बागलुङमा चिया उत्पादनको तयारी
०३ साउन २०७९
•
४ मिनेट पाठ
बागलुङमा चिया उत्पादनको तयारी
तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ। सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार चियाका बोट छन्। उक्त स्थानमा तीन वर्ष लगाएर ६७ रोपनी जग्गामा चियाखेती थालिएको हो। पहिलो वर्ष लगाएको चियाको बोट काटछाँट गरेर टिप्नका लागि तयारी अवस्थामा छन्।  




रेशलाई चिया उत्पादनको ‘हब’ बनाउनका लागि चियामात्रै होइन, बिरुवासमेत उत्पादन गर्ने योजना वडा कार्यालयको छ। रेशले एक वर्षभित्र चियामात्रै होइन, चियाका बिरुवासमेत निर्यात गर्ने काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।

'रेशमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँमा समेत समावेश छ, बिरुवा लगाउनका लागि यही परियोजनाले सहयोगसमेत गरेको छ,' उनले भने, 'तीन वर्षमै उत्पादनको चरणमा आउला भन्ने सोचेकै थिएनौँ, अहिले पहिलोपटक लगाएका १० हजार चियाका बोटले उत्पादन दिन थालेका छन्, हामीले रेशमै ग्रिन चिया उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिएका छौँ भने चिया प्रशोधन औजारसमेत आइसकेको छ, हामीले प्राविधिकको आवश्यक परामर्शपछि चिया टिपेर प्रशोधन गर्न थाल्नेछौँ,' वडाध्यक्ष लामिछानेले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँमार्फत चियाका बिरुवा उत्पादनका लागि नर्सरीसमेत तयार भइसकेको बताए।  

अहिले चिया प्रशोधन केन्द्र स्थापना र बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापन भने स्थानीय रेश साना किसान कृषि सहकारीमार्फत भइरहेको छ।  चियाका मुना तयार भइसकेको र चिया प्राविधिकको सल्लाहमा पहिलोपटक परीक्षणका लागि चिया टिपेर प्रशोधन गर्ने रेश साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए। उनले जिल्लामा पहिलोपटक चिया उत्पादन गर्ने तयारीमा आफूहरू रहेको बताउँदै आगमी वर्षदेखि थप चियाका बोटले समेत उत्पादन दिँदै जाने बताए।  

'यो वर्ष चियाको उत्पादन परीक्षण हुनेछ, चिया टिप्न तयारी अवस्थामा छौँ, तीन वर्षमै चिया दिन थालेपछि यहाँका स्थानीयवासी चियाखेतीतर्फ आकर्षित हुन थालेका छन्, वर्षेनी चियाका बिरुवा थप्दै जाने र उत्पादनसमेत बढ्दै जानेछ, आगमी तीन वर्षपछि ५६ हजार बिरुवाले नै चिया उत्पादन दिन थाल्नेछन् भने त्यत्तिकै मात्रामा नयाँ बिरुवा थपिनेछन्,' अध्यक्ष कार्कीले भने, 'चियाको बिरुवा जति झाङ्गिँदै गयो त्यति नै उत्पादन वृद्धि हुने अपेक्षा छ, चिया प्रशोधन औजार आइसकेको छ भने चियाका बिरुवा उत्पादनका लागि टर्नेल स्थापना गरिसकेका छौँ, अब बिरुवा उत्पादन गरेर रेशमा रहेको सबै खाली जग्गामा लगाउनेमात्रै छैनौँ निर्यातसमेत गर्नेछौँ।'

आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँअन्तर्गत प्राप्त  नौ लाख ५० हजारले चिया प्रशोधन औजार र नर्सरीका लागि टर्नेल  निर्माण गरेको उनको भनाइ छ। हालसम्म रेशलगायत सिगाना र धम्जामासमेत ताराखोलास्थित  गोल्डेन टि स्टेटमा उत्पादन भएको बिरुवा लगाउँदै आएकामा अबदेखि रेशमै बिरुवा उत्पादन गरिने छ।

तीन वर्षअघि रेशको जनकल्याण आधारभूत विद्यालयको जग्गा र बौरको खाली जग्गामा चियाखेती थालिएको थियो। रेशमा चियाको राम्रो सम्भावना देखिएपछि सार्वजनिक जग्गामा मात्रै नभएर यहाँका व्यक्तिगत जग्गालाई समेत उपयोगमा ल्याउने वडा कार्यालयको लक्ष्य छ।

चियाखेतीका लागि उच्च पहाडी र भिरालो जमिन उपयुक्त हुने भएका कारण पहाडी क्षेत्रमा चियाखेतीतर्फको आकर्षण बढ्दो देखिए पनि रेशले आफूलाई व्यावसायिक बनाउँदै लगेको छ। रेशले भन्दा पहिला बागलुङ नगरपालिकाले वडा नं ८ सिगानामा चियाका बिरुवा लगाए पनि स्थानीयवासीले सक्रियता नजनाउँदा बिरुवा बढाउन सकेको छैन।  

जिल्लामा छ वर्षअघिदेखि व्यावसायिक चियाखेती थालिएको हो।  पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा लगायतको अगुवाइमा साविकको अमरभूमि गाविसको सिरबारेमा गोल्डेन टि स्टेट कम्पनीमार्फत व्यावसायिक चियाखेती थालिएको छ।

कम्पनीले ताराखोला गाउँपालिका–१ सिरबारेमा ५६२ रोपनी जग्गामा चियाखेती थालेको छ भने बिरुवा उत्पादन गरेर बिक्रीसमेत गर्दै आएको छ। परीक्षणका लागि ग्रिन टि उत्पादन गर्दै आएको कम्पनीले समेत चिया प्रशोधन औजार खरिद गरिसकेको छ । कम्पनीले छिट्टै चियाको व्यावसायिक उत्पादन थाल्ने योजना बनाएको छ।  

समुद्री  सतहबाट एक हजार ८०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने चिया प्रविधिज्ञ बताउँछन्। माटोको अवस्था, चिस्यान, भिरालो जग्गा तथा हावा नछेक्ने खुला भू–बनोटमा चियाखेती फस्टाउने गरेको छ। रासस
अर्को समाचार
चिया टिप्न हाते मेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
१४ माघ २०८०
•
४ मिनेट पाठ
चिया टिप्न हाते मेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका १ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए। नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ छ, तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ।




किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन्। ‘चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौँ’, अधिकारीले भने।

सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हाते मेसिन वितरण गर्दै छ। उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हातेमेसिन वितरण गर्न लागेको नगर प्रमुख रणबहादुर राईले बताए।

‘यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिँदैछौँ। हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौँ’, नगरप्रमुख राईले भने, ‘यसले हाम्रो चियाको भविष्य बिग्रन्छ। चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ। तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन।’

किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्योदय नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हाते मेसिन प्राप्त गर्न लागेका हुन्। ‘त्यो मेसिन पट्रोल र डिजेलले होइन ब्याट्रीबाट चल्छ।  अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौँ’, उनले भन। ‘चियालाई ‘अर्गानिक’ बनाउन पालिका लागिरहेको छ।’

एउटा व्यापारीले व्यापार परिवर्तन गर्न जति सजिलो छ, किसानले खेती परिवर्तन गर्न नहुने भन्दै उनले चियाको दीर्घकालीन समाधान नभए यहाँका किसानलाई समस्या हुने बताए। ‘व्यापारीलाई कहिल्यै घाटा हुँदैन। उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ। तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन। ठुलो घाटा भनेको किसानलाई हुने हो। त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौँ’, उनले भने।

राम्ररी टिपेको चिया ४० देखिमाथि दुई सयसम्म पनि बिक्री भइरहेको उनको भनाइ छ। ‘गुणस्तरीय चिया टिपौँ न। चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ हो। तर चियाको मुना ४० प्रतिशतचाहिँ हुनुपर्छ।’ उनी भन्छन्, ‘चालीस प्रतिशत मुना भएको चियालाई कुनै उद्योगले ४० रुपैयाँ दिएन भने नगरपालिकामा आउनुहोस् हामी दिलाउँछौँ।’

सूर्योदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलव्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईले बताए। ‘बोर्डले किसानलाई सचेतना गराउनुपर्छ, कसरी चिया टिप्नुपर्छ भनेर सिकाउनुपर्छ, किसान ठगिएको छन् कि ? ४० पतिशत मुना भनेको के हो भन्ने कुरा बोर्डले ‘अवार्नेस्’ गर्नुपर्छ‘, उनले भने।

चिया बिक्री नहुनुको कारण उत्पादन गुणस्तरीय नभएर हो। किसानले पाएका दुःखमा समाजसेवी, अभियान्तालगायत सबैले साथ दिनुपर्ने रार्ई बताउँछन्। सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन्।

यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ। यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ। यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ।

नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो ० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको पाँच वर्ष भयो। चिया उद्योगी र किसानसमेतको सहभागितामा कार्यविधि पारित गरिएको थियो। 

किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधिले किसानदेखि हरियो चिया संकलक, उद्योगी, विक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ। गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था पनि कार्यविधिमा छ।

नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ। देशभरमै बढी चिया उत्पान हुने जिल्ला इलाम हो। यहाँ ६ हजार नौ सय ९५ बगान रहेका छन्। सूर्योदय नगरपालिकालाई चियाको राजधानी नै भन्ने गरिएको छ। देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुन्छ। –रासस
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस