काठमाडौं-अभावको मौका छोप्दै मिलेमतोमा इन्धन कालोबजारी एवं उपभोक्ता ठगी मौलाउँदो छ तर सरकारी नियामक निकायले नाम मात्रको अनुगमन गरिरहेको खुलेको छ ।
दिनहुँ तेल अनुगमनमा खटिने ५० कर्मचारीमध्ये आधा श्रेणीविहीन तहका छन् जसलाई कसरी जाँच्ने भन्ने प्राविधिक ज्ञान नै छैन ।
न्यूनतम प्राविधिक ज्ञानसमेत नभएका कर्मचारीलाई पेट्रोलपम्पबाट बाँडिने पेट्रोल/डिजेलको अनुगमन गर्न पठाउँदा कालोबजारी र अनियमितता रोकिनुसट्टा झन् बढ्दो छ ।
स्रोतका अनुसार अनुगमनमा खटिने धेरैजसो कर्मचारीलाई थानकोटबाट कति तेल आयो भनेर हेर्न ('डिप' गर्न) समेत आउँदैन । कतिपयलाई त पम्पबारे मूल्यांकन फारम भर्नसमेत आउँदैन ।
'डिप गर्न, फारम भर्न, पम्पमा कति तेल बाँकी छ भनेर जाँच्नसमेत नआउने कर्मचारी अनुगमनमा खटाउँदा कसरी सही सूचना आउँछ ?' स्रोतले भन्यो, 'अनियमितता रोक्ने भन्दा पनि भत्ता पचाउन मात्र अनुगमनको नाटक रचिएको छ ।'
पम्प सञ्चालकहरुले अनुगमनकारीको क्षमता हेरेर व्यवहार गर्छन् । 'अलिकति प्राविधिक कुरा बुझेको अनुगमनकर्ता भए अनियमतिता हुन पाउँदैन,' वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, 'अनुगमनमा जानेलाई प्राविधिक कुरा केही जानकारी हुँदैन । पम्पवाला जे गर्छन्, उनीहरु टुलुटुलु हेरेर फर्कन्छन् ।'
स्रोतका अनुसार तेलको अनियमितता रोक्न भन्दै मन्त्रालय, विभाग र निगमका गरी दैनिक झन्डै ५० जना कर्मचारी खटिन्छन् । तीमध्ये ५० प्रतिशतभन्दा बढी कार्यालय सहयोगी हुन्छन् । 'पम्पले खराबी गरे सिल लगाउनसमेत नजान्ने कर्मचारी अनुगमनमा पठाइन्छ,' स्रोतले भन्यो, 'जसका कारण पम्पवालासामु अनुगमनमा खटिएका कर्मचारी निरीह बन्नुपर्ने अवस्था छ ।'
नाकाबन्दीका बेला विभाग तथा मन्त्रालयका खासै काम हुँदैन । अनुगमन गर्न जाँदा ४ सय रुपैयाँ दैनिक भत्ता पाइन्छ । सोही भत्ता खान मात्रै अनुगमनको नाटक रचिएको स्रोतको दाबी छ । 'दक्ष एवं प्राविधिक रुपमा बुझेको मानिस अनुगमनमा जानुपर्ने हो,' स्रोतले भन्यो, 'कार्यालय सहयोगी तथा पहुँचको भरमा अनुगमनमा जान योग्य ठहरिएका छन् ।'
नेपाल आयल निगमबाट मनपरी तेल वितरण हुँदा बजारमा कालोबजारिया मौलाएपछि वाणिज्य मन्त्रालय, विभाग र निगमका आधिकारीको रोहबरमा तेल वितरण गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार अनुगमन सुरु गरिए पनि मन्त्रालय र विभागबाट प्राविधिक ज्ञानै नभएकालाई खटाइँदा प्रभावहीन देखिएको छ ।
सरकारले गत मंसिर ८ गतेदेखि तीनवटै निकायको रोहबरमा तेल बाँड्दै आएको छ । तर अहिले पनि अनियमितता र कालोबजारी भने नरोकिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । 'एक महिना हुन लागिसक्यो,' उनले भने, 'तर, कालोबजारी अझै रोकिएको छैन । सरकारी पहुँचभन्दा बाहिर छ ।'
विभागका निर्देशक हरिनारायण बेल्वासेले अनुगमनमा खटिएका धेरैजसो कर्मचारीले अनुगमन मूल्यांकन फारम नबुझाएको बताए । 'अहिलेसम्म किन नबुझाएका हुन्, हामीलाई केही जानकारी छैन,' उनले भने ।