चितवन–सरकारले हालै निर्माण गरेको पशु विकास मन्त्रालयकोकुखुरा व्यवसायिले स्वागत गरेका छन् । कुखुरा व्यवसायसँग सम्बन्धित १२ संघ संस्थाले सोमबार बिहान नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरेको सरकारको निर्णयको स्वागत गरे। आफुहरुले १० वर्षदेखि उठाउँदै आएको माग सरकारले सुनुवाइ गरेको व्यवसायीहरुको भनाइ छ।'२०६२ सालबाटै हामीले कृषिमन्त्रालयलाई विभाजन गरेर छुट्टै पसु विकास मन्लालय बनाउन माग गर्दै आएका थियौं,' पत्रकार सम्मेलनमा नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले भने। देशमा पछिल्लो समय पशु पंक्षीपालनको क्षेत्रमा भएको द्रूत विकासलाई समग्र कृषिमन्त्रलायले मात्रै सम्बोधनगर्न सक्ने अवस्था नरहेको उनले बताए।
'यो मन्त्रालय स्थापनाले कुखुरा पालनका साथै माछा र माहुरी पालन क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। सरकारले त्यो अनुरुपका नीति बनाउन आवश्यक पनि छ,' कार्यक्रम नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष तिलचन्द्र भट्टराईले भने। पशु पालनका साथै कुखुरा, माछा र माहुरी पालन क्षेत्रका समस्या निराकरण गर्न ठोस नीति ल्याउन उनीहरुको माग छ।
'यी क्षेत्रको समस्या निराकरण गरेर गुणात्मक रुपमा उत्पादकत्व बढाउन मन्त्रालय सफल हुने छ भन्ने शुभकामना हाम्रो छ,' नेपालह्याचारी उद्योग संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष टीकाराम पोखरेलले भने। नेपालको कुल ग्राहस्थ उत्पादनमा कुखुरा पालन क्षेत्रको योगदानचार प्रतिशत रहेको व्यवसायीहरुले दावी गर्दै आएका छन्।
नव गठिन पशु विकास मन्त्रालयको मन्त्री एमाले नेतृ शान्ता मानवी रहेकी छन्। नेपालमा सर्व प्रथमचन्द्र समशेरले विस १९७८ सालमा कृषि अड्डाको गठन गरेका थिए । विस २०५२ साल असारमा कृषि मन्त्रलाय अन्तर्गत पशु सेवा विभाग गठन भएको थियो । नेपालमा विस २०१७ सालदेखि कुखुरा पालन व्यवसाय सुरु भएको हो।