रदेशका लागि जम्मा ३० हजार टन युरिया र २० हजार टन डिएपीको कोटा छुट्याइएको छ। त्यही कोटा अनुसारको मल पनि समयमा आपूर्ति नहुँदा समस्या भएको कम्पनीले जनाएको छ। मागको झण्डै आधा मात्रै मल आपूर्ति हुँदा वितरणमा समेत समस्या हुने गरेको प्रादेशिक कार्यालय भैरहवाका प्रमुख शर्माले बताए। कृषि सामग्री कम्पनी भैरहवाबाट लुम्बिनी प्रदेशबाहेक सुदूर पश्चिम र कर्णाली प्रदेशका डिपोमा पनि मल जान्छ।
यो कार्यालय अन्तर्गत मलको माग वार्षिक १ लाख टन रहेको छ तर सरकारले भने प्रादेशिक कार्यालयका लागि जम्मा वार्षिक ४४ हजार ३ सय मेट्रिक टन मलको कोटा छुट्याएको छ। त्यस्तै ६० हजार टन डीएपीको माग रहेको प्रदेशका लािग सरकारले जम्मा ३० हजार ४५० टन आपूर्ति गर्ने भनेर कोटा छुट्याएको छ भने ५ हजार टन माग रहेको पोटास जम्मा २ हजार ३९८ टन आपूर्ति हुने गरेको छ। उनुपर्ने सुझाव पनि दिइएको छ। अति आवश्यक कृषिजन्य कच्चा पदार्थबाहेक अन्य कृषिजन्य वस्तु तथा सामग्रीको आयातमा रोक लगाउनुपर्ने सुझव पनि उसको छ।
परिसंघले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, संघीय/प्रदेश/स्थानीय निकायका कर्मचारी र विद्यार्थीको पोशाक, जुत्ता, व्याग, पिउने पानी सबै नेपाली उत्पादनलाई प्राथमिकता दिन सुझाव दिइएको छ।
परिसंघले नेपालका मौलिक उत्पादन अदुवा, अलैंची, प्राकृतिक रेशा (अल्लो, भांग्रो), मसलाजन्य वस्तुहरू, हाते कागज, जडिबुटी, तयारी पोशाक, रेशम यार्न र कपडाका साथै अचार, सातु चिउराजस्ता विषयमा अध्ययन गरिरहेको जनाएको छ।