असार अन्तिममा सचिवको विदेश सयर
२९ असार २०७९
•
५ मिनेट पाठ
असार अन्तिममा सचिवको विदेश सयर
आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन्।




सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व असुलीको लक्ष्य सुरुका महिनादेखि नै पूरा हुन सकेको छैन। यस्तोमा आर्थिक वर्षको अन्तिम समयमा लक्ष्य पूरा गर्न हरतरहबाट प्रयास गर्ने जिम्मेवारीमा बसेका राजस्व सचिव पुस्कर भने एक साता विदेशमै रमाए।

अस्ट्रियामा करसम्बन्धी तालिममा भाग लिन असार २१ गते त्यसतर्फ गएका सचिव पुस्कर २७ मा मात्र मन्त्रालय आए। पूर्वअर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिव पुस्करको भ्रमण स्वीकृतिका लागि सबै व्यवस्था मन्त्रिपरिषद्बाट मिलाइदिएका थिए।

चालु आर्थिक वर्षमा सरकारले कर र गैरकर गरी ११ खर्ब ८० अर्ब ६० करोड रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको छ। असार २७ सम्म १० खर्ब ८ अर्ब २३ करोड संकलन भएको छ। यो लक्ष्यको ८५.४ प्रतिशत हो।

यो वर्ष गैरकर असुलीमा झनै समस्या देखिएको छ। सरकारले एक खर्ब १२ करोड रूपैयाँ गैर कर उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म ७५ अर्ब रूपैयाँ मात्र उठेको छ। यो लक्ष्यको ६६.८२ प्रतिशत हो। वर्ष सकिन ५ दिन बाँकी भएकाले अबका दिनमा सरकार राजस्व असुलीमा लक्ष्यको नजिक पुग्ने सम्भावना न्यून छ। राजस्व असुलीको यस्तो दुरवस्थालाई चटक्कै छोडेर जिम्मेवारी लिएका प्रमुख व्यक्ति भने साता लामो विदेश सयरमा रमाएर  फर्केका छन्।

अर्थ मन्त्रालयको एक महाशाखाका प्रमुखले यस्तो बेलामा विदेश जान खोज्ने सचिव, पठाउने मन्त्री र स्वीकृति दिने मन्त्रिपरिषद् कसैमा पनि राष्ट्रप्रतिको दायित्व के हो भन्ने नदेखिएको बताए। महाशाखाका ती प्रमुखका अनुसार कार्यक्रम सचिव नै जानुपर्ने कुनै विशिष्ट खालको थिएन। एक उपसचिवलाई पठाए पनि हुने करको सामान्य तालिममा राजस्व सचिवजस्तो व्यक्ति जानुलाई कसैले पनि राम्रो नमानेको महाशाखाका ती प्रमुखले बताए।

सचिव जस्तो व्यक्तिले कार्यक्रम र समयको सामान्य हेक्कासमेत नराखेर विदेश जानै मरिहत्ते गरेको देखिएको भन्दै यसको मन्त्रालयभित्रै विरोध भएको जानकारी महाशाखाका ती प्रमुखले दिए। ती प्रमुखले भने, ‘मन्त्रालयका अधिकांश महाशाखा प्रमुखले असार अन्तिममा राजस्व सचिव बाहिर जानुलाई राम्रो मानेका छैनन्। राजस्व सचिवको सबैभन्दा धेरै महत्त्व नै आर्थिक वर्षका अन्तिम महिनामा हुने हो। त्यसमा पनि असारको अन्तिम समयमा राजस्व उठाउन सबैलाई घचघच्याउनुपर्नेमा आफैं विदेशतिर लागेपछि मन्त्रालयभित्रै विरोध हुनु स्वाभाविक हो।’

अर्थ मन्त्रालयका अर्का एक उच्च अधिकारीका अनुसार राजनीतिक नेता र शक्तिशालीसँग जोडिएर काम गर्ने सीमित कर्मचारीमध्ये राजस्व सचिव पुस्कर पनि एक हुन्। विगतमा उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका अतिविश्वास पात्र थिए। त्यसबेला विकासे मन्त्रालयका कर्मचारीसँग पैसा असुली गर्न कार्कीलाई सहयोग गरेको आरोप उनीमाथि लागेको थियो।

कार्की शक्तिमा हुँदासम्म पुस्कर पनि सधैं चर्चामा र हे। कार्कीकै ठाडो आदेशमा उनले श्रमसहचारी बन्ने प्रयास गरेका थिए। त्यसमा असफल भएपछि उनी दिल्लीस्थित महावाणिज्य दूतावासमा सरुवा भएर गएका थिए। कर्मचारीमा सेवा र सुविधाका हिसाबले यो पद आकर्षक मानिन्छ। अनुभवविहीन र सबैभन्दा कान्छो सहसचिवलाई दिल्ली पठाएकोमा त्यसबेला सरकारको आलोचना भएको थियो। सधैं राजनीतिक नेता र शक्तिशाली व्यक्तिसँग सम्बन्ध जोड्ने पुस्कर अहिले पूर्वअर्थमन्त्री शर्माका अति विश्वास पात्र मानिन्छन्।

यही कारण शर्माले उनलाई टपक्क टिपेर राजस्व सचिव बनाएका हुन्। सचिव हुनुअघि पुस्करमा राजस्वसम्बन्धी काम गरेको कुनै गहिरो अनुभव थिएन। न उनी अर्थ मन्त्रालयका अन्य शाखामा लामो समय काम गरेका कर्मचारी नै हुन्। शर्मालाई रिझाएकै कारण अनुभवी र दक्ष कर्मचारीलाई पन्छाएर उनी राजस्व सचिव बन्न सफल भएका हुन्।

