मैनिहिया सबस्टेशनको सुरुवातसँगै विद्युत् अनियमितामा कमी आउने विश्वास
२५ असार २०७९
•
४ मिनेट पाठ
मैनिहिया सबस्टेशनको सुरुवातसँगै विद्युत् अनियमितामा कमी आउने विश्वास
बाह्र वर्षअघि थालनी गरिएको गोरुसिङ्गे–बुटवल–लुम्बिनी १३२ केभिएले पूर्णता पाएको छ। आयोजना अन्तर्गतको मैनिहिया सबस्टेशनको सुरुआतसँगै रुपन्देहीको दक्षिणी क्षेत्रमा भइरहेको विद्युतीय समस्या समाधान हुने देखिएको छ।




बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभिए आयोजना २०६७ सालमा सुरु भई ०७२ सालमै सक्नुपर्ने आयोजना थियो तर समयमै काम सुरु हुन सकेको थिएन। विसं २०७२ चैतमा विधिवत्रुपमा सुरु गरिएको काम पनि विभिन्न अवरोधका कारण रोकिँदै आएको थियो।

मैनिहिया सबस्टेशनको सुरुआतसँगै रुपन्देहीको दक्षिणी क्षेत्रको विद्युत अनियमितता धेरै हदसम्म समाधान हुने नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखा प्रमुख अवधेककुमार दुवेले बताए। विभिन्न विवादका कारण समयमै काम हुन नसकेको उक्त आयोजना पूरा गर्न रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका घनश्याम भुसालको मुख्य सक्रियता रहेको स्थानीयवासी मनोज रिजालले बताए।

प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किमी बुटवल–लुम्बिनी प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो। प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ। मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ।

सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन्। प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताए। स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ।

त्यसमध्ये चार वटा फिडरको लाइन तानिसकिएको उनको भनाइ थियो। अठार किमी प्रसारण लाइनमा ५७ वटा टावर निर्माण गरिएको छ। बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किमी भूमिगत गरिएको छ। मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ। अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तिया बनेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापार अझ सहज हुनेछ। आयोजनाको कूल लागत भने एक अर्ब १९ करोड रहेको छ।

आयोजनाको सुरुआती चरणमा योगीकुटीबाट सिद्धार्थ राजमार्ग हुँदै सिधै ठुटिपीपलसम्म र त्यहाँबाट मैनिहिया लैजाने योजना थियो तर स्थानीयवासीले विरोध गरेपछि मार्ग बदलिएको थियो। मार्ग परिवर्तन हुँदा मगरघाटबाट शुद्धोधन गाउँपालिकाको विभिन्न क्षेत्र हुँदै सियारीको मैनिहियास्थित सबस्टेशनमा पुर्‍याइएको छ।

त्यस क्रममा पनि विभिन्न व्यक्ति र समूहले अवरोध गरेका थिए। बुटवलका केही व्यवसायीले भैरहवातर्फ सबस्टेशन बनाउन दिनुहुँदैन भनेर खुलेरै यसको विरोध गर्दै  खम्बासमेत ढालिदिएकाले आयोजनाको काममा अवरोधसमेत भएको थियो। अन्ततः उक्त आयोजनाले १२ बर्ष पछि भए पनि पूर्णता पाएको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले मैनिहिया सबस्टेशन सञ्चालनसँगै उद्योगी व्यवसायीमा खुसीको सञ्चार भएको बताए। उनले भने, 'लुम्बिनी करिडोरमा रहेका उद्योगले भोग्नुपरेको ऊर्जा संकट हटाउन र  भैरहवा लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले भोगिरहेको विद्युत् अनियमितता कम गर्न बुटवल गोरुसिङ्गे लुम्बिनी १३२ केभिएको सञ्चालनले पक्कै सहजता ल्याउँछ।'

व्यवसायीले दुम्कीबासको समस्या अदालती प्रक्रियाबाट समाधान भए पनि अब स्थानीय तहमा त्यसको समन्वय गरी छिट्टै काम सुरु गर्नुपर्नेमा जोड दिए।  भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट विस्तार भइरहँदा दुम्कीबासमा निर्माण गर्ने दुई वटा टावरका विषयमा स्थानीयवासीले अवरोध गरी सर्वोच्च अदालतमा रिट दायर  गरेकाले २०७७ देखि उक्त आयोजना रोकिएको थियो।

यही असार १२ गते सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले टावर बनाउन बाटो खोलिदिएको छ। योसँगै अब भरतपुर–बर्दघाट २२० केभी आयोजनाले छिट्टै पूर्णता पाउने भएको छ। उक्त आयोजनाले पूर्णता पाएसँगै हाल चालू अवस्थामा रहेको भरतपुर–बर्दघाट १३२ केभीको सिङ्गल सर्किटका कारण विद्युत्को आपूर्तिको कमी भइरहेका बेला २२० डबल सर्किटको सञ्चालनबाट उक्त समस्या पूरा हुने जनाइएको छ।

डबल सर्किटको सुरुआतसँगै तामाकोसी र मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पनि बर्दघाट पश्चिमतर्फ ल्याउन बाटो खुल्ने विद्युत् प्राधिकरणका अधिकारीहरुले बताएका छन्। यतिबेला भरतपुर–बर्दघाट १३२ केभी सिङ्गल सर्किट र कालीगण्डकीको उत्पादन पश्चिम क्षेत्रमा प्रवाह भइरहेको छ। लुम्बिनी करिडोरमा रहेका सिमेन्ट तथा छड उद्योग, विश्वपर्यटनको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, व्यावसायिक तथा आधुनिक सहर भैरहवा र घनाबस्तीका कारण यो क्षेत्रमा विद्युतीय खपत बढिरहेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस