झापा-धेरै क्षेत्रमा देश 'आत्मनिर्भर बनाउने' उद्घोष भारतीय नाकाबन्दीपछि थुप्रैपटक दोहोरिए । तर, आवेगमा गरिने त्यस्ता उद्घोष पत्याउनै नसकिने तथ्य सरकारी निकायमै प्रशस्त छन् ।
यस्तै एउटा तथ्य छ– पूर्वी नाका काँकडभिट्टामा, जहाँबाट जाँड बनाउन बर्सेनि करोडौं मूल्यको कोदो भारतबाट भित्रिन्छ । किसानका गोठमा प्रयोग गरिने दाम्ला–डोरी पनि ठूलो परिमाणमा उतैबाट आइरहेको छ । कुनै बेला मुख्य खाद्यबालीकै गणनामा पर्ने गुणकारी अन्न कोदो अचेल जाँड बनाउने कच्चा पदार्थका रूपमा बढी प्रयोग हुन थालेको कृषि विज्ञ बताउँछन् । जाँड बनाउन बढी प्रयोग हुने त्यही कोदोमा पनि नेपाल पूर्णतः भारतनिर्भर छ । पूर्वी नाकाबाट भित्रिएको यसको परिमाणले त्यही देखाउँछ ।
'अहिले कोदो खाद्यभन्दा बढी जाँड बनाउने सामग्रीका रूपमा स्थापित भएको छ,' झापाका कृषि प्राविधिक शालिकराम भट्टराई भन्छन्, 'त्यसमा पनि हामी परनिर्भर छौं ।' स्वदेशमा कोदो उत्पादनको प्रशस्त सम्भावना भए पनि प्रत्येक वर्ष आयात बढिरहेको छ । देशको उच्च र मध्य पहाडी क्षेत्रमा कोदो उत्पादन हुने गरेको छ । यी क्षेत्रमा उत्पादन घट्दै र धेरैतिर मासिँदै गएपछि आयात बढेको हो ।
पूर्वी नाका काँकडभिट्टा हुँदै बितेको वर्ष २०७१÷०७२ मा १७ करोड रूपैयाँभन्दा बढीको कोदो आयात भएको सरकारी तथ्यांक छ । काँकडभिट्टास्थित क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार त्यो आर्थिक वर्ष १७ करोड ८२ लाख ७८ हजार रूपैयाँ मूल्य बराबरको ८ हजार २ सय ६६ मेट्रिक टन कोदो आयात भएको छ । आव २०७१÷०७२ को आयात आव २०७०÷०७१ को तुलनामा ५ करोड रूपैयाँभन्दा धेरैले बढी हो । त्यो वर्ष १२ करोड ६६ लाख रूपैयाँको ७ हजार २ सय ५२ मेट्रिक टन कोदो विदेशबाट आयात भएको वरिष्ठ क्वारेन्टाइन अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए । भारतबाट मात्र आयात भइरहेको कोदो केही वर्षदेखि थाइल्यान्डबाट पनि आयात हुन थालेको छ । क्वारेन्टाइन अधिकृत श्रेष्ठका अनुसार काँकडभिट्टाबाट भित्रिएको कोदो भारतबाटमात्र आयात भएको हो । विदेशबाट करोडौंको कोदो आयात भइरहँदा यी दुई आवमा स्वदेशी उत्पादनको सानो हिस्सा पनि निर्यात भएको छैन ।
सरकारले कोदोको निर्यात बढाउन ओखलढुंगा, खोटाङ तथा भोजपुरलगायत जिल्लामा 'कोदो मिसन कार्यक्रम' सञ्चालन गरेको प्राविधिक भट्टराई बताउँछन् । उनका अनुसार झापामा १६ सय ७५ हेक्टरमा कोदो खेती हुन्छ । तर, किसानको कोदो खेतीप्रतिको आकर्षण घटेका कारण आयात बढेको हो । उनका अनुसार दमकको माथिल्लो भेग, बाहुनडाँगी, खुदुनाबारी, बुधबारे, शनिश्चरेलगायत क्षेत्रमा कोदो खेती हुन्छ ।
जाँड बनाउने कोदोदेखि चुलो बल्ने ग्याससम्म भारतकै मुख ताक्नुपर्ने अवस्थामा दाम्ला–डोरीका लागिसमेत उसैको भर पर्नुपर्ने बाध्यता छ । नेपालमा व्यावसायिक रूपमा जुट खेती मासिँदै गएपछि दाम्ला–डोरीमा पनि उतैको मुख ताक्नुपर्ने भएको हो । नेपालमा थोरै मात्रामा जुटको खेती हुने र किसानले उत्पादन गरेको जुट आफैंले प्रयोग गर्ने गरेका कारण आफ्नो उत्पादनले नधानेपछि नेपालले डोरी, दाम्लालगायत सनपाटबाट निर्मित विभिन्न वस्तुका लागि परनिर्भर बन्नुपरेको विज्ञहरूको भनाइ छ ।
लामो समयसम्म नेपालमा चलेको सशस्त्र द्वन्द्व, चन्दा–चिट्ठा आतंक, बन्द–हडताल, लोडसेडिङकै कारण पूर्वाञ्चलमा रहेका दुई जुट मिल बन्द भइसकेका छन् । समयमै कच्चा पदार्थ उपलब्ध नहुने र बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाले जुट उद्योग धराशयी बनेको हो । त्यसैले, सनपाटजन्य वस्तुको आयात भारत र बंगलादेशबाट उल्लेख्य हुने मेची भन्सार कार्यालयका अधिकृत गोविन्द पन्त बताउँछन् ।
काँकडभिट्टा नाका हुँदै दिनहुँ करोडौं रूपैयाँ मूल्यका डोरी–दाम्ला नेपाल आयात हुने गरेको भारतीय व्यापारी अजित सरकार बताउँछन् । सरकारका अनुसार एक भारतीय व्यापारीले एकपटकमा ५० हजार रूपैयाँभन्दा बढीको डोरी–दाम्ला नेपाल निर्यात गर्ने गरेका छन् । भन्सार अधिकृत पन्तका अनुसार जुट मिलका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा खासै राजस्व बुझाउनु पर्दैन । तर, डोरी–दाम्ला आयात गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर तथा १५ प्रतिशत भन्सार महसुल गरी करिब ३० प्रतिशत राजस्व बुझाएपछि व्यापारीले जुनसुकै बजारमा ती वस्तु लैजान पाउने कानुनी व्यवस्था छ । नेपाली व्यवसायी पंकज खड्काका अनुसार यो नाका हुँदै ५ देखि १० भ्यान डोरी–दाम्ला दैनिक नेपाल भित्रिन्छ ।
झापा, मोरङ र सुनसरी कुनैबेला सनपाट उत्पादनका लागि अगुवा थिए । तर, केही वर्षयता यी जिल्लामा पनि खेती लगातार मासिँदैछ । झापामा ६ सय २० हेक्टर क्षेत्रफलमा जुट खेती हुने गरेको कृषि कार्यालयले जनाएको छ । '१० वर्षअघिसम्म झापामा १० देखि १२ हजार हेक्टरमा यसको खेती हुने गरेको थियो,' प्राविधिक भट्टराईले भने, 'अहिले त्यो खेती ६ सय २० हेक्टरमा सीमित छ ।'
भएको कृषि उद्यम मास्दै लैजाने, मल, बीउ, सिँचाइ तथा अन्य सुविधा केही नदिने सरकारी कमजोरीले हरेक कृषिजन्य वस्तु भारतीय बजारबाट ल्याउनुपर्ने बाध्यता आइलागेको अगुवा किसान बताउँछन् । 'किसानलाई कुनै सुविधा पनि नदिने सरकारले सिंहदरबारबाट आत्मनिर्भर हुने प्रवचन दिनुको औचित्य छैन,' ज्यामिरगढीका किसान रेवत उप्रेती भन्छन्, 'पाटा, कोदो, तरकारी यतै जत्ति पनि उत्पादन हुनसक्छ । तर, सरकारले मल, बीउ र सिँचाइ सुविधा दिनुपर्छ ।'