अर्थ मन्त्रालयको अर्को महाशाखा प्रमुखका अनुसार बजेट निर्माणमा राजस्वको दर हेरफेर गर्नमा राजस्व सचिवको भूमिका महत्त्वपूर्ण हुन्छ। तर पुस्कर बजेट निर्माणका क्रममा करका दर चलाउन पूर्वअर्थमन्त्री शर्माले ल्याएका बिचौलियाप्रति कडा रूपले प्रस्तुत हुन सकेनन्। बरु अरू कर्मचारीभन्दा नरम देखिए।

मध्यरातमा मन्त्रालय प्रवेश गराइएका बिचौलियाले केही व्यापारिक घरानालाई मात्र फाइदा पुग्नेगरी स्यानेटरी प्याड, एमएस वायर, प्रशोधित पाम र पामोलिन तेल, विद्युतीय गाडीलगायतको करका दरमा चलखेल गर्दा राजस्व सचिवको नाताले रोक्नुपर्ने थियो। तर, उनले त्यसो गरेनन्।

असार अन्तिममा विदेश भ्रमण गएको विषयमा नागरिकले राजस्व सचिव पुस्करलाई पटकपटक सम्पर्क गर्ने प्रयास गरे पनि उनले मोबाइल उठाएनन्। म्यासेज पठाएर फोन उठाउन गरिएको अनुरोधलाई पनि उनले पन्छाए।

अर्थ मन्त्रालयभित्र राजस्व सचिव पुस्करले राजस्व प्रशासनलाई पनि राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ। उनीसँग राजस्व असुलीका नयाँ क्षेत्र पहिचान गर्न सक्ने अनुभव र हैसियत दुवै छैन। राजस्व चुहावट भइरहेका क्षेत्रमा समेत नियन्त्रणका उपाय खोज्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ।

पछिल्लो समय मूल्य अभिवृद्धि कर(भ्याट) र भन्सार महसुलमा ठुला समस्या देखिइरहेका छन्। भ्याटमा नक्कली बिलको प्रयोग सबैभन्दा पेचिलो विषय बनेको छ। राजस्व अनुसन्धान विभागले दिनहुँजसो नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्नेमाथि मुद्दा दायर गरिरहेको छ।

यस्तै भन्सारमा चोरीपैठारी र न्यूनबिजकीकरणको समस्या पनि उस्तै छ। यो सबै हेर्ने दायित्व राजस्व सचिवको हो। तर राजस्व सचिवमा पुस्कर आएपछि कुनै सुधार भएको छैन। राजस्व प्रशासनमा सुधार नगरेकै कार ण यो वर्ष उच्च आयात भए पनि राजस्व लक्ष्य पूरा हुन नसकेको हो।

विगतमा राजस्व सचिव बनेकाले जे–जसरी भए पनि राजस्व उठाउने प्रयास गर्दै आएका थिए। रामेश्वर खनाल, कृष्णहरी बास्कोटा, शिशिर कुमार ढुंगाना लगायत राजस्व सचिव बनेका बेला राजस्व प्रशासनमा बेग्लै सरगर्मी थियो। खनालको उपस्थिति सबै उद्योगी व्यापारी र कर्मचारीका लागि भयको विषय बन्थ्यो।

बास्कोटा र ढुंगानाले हप्कीदप्की गरेरै भए पनि लक्षित राजस्व उठाउने प्रयास गरेको देखिन्थ्यो। बास्कोटाको नीति साउनदेखि नै लक्ष्यअनुसार राजस्व उठाउन सके अन्तिममा समस्या नहुने भन्ने थियो। उनी त्यसै अनुसार खटिएका देखिन्थे। ढुंगानाको प्रवृति पनि लगभग बास्कोटाको जस्तै थियो।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार राजस्वका क्षेत्रमा धेरै काम हुने भएकाले नै अर्थमा २ जना सचिवको दरबन्दी हटाइएको छैन। राजस्व सचिवले राजस्वको ठुलो अंश असुली गर्ने निकायहरूका प्रमुख र अन्य कर्मचारीसँग हरबखत समन्वयमा रहेर  काम गर्नुपर्छ। राजस्व असुली गर्ने यी निकायमा दैनिकजस्तो केही न केही समस्या आउँछन्। राजस्व सचिवले तत्कालै समस्या समाधानमा पहल गर्न सके मात्र राजस्व असुलीमा सहयोग पुग्छ। तर राजस्व सचिवको जिम्मेवारीमा रहेका व्यक्तिलाई नै जिम्मेवारी बोध नभए पछि अरू सबैलाई पनि बहाना बनाउने मौका मिलेको छ।
अर्को समाचार
नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता छैनः जनार्दन शर्मा
०६ असार २०८०
•
१ मिनेट पाठ
नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता छैनः जनार्दन शर्मा
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता नभएको बताएका छन्।




बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो दावी गरेका हुन्।

उपमहासचिव शर्माले अर्गानिक मल कारखानाको भने अवश्यक्ता रहेको औंल्याए। हामीसँग भएका स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना भने नेपालले बनाउन सक्ने उनको भनाइ थियो। उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरु स्थापना गर्ने, कोल्डस्टोरहरु स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यक्ता समेत औंल्याए।

उनले भने, ‘आज रासायनिक मल कारखानाको कुरा आईराखेको छ। नेपालमा रासायनिक मल खारखानाको आवश्यक्ता छैन। अर्गानिक मल कारखानाको आवश्यक्ता छ। हामीसँग भएका स्रोत, साधनहरुबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौ। त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञहरुको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योगहरु स्थापना गर्ने, कोलस्टोरहरु बनाउने र स्थानीय सरकारले उत्पादनमा जोड दिने, बाँझो जमिनको प्रयोगमा ध्यान दिनु पर्दछ।’
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस