बाजुरामा नौ वटा स्थानीय तहको बेरुज ७९ करोड ९३ लाख नाघेको छ। २०७८ सालको बार्षिक प्रतिवेदनका अनुसार नौ वटा स्थानीय तहमा ७९ लाख ९३ लाख २८ हजार बेरुजु रहेको देखिएको छ।
आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनका आधारमा महालेखा परीक्षकको कार्यालयले उक्त रकम बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनका अनुसार सबै भन्दा बढी त्रिवेणी नगरपालिका र कम गौमुल गाउँपालिकामा बेरुजु रकम देखिएको छ।
जिल्लाका नौ वटा पालिकामा देखिएको कुल बेरुजु रकम मध्ये त्रिवेणी नगरपालिकामा मात्र १७ करोड ९२ लाख ३० हजार छ। यो अन्य पालिकाको तुलनामा दोब्बरले बढी हो। त्रिवेणी पछि बुढीनन्दा नगरपालिकामा ११ करोड ९१ लाख ९७ हजार बेरुजु देखिएको छ।
सबैभन्दा कम रहेको गौमुल गाउँपालिकामा ३ करोड ६२ लाख ३५ हजार बेरुजु रहेको छ। स्वामिकार्तिक खापर गाउँपालिकामा ९ करोड ६७ लाख ६९ हजार बेरुजु छ। भने जगन्नाथ गाउँपालिकामा ६ करोड ५५ लाख ३० हजार छ।
खप्तड छेडेदह गाउँपालिकामा ८ करोड २९ लाख ८१ हजार, बडिमालिका नगरपालिकामा ६ करोड ६५ लाख ४७ हजार, हिमाली गाउँपालिकामा ८ करोड १५ लाख १४ हजार र बुढीगंगा नगरपालिकामा ७ करोड १३ लाख २५ हजार रकम बेरुजु रहेको छ।
प्रचलित कानुन बमोजिम प्रक्रिया नपु¥याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको र अनियमित तथा बेठीक तरिकाले आर्थिक कारोबार गरेको रकमलाई महालेखाले रकमलाई बेरुजु मान्ने गरेको छ।
स्थानीय तहको बेरुजु रकम हेर्दा व्यापक बेथिती बढेको देखिन्छ। प्रक्रिया पुरा गरेर रितपूर्वक गरेको भए बेरुजु नै देखिएको अवस्था हुदैन्। केही पालिकाका जनप्रतिनिधीको दबाब र बढी कर्मचारीकै लापरवाहीले बेरुजु देखिएको छ।
सबै रकम अनियमितता नभएको भएप्नि प्रक्रिया नपुग्दा त्यसलाई पनि महालेखाले बेरुजुमै देखाएको छ। प्रतिवेदनका अनुसार कतिपय रकम भने फिर्ता गर्न समेत उल्लेख गरेको छ।
स्थानीय तहका जनप्रतिनिधीले आफूहरुको भन्दा कर्मचारीको कागज प्रक्रिया मिलाउने कामको लापरवाही नै बेरुजु देखिनुको प्रमुख समस्या भएको बताउने गरेका छन्। पुरानाले गरेको काम नयाँ प्रतिनिधीले दायित्व बोध गर्नु पर्ने देखिएको छ।