काठमाडौं- कृषि क्षेत्रमा जाने बजेटलाई परिणाममुखी बनाउन कृषि विकास मन्त्रालयले ल्याएको प्रतिबद्धताको कार्ययोजना स्वीकृतिको अन्तिम चरणमा पुगेको छ।
पुराना कार्यक्रमबाट प्रभावकारी नतिजा नआएको भन्दै केही दिनअघि मन्त्रालयले २७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको थियो। ती बुँदा कार्यान्वयन गर्न कार्ययोजना ल्याउन लागेको मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले बताए। 'कार्ययोजना स्वीकृत हुनासाथ कार्यान्वयन हुन्छ,' उनले बिहीबार नागरिकसँग भने, 'योजना महाशाखाबाट स्वीकृतिका लागि सचिवको टेबलमा पुगिसकेको छ।'
मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि निजी, सहकारी र सरकारी क्षेत्रलाई एकसाथ अघि बढाउने, भूकम्प प्रभावित जिल्लाका किसानलाई बिउ, गाई, प्रांगारिक मल, कृषि औजारलगायत सामग्री अनुदानमा दिने उल्लेख गरेको छ।
सामुदायिक बिउ भण्डार, पशुपालनका लागि पूर्वाधार र गोठ स्थापना तत्काल गर्नुपर्ने भएकाले कार्ययोजना समेत स्वीकृतिका लागि सचिवसमक्ष पेस गरेको सापकोटाले बताए। 'कार्ययोजनाविना कार्यान्वयन गर्न समस्या भएकाले छिटोभन्दा छिटो स्वीकृतिका लागि पठाइएको छ,' उनले भने, 'अबको २/३ दिनभित्र कार्ययोजना स्वीकृत हुन्छ।'
कृषि विकास नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमन मूल्यांकन केन्द्रीय तहदेखि स्थानीय तहसम्म कृषिको विकास सुनिश्चित गरिने बताइएको छ। मन्त्रालयले तयार परेको कार्ययोजनामा विभिन्न निकायको भूमिका समेत प्रस्ट पारिएको छ।
कृषि विभाग, नार्क, पशु सेवा विभागको भूमिका प्रस्ट रुपमा उल्लेख गरेर कार्ययोजना तयार पारेको सापकोटाले जानकारी दिए। मन्त्रालयले विशेष बाली वस्तुको समेत छनोट गरिरहेको छ।
अबदेखि विशेष उत्पादन केन्द्र (पकेट क्षेत्र) मा सरकारी २०, सहकारी ४० र निजीलाई ४० प्रतिशत लगानी गराउने वातावरण मिलाइँदै छ। त्यसका लागि मन्त्रालयले सबै व्यवस्था मिलाउने गरी कार्ययोजना बनाउन लागेको हो। अहिले योजना महाशाखाले आएको अनुदान के–कसरी व्यवस्थित बनाउने भन्नेमा विस्तृत अध्ययन गरिरहेको सहप्रवक्ता सापकोटाले बताए।
'राज्य कोषको ठूलो रकम कृषि क्षेत्रको विकासमा खर्च गरिएको छ,' उनले भने, 'त्यसको सोचेजति प्रतिफल आउन सकेको छैन।' फेरि किसानबाटै पनि अनुदान प्रवाह गर्ने परियोजनाबाट सहज रुपमा अनुदान लिन नसकेको गुनासो बढेपछि केही संशोधन गर्न लागेको बताइएको छ।
मन्त्रालयका अनुसार एक ठाउँमा सरकारी अनुदान गइसकेपछि अरु अनुदान उपलब्ध हुँदैन। तर, यसअघिसम्म धान पकेट क्षेत्रका लागि सरकारी अनुदान गएपछि तरकारी वा अन्य खेतीका लागि पनि जाने गरेको थियो। 'डुप्लिकेसन बढी हुँदा सोचेजति प्रतिफल आउन सकेन,' मन्त्रालयका एक अधिकारीले भने, 'डुप्लिकेसन नहोस भन्न पनि पकेट क्षेत्र छुट्ट्याएर अनुदान उपलब्ध हुन्छ।'
जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, रोग वा दुर्घटनाबाट कृषि व्यवसायमा हुने क्षति परिपूर्ति गर्न कृषि बिमालाई सरल, सहज र किसानमुखी बनाइने बताइएको छ। साथै कृषि बिमा कृषि व्यवसायबाट प्राप्त हुन सक्ने न्यूनतम प्रतिफलका आधारमा गरिने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कार्ययोजना कृषि विकास रणनीति (एडिएस) अनुसार नै रहेको बताएको छ। 'आगामी वर्षदेखि एडिएस कार्यान्वयनमा आउँछ,' उनले भने, 'त्यसैलाई सहयोग गर्न पनि प्रतिबद्धताहरु सार्वजनिक गरेको हो।'
योजना कार्यान्वयनका लागि बजेट भने नछुट्ट्याइएको बताइएको छ। 'भर्खरै कार्ययोजना स्वीकृत हुने तयारीमा छ,' उनले भने, 'के कति रकम लाग्छ त्यो पछि अर्थसँग माग गरिन्छ।' मन्त्रालयका कार्यक्रमहरु छरिएर प्रतिफलमुखी नभएको भन्ने गुनासो बढेको बेला युवालक्षित, मिसनलगायत सबै कार्यक्रमलाई एकत्रित गरी सञ्चालन गर्ने बताइएको छ।