काठमाडौं- सरकारबाट कृषि क्षेत्रमा जाने अनुदान व्यापक दुरुपयोग भएपछि कृषि विकास मन्त्रालयले पकेट क्षेत्रमा मात्रै लगानी गर्ने भएको छ।
कृषि विकास मन्त्रालयअन्तर्गत रहेका परियोजनामार्फत पकेट क्षेत्रमा मात्रै अनुदान पठाउने तयारी भएको छ। यसका लागि मन्त्रालयले कार्ययोजना बनाउन थालेको छ। मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको 'कृषि विकास मन्त्रालयका प्रतिबद्धताहरु २०७२' मा गइरहेको अनुदानको संरचना परिवर्तन गर्न लागेको हो।
यसअघिसम्म व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), उच्च हिमाली कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली) लगायत ठूला परियोजनाबाट जाने अनुदानसमेत हेरफेर गर्ने गरी काम भइरहेको छ।
मन्त्रालयले तयार पारेको प्रतिबद्धतामा अनुदानको संरचना समेत परिवर्तन गर्ने उल्लेख छ। 'यसअघिसम्म प्याक्टबाट ८० र हिमाली आयोजनाबाट ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध हुँदै आएको थियो,' मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा भनिएको छ, 'अबदेखि विशेष उत्पादन केन्द्र (पकेट क्षेत्र)मा सरकारी २०, सहकारी ४० र निजीलाई ४० प्रतिशत लगानी गराउने वातवरण मिलाइँदै छ।'
त्यसका लागि मन्त्रालयले सबै व्यवस्था मिलाउने गरी कार्ययोजना बनाउन लागेको हो। अहिले योजना महाशाखाले आएको अनुदानलाई के–कसरी व्यवस्थित गर्ने भन्नेमा विस्तृत अध्ययन गरिरहेको सहसचिव योगेन्द्रकुमार कार्कीले नागरिकलाई बताए।
'राज्य कोषको ठूलो रकम कृषि क्षेत्रको विकासका लागि खर्च गरिएको छ,' उनले भने, 'तर सोचेजति प्रतिफल आएको छैन।' किसानबाटै पनि अनुदान प्रवाह गर्ने परियोजनाबाट सहज रुपमा अनुदान लिन नसकेको गुनासो बढेपछि केही संशोधन गर्न लागेको बताइएको छ।
मन्त्रालयका अनुसार एक ठाउँमा सरकारी अनुदान गइसकेपछि अरु अनुदान उपलब्ध हुँदैन। तर, यसअघिसम्म धान पकेट क्षेत्रका लागि सरकारी अनुदान गएपछि तरकारी वा अन्य खेतीका लागि पनि अनुदान जाने गरेको थियो। 'डुप्लिकेसन बढी हुँदा सोचेजति प्रतिफल आउन सकेन,' मन्त्रालयका एक उपसचिवले नागरिकसँग भने, 'डुप्लिकेसन नहोस भन्न पनि पकेट क्षेत्र छुट्ट्याएर अनुदान उपलब्ध हुन्छ।'
त्यसैगरी, आगामी दुई वर्षभित्र देशलाई कृषिमा आत्मनिर्भर मात्र नबनाई निर्यातसमेत गर्ने, युवा शक्तिको विदेश पलायन रोक्न र व्यावसायिक कृषि प्रवर्द्धन गर्न नेपालभर हजार देखि १५ सयसम्म विशिष्ट बालीको पकेट क्षेत्र (एक इलाका एक उत्पादन केन्द्र) को अवधारण अनुरुप काम अघि बढाइने बताइएको छ।
सुरुमा कम्तीमा ५ सय वटा बृहत कृषि उत्पादन केन्द्र/ब्लक, उत्पादन केन्द्र/नमूना फार्म निर्माण गरिने छ। सरकारी अनुदान तथा केन्द्रीयस्तरको कार्यक्रमबाट जाने रकम पनि सोही क्षेत्रमा लगाइने तयारी भएको मन्त्रालयको भनाइ छ।
हरेक विशिष्ट उत्पादन केन्द्र वरिपरिका हजारौं निजी उद्यमी र साना किसानलाई उक्त कृषि केन्द्रसँग जोडेर उत्पादनमा सरिक गराउने योजना छ। 'यसो गर्दा राज्यको अनुदान कुन कृषि क्षेत्रमा के कामका लागि गयो भन्ने कुरा पनि प्रस्ट रुपमा देखिन्छ,' ती उपसचिवले भने, 'अनुदान व्यवस्थित हुँदा अनुगमन गर्न पनि सजिलो हुन्छ।'
मन्त्रालयका कार्यक्रमहरु छरिएर प्रतिफलमुखी नभएको भन्ने गुनासो बढेको बेला युवालक्षित, मिसन लगायत सबै कार्यक्रमलाई एकत्रित गरी सञ्चालन गर्ने बताइएको छ। तीन महिनाभन्दा बढी समयदेखि भइरहेको बन्द हडताल तथा नाकाबन्दीबाट पाठ सिकेर धान, मकै, माछा, तेलहन, दलहन र तरकारीलगायत मिसन कार्यक्रम तदारुकताका साथ अघि बढाइने बताइएको छ।
मन्त्रालयले धान उत्पादन गत वर्षको तुलनामा १०.२२ घटेको बताएको छ। गत वर्ष ४७ लाख ८८ हजार टन उत्पादन भएको थियो। यस वर्ष ४२ लाख ९९ हजार टन मात्रै हुने प्रारम्भिक अनुमान छ। यस वर्ष ४३ जिल्लामा धान उत्पादन घटेको छ। त्यसमध्ये पनि २ नम्बर प्रदेशमा पर्ने मध्य तराईका सबै जिल्लामा अघिल्लो वर्षको दाँजोमा उत्पादन घटेको छ। मन्त्रालयको तथ्यांक महाशाखाका उपसचिव हेमराज रेग्मीका अनुसार सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र कपिलवस्तुमा १५ प्रतिशतले उत्पादन घटेको छ।